Thursday, January 15

अर्थ

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

अर्थ
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०२ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको ख...
बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम

बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम

अर्थ, बिशेष
चालु आर्थिक वर्ष २०८१/८२ को एक महिना मात्र बाँकी हुँदा बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम रहेको छ । चालु आवको ११ महिना पूरा हुँदा कुल बजेटको ४८.६८ प्रतिशत अर्थात् ३१ अर्ब ४१ करोड ९५ लाख ९८ हजार रुपियाँ खर्च भएको हो । चालु आवको तीन महिना बाँकी हुँदा गत चैत महिनासम्ममा कुल बजेटको ३२.५१ प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ६६ लाख १४ हजार रुपियाँ खर्च भएको थियो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रतिशतका आधारमा यो अवधिमा पुँजीगतको तुलनामा चालु खर्च बढी छ । चालु आवका लागि विनियोजित कुल ६४ अर्ब ५४ करोड चार लाख ४१ हजार रुपियाँमध्ये प्रदेश सरकारका मन्त्रालय, कार्यालय र आयोगले पुँजीगततर्फ विनियोजित ३७ अर्ब २४ करोड ९० लाख ५६ हजारमा जेठ मसान्तसम्ममा ४५.९० अर्थात् १७ अर्ब नौ करोड ६८ लाख ९५ हजार रुपियाँ खर्च भएको छ । यस्तै चालुतर्फ २५ अर्ब ७९ करोड १३ लाख ७४ ...
सुनचाँदी कारोबारको करबारे प्रधानमन्त्रीलाइ व्यवसायी द्वारा  ध्यानाकर्षण

सुनचाँदी कारोबारको करबारे प्रधानमन्त्रीलाइ व्यवसायी द्वारा ध्यानाकर्षण

अर्थ, बिशेष
सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताउनुभएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिनुभयो । व्यवसायीले राखेका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिनुभएकाले यस विषयमा आफूहरू पनि आशावादी रहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्न आफू...
तीन दिन सवारीचालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने

तीन दिन सवारीचालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने

अर्थ, गतिविधि, प्रबिधी, समाचार
यातायात व्यवस्था विभागको सूचना अनुसार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीन दिन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै जेठ २७ देखि २९ गतेसम्म लाइसेन्स छपाइ बन्द हुने जनाएको हो। स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले छपाइ बन्द गर्न लागिएको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो । उक्त अवधिमा अत्यावश्यक सवारीचालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ अगावै निवेदन बुझाई स्वीकृत भएको यकिन गर्नुहुन विभागले अनुरोध गरेको छ । विभागका अनुसार हाल करिब ३० लाखप्रति लाइसेन्स छाप्न बाँकी छ ।...
सुनको भाउ तोलामा ५ हजार रुपैयाँ  बढ्यो

सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढ्यो

अर्थ
बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
१ हजार र ५ सय को नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

१ हजार र ५ सय को नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

अर्थ, समाचार
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे । पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने । गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए ।...
नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त

अर्थ, समाचार
नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त हुनुभएको छ । मङ्गलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राडा पौडेललाई राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । राष्ट्र बैङ्कका तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा हुनुभएको ४४ औँ  दिनमा केन्द्रीय बैङ्कले नयाँ गभर्नर पाएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मङ्गलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल संयोजक रहनुभएको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहनुभएको थियो । सो समितिले प्राडा पौडेलसहित कामु गभर्नर डा. नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरमा रहनुभएका प्राडा पौडेलला...
सुनको मूल्यमा एकैपटक ३ हजार रूपैयाँले वृद्धि,तोलाको १ लाख ८४ हजार ८००

सुनको मूल्यमा एकैपटक ३ हजार रूपैयाँले वृद्धि,तोलाको १ लाख ८४ हजार ८००

अर्थ
आज सुनको मूल्यमा एकैपटक ३ हजार रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार रूपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । हिजो १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...
सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुग्यो

सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुग्यो

अर्थ, समाचार
सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।।...
सुनको मूल्य बढ्यो ,चाँदीको मूल्य घट्यो

सुनको मूल्य बढ्यो ,चाँदीको मूल्य घट्यो

अर्थ
आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो को तुलनामा  सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।...