Wednesday, December 10

आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु, रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइयो

ललितपुर, वैशाख १८ । ललितपुरमा आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा हिजो बुधबार सुरु भएको हो। पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ।

आज बिहीबारबाट तान्न सुरु गरिएको  रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइएको छ । गावहाल सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङमती पुर्‍याइन्छ ।

पुल्चोकमा ६० फिट अग्लो रथ निर्माण गरेर मच्छिन्द्रनाथलाई विराजमान गराइ ललितपुरको नगर परिक्रमा गराइन्छ। रथयात्रा पुल्चोकबाट सुरु भएर गाःबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेल हुँदै जावलाखेलमा समापन हुन्छ। समयसापेक्ष परम्परा अनुसार इति र थाती क्षेत्रको बिचमा महिलाले मात्रै रथ तान्ने गरिन्छ जसलाइ याकः मिसाया भुज्या भनिन्छ।

१२ वर्षमा एक पटक हुने ‘बार्‍ह वर्ष जात्रा’ को समय भने बुङ्गमतीमानै मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ। उक्त समयमा बुङ्गमतीदेखि च्यासीखेल, भैंसेपाटी, नख्खु, भनीमण्डल, झम्सिखेल हुँदै पुल्चोकसम्म रथ जात्रा ल्याइपुर्‍याइन्छ। हरेक वर्ष झै नगर परिक्रमा गरेर जावलाखेल पुर्‍याइ भोटो जात्रा गरिन्छ । अरु बेला बुगंलाई रथबाट निकाली खटमा विराज गराइ बुगंमती लगिन्छ भने बार्‍ह वर्ष जात्राको बेला भने रथलाई नै फेरि बुगंमतीसम्म तानेर लगिन्छ। बुगंमती पुगेपछि पुनः भोटो जात्रा देखाइन्छ। यो विशेष वर्ष दुई पटक भोटो देखाइने प्रचलन छ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई सोमबार रथारोहण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *