Wednesday, June 3

Author: टोखा खबर

ओखलढुङ्गा सुमो दुर्घटना : तीन जनाको मृत्यु

ओखलढुङ्गा सुमो दुर्घटना : तीन जनाको मृत्यु

समाचार
खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।खोटाङबाट काठमाडौंका लागि छुटेको ना. १ ज. ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको भएको हो । सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ । बिरामी मायादेवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर गएको बुझिएको छ । सुमोमा चालकसहित चार जना सवार थिए । तीन जनाको घटनास्थलमै मृत्यु ...
फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

#, गतिविधि, बिशेष, समाचार
बुढानिलकण्ठ नगरपालिकाले यही फाल्गुण २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको छ।“ शिक्षा , सीप र उधमसिलता रोजगारी हाम्रो प्राथमिकता “ भन्ने नारा सहित मेलामा युवा रोजगारीलाई प्राथमिकता दिएको मंगलवार पत्रकार सम्मेलन गर्दे बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामाले जानकारी गराइन्। आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको अनिताले सुनाइन। अनिताले भनिन्- “ अहिलेको युवा पुस्ता खासै खुशी छैनन् किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो।” मेलामा कुल ४८ वटा स्टल रहने छन्, ...
टोखा नगरपालिकामा एच.पि.भि.खोप अभियान सम्बन्धमा अभिमुखिकरण

टोखा नगरपालिकामा एच.पि.भि.खोप अभियान सम्बन्धमा अभिमुखिकरण

टोखा खबर
टोखा नगरपालिकाले नगर क्षेत्र भित्र एच.पि.भि.खोप अभियान सन्चालन सम्बन्धमा स्थानिय तहका खोप समन्वय समिति तथा संचारकर्मिहरुका लागि अभिमुखिकरण तथा गोष्ठी सम्पन्न गरेको छ । नगर प्रमुख श्री प्रकाश अधिकारीज्यूको अध्यक्षतामा समन्वय समिति तथा संचारकर्मिहरुलाइ एच.पि. भि.खोप सेवा सन्चालनको कार्यनीति तथा पाठेघरको मुखको क्यान्सर रोग निवारण सम्बन्धमा जानकारी गराउदै अभिमुखिकरण तथा बहस-पैरवी गोष्ठी सम्पन्न भएको थियो । आज नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका प्रबक्ता, विभागीय शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु,वडाका वडाध्यक्षहरु,जनप्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालमा पाठेघरको मुखको क्यान्सर रोग, रोग रोकथामको रणनीति र एच.पि.भि.खोप सेवा सन्चालनका बिषयहरुमा जानकारी गराइएको थियो । साथै टोखा नगरपालिका अन्तर्गत रहेका करीब ९ हजार भन्दा धेरै किशोरीहरुलाइ...
जिल्ला अदालत, रुपन्देहीले  रवि लामिछानेलाई १ करोड धरौटीमा  छाड्न आदेश

जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

ताजा अपडेट, समाचार
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका रवि लामिछानेलाई जिल्ला अदालत, रुपन्देहीले  १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो । सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती ...
सभामुख र दलका प्रमुख सचेतकबिच छलफल

सभामुख र दलका प्रमुख सचेतकबिच छलफल

बिशेष, समाचार
सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा आएका विधेयकबारे सत्तापक्ष र विपक्षी दलका  प्रमख सचेतकसँग छलफल गर्नुभएको छ। सभामुख घिमिरेले आइतबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आमन्त्रण प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गर्नुभएको हो। “सभामुखले राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यसबारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुङ्गिएको छ”, कांगे्रस प्रमुख सचेतक घिमिरेले भन्नुभयो। एमाले प्रमुख सचेतक बर्तौलाले भने संसदमा विचाराधीन सबै विधेयक अघि बढ्ने बताउनुभएको थियो। संसद्को हिउँदे अधिवेशन ...
ताप्लेजुङ घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै

ताप्लेजुङ घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै

समाचार
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा प्रहरीसँगको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बू र सगुन लावती गम्भीर घाइते छन् । झडपका क्रममा भिरबाट लडेका धर्मान पालुङ्वाको अवस्था पनि गम्भीर छ । अस्पताल स्रोतका अनुसार सगुन लावतीको छातीमा गोली लागेको छ । यामबहादुरको तिघ्रामा गोली लागेको छ । पालुङ्वाको कुम (व्युटीबोन) भाँच्चिएको छ । उनीहरू शनिबार साझको झडपमा घाइते भएका थिए । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै  विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो । अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडौं लैजाने तयारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘यहाँबाट रेफर भएपछि काठमाडौं पठाउन सेनाको हेलिकप्टर आउँदैछ,’ उनले भने, ‘हामीले यहाँबाट पठाउने प्रबन्ध गरेको ...
मतपत्रमा पानी फयाँकिएपछि अखिल क्रान्तिकारीको मतगणना स्थगित

मतपत्रमा पानी फयाँकिएपछि अखिल क्रान्तिकारीको मतगणना स्थगित

समाचार
माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मतगणना भइरहेका बेला मतपत्रमा पानी फ्याँकिएपछि मधेश प्रदेशको गणना रोकिएको छ । मधेश प्रदेशमा एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको थियो । विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएको आरोप जनार्दन शर्मानिकट विद्यार्थी नेताहरूको छ । सापकोटा शक्ति बस्नेत समर्थित हुन् । तर, सापकोटा पक्षले भने हेमन्त राई पक्षले मतपत्र च्यात्न खोजेको र नसकेपछि पानी फालेको आरोप लगाएको छ । मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार नारायणकाजी श्रेष्ठ पक्षका उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् ।...
बाँकेमा चिसो अत्यधिक बढेपछि तीन दिनका लागि विद्यालय बन्द

बाँकेमा चिसो अत्यधिक बढेपछि तीन दिनका लागि विद्यालय बन्द

गतिविधि, ताजा अपडेट, समाचार
बाँकेमा चिसो अत्यधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई फेरी तीन दिनका लागि बन्द गरेर जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि फेरी तीन दिनका लागि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका उपसचिव रामबहादुर हमालले दिनुभएको जानकारी अनुसार चिसो अत्यधिक बढेकोले आइतवार माघ १३ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिइएको हो । यसअघि पनि शीतलहर र चिसो बढ्दा गत पुस २६ गतेदेखि २९ गतेसम्म चार दिनका लागि कोहलपुर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको थियो । चिसोले बालबालिकाहरु फेरि प्रभावित भएको जानकारी आएकोले यस पटक नगरका सबै विद्यालय तीन दिन बन्द गरिएको उपसचिव हमालले जनाउनुभयो। यसैगरी, नेपालगन्ज उपमहानगर र खजुरा गाउँपालिकामा पनि चिसो बढेपछि विद्यालयहरु तीन दिनका लागि बन्द गरिएका थिए । आइतबारबाट...
माघे सङ्क्रान्तिका लागि टोखाका स्थानिय चाकु उत्पादनमा व्यस्त

माघे सङ्क्रान्तिका लागि टोखाका स्थानिय चाकु उत्पादनमा व्यस्त

टोखा खबर, समाचार
माघे सङ्क्रान्तिका लागि टोखाका स्थानिय व्यवसायी चाकु उत्पादनमा व्यस्त भएका छन्। यतिबेला  टोखाको गल्ली र बजार मा  तातो चाकुको मगमग बास्नाले आउने गर्दछ । माघेसङक्रान्ति पर्वमा तरुल, घिउसँगै खाने विशेष परिकार चाकु, तिलौरीलगायतका परिकार बन्ने टोखा क्षेत्रका बासिन्दाहरू यतिबेला परम्परागत मिठाइ चाकुका परिकार बनाउन व्यस्त रहेका छन् । जाडो मौसममा शरीरलाई आँतैदेखि तातो बनाउने चाकुका अनेकौँ परिकार किन्न खुद्रा तथा थोक विक्रेताहरूको पनि टोखामा घुइँचो छ । टोखाका चाकु व्यवसायी कृष्ण श्रेष्ठ टोखावासीको पुख्र्यौली पेसाका रूपमा चलिरहेको यो व्यवसायमा यतिबेला निकै चटारोसाथ काम गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार सक्खरलाई आगोमा पगालेर तिल, नरिवलका टुक्रा, बदामलगायतका विभिन्न खाद्यपदार्थ मिलाएर चाकु बनाइन्छ । श्रीकृष्ण चाकु प्रोडक्सन प्रालिका संस्थापकसमेत रहनुभएका श्रेष्ठले चिसो मौसममा शरीर तताउन बिराम...
जुवाको खालबाट ११ जना पक्राउ

जुवाको खालबाट ११ जना पक्राउ

समाचार
जुवाको खालबाट कैलालीमा ११ जना पक्राउ परेका छन् । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका-३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा जुवा खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-३ का तपेन्द्र खड्का, विनोद अधिकारी, सुरज ओली, सु सुर्खेतको चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका-२ का कटक थापा, बर्दगोरिया-१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । डीएसपी बोहराका अनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको छ ।...