Thursday, May 28

Author: टोखा खबर

पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, गुल्शनले लिए ५ विकेट

पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, गुल्शनले लिए ५ विकेट

खेलकुद
जय ट्रफी एलिट कप अन्तरगत जारी खेलमा नेपाल पुलिस क्लबविरुद्ध मधेश प्रदेश पहिलो इनिङमा १२९ रनमा समेटिएको छ ।पुलिसका गुल्शन झाले ५ विकेट लिएपछि मधेश सस्तोमा समेटिएको हो । मधेसका ओपनर मयन यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए पनि अन्य ब्याटरहरु चल्न सकेनन् । मयनले १०२ बलमा २ छक्का र ५ चौकासहित ५९ रन जोडेर आउट भए । नीरज यादवले २९ र अभिषेक शर्माले अविजित १७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । गुल्शनले १३ ओभरमा ४० रन खर्चिएर ५ विकेट लिए । दुई विकेट कुशल भुर्तेलको नाममा रह्यो भने ललित राजवंशी र श्रवण यादवले एक–एक विकेट बाँडे । ललितले १५।४ ओभर बलिङ गर्दा २२ रन मात्रै खर्चिए ।...
अत्यधिक चिसो र शीतलहर बढेपछि नगरपालिकाद्वारा दाउरा वितरण

अत्यधिक चिसो र शीतलहर बढेपछि नगरपालिकाद्वारा दाउरा वितरण

समाचार
अत्यधिक चिसो र शीतलहर बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको कोहलपुर नगरपालिका मेयर पूर्ण आचार्यले बताउनुभयो । उहॉले कोहलपुरको मुख्य चौराह, साझाचोक, हाइस्कुल, पिपरी, हवल्दारपुर, मदनचोक, कौशिलानगर, चपरगौरीलगायतका मानिसहरु बढी जमघट हुने मुख्य राजमार्ग क्षेत्रका चोकमा दाउरा वितरण सुरु गरिएको बताउनुभयो । उहॉका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट ६ चट्टा दाउरा खरिद गरी इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा वितरण सुरु गरिएको हो । ‘कोहलपुर नगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउन आगो ताप्ने व्यवस्था मिलाउन थालेको मेयर आचार्यल...
माघ २ गते होटल संघले ‘नेपाल सत्कार दिवस’ मनाउने

माघ २ गते होटल संघले ‘नेपाल सत्कार दिवस’ मनाउने

अर्थ, बिशेष, समाचार
नेपाल सत्कार दिवस (नेपाल हस्पिटालिटी डे-२०२५’ को दोस्रो संकरण अगामी माघ २ गते हुने भएको छ ।होटल सङ्घ नेपालको स्थापना दिवसको अवसरमा सत्कार दिवस मनाउन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटल क्षेत्रले वर्षभरी भोगेका अवस्ता र विकासका सम्भावना, चुनौति तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सत्कार दिवस आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष विनायक शाहले बताए ।रैथाने खानाको प्रस्तुतिमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उनले बताए । यस पटकको सत्कार दिवस होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले सङ्घले प्रकाशनमा ल्याएको नेपाल होटल इयर बुक को विमोचन गरिने छ । सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवद्र्धन गर्दै विदेशी पर्यटकलाई नेपाल आगमनमा लालाहित गर्ने सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाको प्रदर्शन गरिनुका साथै सोही खाना कार्यक्रममा सहभा...
अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु

समाचार
अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो । डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो । ‘यद्यपि, त्यो कलमा कुनै कुराकानी हुन सकेन, ‘त्रिपल ०’ बाट थप दुई पटक कल गर्दा पनि सम्पर्क भएको थिएन’, अनुसन्धानमा संलग्न ब्यारी विन्सेन्टले भनेका छन् । जतिबेला पारामाट्टा प्रहरीले दाहालका पति ४० वर्षीय रविन्द्र सुवेदीसँग सम्पर्क गरे, त्यतिञ्जेलमा प्रहरीलाई घटनाबारे सूचना समेत आइसकेको थियो । प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि सुवेदीलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ र प्रारम्भिक जाँच गरेपछ...
बाक्लो हुस्सुले दुई दिनदेखि हवाई उडान प्रभावित

बाक्लो हुस्सुले दुई दिनदेखि हवाई उडान प्रभावित

गतिविधि, बिशेष, समाचार
बाक्लो हुस्सु र शीतलहरले रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा जनजीवन प्रभावित भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई दिनदेखि हवाई उडान प्रभावित भएकाे हाे । मौसम अझ केहीदिन मङ्गलवार र बुधवारको जस्तै बाक्लो हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना देखिएको छ । सडकमा यातायातका सवारीसाधन कम सङ्ख्यामा चलेका छन् । पैदल यात्रु कम छन्। सडक किनारका पेटी र चोकहरुमा चिसोबाट जोगिनका लागि स्थानीय सर्वसाधारण आगो बालेर तापिरहेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले सामान्य अवस्थामा हवाई  उडान सञ्चालनका लागि १ हजार ८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा त्यस अनुरुपको भिजिबिलिटी नभएकाले हवाई  उडान हुन नसकेको जानकारी दिनुभयो । बुद्ध, यति र श्री एयरलायन्सले भैरहवा काठमाडौंबिच दैनिक १८ देखि २० वटा र पोखराका लागि एउटा हवाई उडान सञ्चालन हुने गरेको छ । दैनिक ...
अनलाइनबाट जुवा खेलाएको आशङ्कामा ५३ जना पक्राउ

अनलाइनबाट जुवा खेलाएको आशङ्कामा ५३ जना पक्राउ

गतिविधि, ताजा अपडेट, बिशेष, समाचार
अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ गरेको छ । सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हाे । पक्राउ पर्नेमा २९ महिला पनि रहेका छन् । ५३ जनामध्ये तीन जना भारतीय नागरिक हुन् ।...
भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थपियो

भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थपियो

ताजा अपडेट, बिशेष, समाचार
त्रिविको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्यसैले परीक्षामा १५ मिनेट समय थप गरिएको हो । ‘१५ मिनेट परीक्षाको समय थप गरेका छौँ। समय थप गर्न सबै केन्द्रमा सर्कुलर गरेका छौँ,’ त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने । भूकम्पका कारण केहीबेर प्रभावित भएपनि अहिले परीक्षा चलिरहेको छ । बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गे काउन्टीमा थियो ।...
अमेरिकी डलरसहित रियाल र दिनारको मूल्य बढेको छ

अमेरिकी डलरसहित रियाल र दिनारको मूल्य बढेको छ

अर्थ, समाचार
नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित रियाल र दिनारको मूल्य बढेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३७.०३ रुपियाँ र बिक्री १३७.६३ रुपियाँ पुगेको छ । अघिल्लो दिन भने खरिद १३६.३४ रुपियाँ र बिक्री १३७.५४ रुपियाँ थियो । त्यस्तै हिजो साउदी रियाल १ बराबर खरिद दर  ३६.४६ रुपियाँ र बिक्री ३६.६२ रुपियाँ रहेकामा यसदिन बढेर खरिद ३६.४९ रुपियाँ र बिक्री ३६.६५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । मंगलबार बहराइन दिनार १ बापत ३६३.५० रुपियाँमा किन्न र ३६५.०९ मा बेच्न पाइन्छ । अघिल्लो कारोबार दिनमा भने खरिद ३६३.२४ रुपियाँ र बिक्री ३६४.८३ रुपियाँ थियो ।...
तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प:मृत्यु हुनेको सङ्ख्या ३६

तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प:मृत्यु हुनेको सङ्ख्या ३६

ताजा अपडेट, बिशेष, समाचार
आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ। चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार यो समाचार तयार पार्ने अवस्थासम्म मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाएको छ ।
हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित

हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित

ताजा अपडेट, बिशेष, समाचार
लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् । तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार विहान ८:५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गर...