Monday, January 19

उदयपुरको कटारी स्थित सोमबारेमा स्कर्पियो दुर्घटना, एकजनाको मृत्यु अन्य छ जना यात्रु घाइते

उदयपुरको कटारी नगरपालिका स्थित सोमबारेमा स्कर्पियो दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य छ जना यात्रु घाइते भएका छन् ।

सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सडकको छेउमा लगाएको फलामे ट्रस्ट बेरीयरमा ठक्कर खाएर भएको सो स्कर्पियो दुर्घटनामा झापा जिल्लाको दमक नगरपालिका वडा नं ३ का ५५ वर्षका माधव बस्नेतको मृत्यु भएको हो ।

गम्भीररूपमा घाइते बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक कमल बजगाइँले बताउनु भयो ।

विहिवार अपरान्ह भएको उक्त दुर्घटनामा परी गाडीमा सवार झापा दमकका गाडी चालक वर्ष ३८ का देबेन्द्र तामाङसहित यात्रुहरु क्रमशः वर्ष ४९ का राजेन्द्रप्रसाद भण्डारी, वर्ष ४५ का ज्ञानेन्द्र गौतम, वर्ष ५४ का कमल श्रेष्ठ, वर्ष ३८ का नवीन खतिवडा र वर्ष ५४ का भुवन दाहाल घाइते हुनुभएको प्रनाउ बजगाइँले बताउनुभयो । घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको र दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *