नेपालमा वायु प्रदूषण उच्च हुँदै
हिउँदे वर्षाको ढिलाइले नेपालमा वायु प्रदूषण अकासिँदै गएको छ । पुस आधाआधी हुँदा पनि वर्षाको छनक देखिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार एक/दुई दिनका लागि पश्चिमी वायुले नेपालमा पातलो बादल भिœयाए पनि त्यसले राम्रो पानी पार्ने छैन ।
मौसमविद् गोविन्द झा भन्नुहुन्छ, “उच्च पहाडी भेगका एक दुई ठाउँमा फाट्टफुट्ट पानी झर्ला, अन्यत्र खासै वर्षा हुँदैन ।” यस पटकको पश्चिमी वायुु सुक्खा आउँदा त्योसँगै धुलोका कण आउने भएकाले नेपालमा प्रदूषण थपिने सम्भावना बढेको छ । तथापि यस वायुले उच्च हिमाल छुने गण्डकी र कर्णाली भेगका हिमालमा थोरै हिमपात भने गराउने छ ।
पूर्वी भेगका हिमाल भने सुक्खा रहने छन्, जसका कारण त्यही बाटो हुँदै भारतबाट नेपालका अन्य भूभागमा थप प्रदूषणयुक्त वायु आउन सुरु भएको छ । नेपालमा यति बेला त्यसै पनि आन्तरिक प्रदूषण उच्च रहेको छ, जसका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभा...










