Thursday, May 28

Author: टोखा खबर

ट्रकको ठक्करबाट एक युवाको मृत्यु

ट्रकको ठक्करबाट एक युवाको मृत्यु

ताजा अपडेट, समाचार
कपिलवस्तुमा  ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ । सोमबार बिहान ७ः३० बजे बुद्ध भूमि २ वडहरा पुल नजिक भएको दुर्घटनामा सोही वडा गोरुसिङ्गे घर भएका वर्ष २० का अर्जुन थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो । पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको बा।प्र। ०३–००१ ख २२२० न। को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु ९१ प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका थारुलाई प्रहरीले उपचारका लागी कपिलवस्तु अस्पताल पुराएको थियो । अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक चालक जिल्ला चितवन रत्तनगर न।पा। ३ बस्ने वर्ष ३७ को जयराम तिमिल्सेना प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पङ्कज चुदाँलीले बताउनु भयो ।...
मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु १३ जना घाइते

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु १३ जना घाइते

#, ताजा अपडेट, समाचार
शनिबार दिउँसो मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।  दिउँसो १ बजेको समयमा मनहरी ६ डिपार्टस्थित पूर्व पश्चिम सडकखण्डमा स्कारपियो र कार ठोक्किँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको हो। चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२६ च ५२५० नम्बरको स्कारपियो र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा ट्राफिक सहितको टोलीले दुबै सवारीको चालकसहित आठ  जना घाइतेलाई उद्धार गरी उपचारको लागि चितवन पठाएको प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो...
चीनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्र स्थापना

चीनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्र स्थापना

समाचार
उत्तरपूर्वी चीनको जिलिन प्रान्त र बाँकी विश्वबिचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले शनिबार प्रान्तको राजधानी सहर चाङचुनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्रको उद्घाटन गरियो । प्रान्तको प्रचार विभागका अधिकारी बाई युका अनुसार नयाँ केन्द्रलाई आपसी समझदारी र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने प्लेटफर्मको रूपमा डिजाइन गरिएको छ । साथै, अन्तर्राष्ट्रिय सञ्चारको प्रभावकारिता बढाउने प्रयास गरिएको छ । जिलिन हजारौं वर्षको समृद्ध सांस्कृतिक सम्पदाको घर मात्र होइन तर चीनको उद्घाटनका लागि महत्त्वपूर्ण उत्तरी प्रवेशद्वार पनि हो । उत्तरपूर्वी एसियामा सांस्कृतिक आदानप्रदानको प्रमुख केन्द्र पनि हो । प्रान्तले वन्यजन्तु संरक्षणमा प्रकाश पार्नका लागि अन्तर्राष्ट्रिय सञ्चार केन्द्र पनि सुरू गर्यो । चीनले आधिकारिक रूपमा सन् २०२१ मा उत्तरपूर्वी चीन बाघ र चितुवा राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो ...
राष्ट्रिय एकता दिवस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रिय एकता दिवस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

गतिविधि, ताजा अपडेट, बिशेष, समाचार
हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान  अर्पण गरेको समेत गरेको थियो । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।...
टोखामा मोटरसाइकल दुर्घटनामा पैदलयात्री महिलाको मृत्यु

टोखामा मोटरसाइकल दुर्घटनामा पैदलयात्री महिलाको मृत्यु

टोखा खबर, समाचार
काठमाडौंको टोखा नगरपालिका-८ मिलनटोलमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बा ६३ प १४४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं तारकेश्वर बस्दै आएकी ४० वर्षीया सुन्तली लामाको निधन भएको हो। बुधबार साँझ दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।...
राष्ट्रपतिलाई भेट्न पुगे ओली शीतलनिवास

राष्ट्रपतिलाई भेट्न पुगे ओली शीतलनिवास

गतिविधि, बिशेष, समाचार
राष्ट्रपति रामचन्द्र पौडलसँग भेट्न  प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुग्नु भयको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।...
लस एन्जलस डढेलोमा परी ज्यान गुमाउनेको संख्या १० पुग्यो

लस एन्जलस डढेलोमा परी ज्यान गुमाउनेको संख्या १० पुग्यो

समाचार
क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् । लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले बिहीबार अबेर १० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो शहरको ठुलो भाग भग्नावशेषमा परिणत भएका बेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको जानकारी आएको हो । आगो निभाउने अभियान रातभर चलिरह्यो । आगो निभाउनका लागि पानी छर्किने हेलिकोप्टरका चालकले हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन् । यद्यपि नयाँ डढेलोहरू निस्कने क्रम जारी छ । लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले रातको समयमा कर्फ्यु लगाउने योजना रहेको र राज्यको नेसनल गार्डले प्रभावित क्षेत्रम...
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने

प्रबिधी, समाचार
 बैंक खाता खोल्न अब राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।’ नेपाल सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्ने पनि व्यवस्था गरिएको छ । त्यस्तो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

ताजा अपडेट, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन ।
लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

बिशेष, समाचार
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उहाँ कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको थियो । उहाँसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने,  छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानका...