Wednesday, December 17

सरकार द्वारा श्रमिक र रोजगारदाता दुवैलाइ समेट्ने श्रम संसार पोर्टल सञ्चालन

काठमाडौं : सरकारले रोजगारदाता र उद्यमीको समस्या समाधान गर्न श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काम र कामदार नपाइने समस्या समाधान गर्नका लागि श्रमसंसार पोर्टल सञ्चालनमा ल्याइएको जानकारी गराएका छन्।

रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन्।उनले भने, ‘सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी श्रमसंसार पोर्टलको आरम्भ गरेको छ।’

रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने र एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई समाधान गर्ने प्रधानमन्त्री ओलीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *