Thursday, May 28

Author: टोखा खबर

आजबाट रविको तर्फबाट बहस सुरु

आजबाट रविको तर्फबाट बहस सुरु

गतिविधि, बिशेष, समाचार
 कास्कीमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ । गएको शुक्रवार प्रतिवादीहरूको बहस सुरु भएकोमा यसअघि पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडे र जिबी एन्ड कम्पनिजकी कर्मचारी लीला पछाइका तर्फबाट कानुन व्यवसायीले बहस गरिसकेका छन् । कास्की जिल्ला अदालतका स्रेष्तेदार राजन खनालले न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसमा केही बेरमा लामिछानेको तर्फबाट कानुन व्यवसायीको बहस सुरु हुने जानकारी दिनुभयो । “यो मुद्दामा छविलाल जोशी र लीला पछाईको तर्फबाट बहस सकिएको छ । आजबाट रवि लामिछानेको तर्फबाट बहस सुरु हुन्छ,” स्रेष्तेदार खनालले भन्नुभयो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, सुशील पन्त, डा नारायण ...
पुलिस र आर्मीको गोलरहित बराबरी

पुलिस र आर्मीको गोलरहित बराबरी

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको विभागीय डर्बीमा दुवै टोलीले पाएको अवसर गुमाएका थिए । पहिलो हाफमा पुलिसकी पूजा रानाको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवादको कारण खेल २५ मिनेट रोकिएको थियो ।...
त्रिविले नेपाली र अंग्रेजीमा सोध्न थाल्यो प्रश्नपत्र

त्रिविले नेपाली र अंग्रेजीमा सोध्न थाल्यो प्रश्नपत्र

ताजा अपडेट, बिशेष, समाचार
त्रिभुवन विश्वविद्यालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको छ । त्रिविले अहिले चलिरहेको स्नातक तहको पहिलो वर्षको परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोधेको हो । यसअघि अंग्रेजीमा मात्र प्रश्नपत्र सोध्ने गरिएको थियो । अंग्रेजीमा मात्र सोध्दा विद्यार्थीले प्रश्न नबुझेको गुनासो आएपछि त्रिविले दुवै भाषामा प्रश्नपत्र सोधेको हो ।...
दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला

दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला

गतिविधि, समाचार
दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला परेको छ  । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ ? आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ ? भनेर अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियो । मेसिनले खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पत्ता लगाएको छ । चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार मात्र ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको भन्दै उहाँले ड्रिलिङ...
विष्णुमति करिडोर ट्रयाकको निर्माण कार्य शुभारम्भ

विष्णुमति करिडोर ट्रयाकको निर्माण कार्य शुभारम्भ

#, टोखा खबर
टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका बिचमा रहेको विष्णुमति करिडोरको ट्रयाक निर्माण कार्य शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज शिलान्यास गर्दै ट्रयाकको निर्माण कार्य शुरुवात गर्नु भएको हो । संघीय सरकारबाट विनियोजित एक करोड रुपैयाबाट करिडोरको निर्माण कार्य हुदै छ । करिडोर ट्रयाक धन्ने ढिकुरोबाट शुरु भई बुढानिलकण्ठको स्कोन मन्दिर सम्म निर्माण हुने गरि योजना रहेको छ । टोखा नगर क्षेत्रको भागमा काठमाडौं उपत्यका विकास प्राधिकरण मार्फत करिडोर सडक विस्तारको काम हुदैछ साथै बुढानिलकण्ठको क्षेत्रमा सडक डिभिजन विभागबाट ट्रयाक सडक विस्तारको कार्य हुदैछ । शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी,टोखा नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बि स...
सानोठिमीमा स्कुटर दुर्घटना हुदा  श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

सानोठिमीमा स्कुटर दुर्घटना हुदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गतिविधि, ताजा अपडेट, समाचार
भक्त्तपुरको  मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते हुनुभएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते हुनुभएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।...
एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

गतिविधि, समाचार
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले आज जनाएको छ । “मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्र्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ”, एमसिसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को ...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

समाचार
 बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो । यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । पुस ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसै गरी पुस ५ गते बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ३ गते बझाङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
मध्यवर्ती र राष्ट्रिय निकुञ्ज क्षेत्रका समस्या समाधानका लागि कानुन बाधक

मध्यवर्ती र राष्ट्रिय निकुञ्ज क्षेत्रका समस्या समाधानका लागि कानुन बाधक

बिशेष, समाचार
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको बिचमा रहेका जनताले भोग्दै आएका समस्या समाधानका लागि कानुन बाधक बनेको बताउनुभएको छ । बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत छलफलमा सहभागि मन्त्री ठकुरीले मध्यवर्ती र निकुञ्ज क्षेत्रका समस्याहरु समाधान हुनेगरी संशोधन गरिनुपर्ने बताउनुभयो । ‘‘यसमा कानुनी समस्या र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति पनि छन् । अन्तर्राष्ट्रिय कुराहरुलाई पनि हामीले ध्यानमा राख्दै र हाम्रा समस्याहरुलाई पनि समाधान गर्नका लागि हामीले हाम्रो एउटा बीचको बाटो खोज्नुपर्ने हुन्छ । यो समस्याहरु कतै पनि उल्लेख गरेको पाइँदैन ।,’’ वनमन्त्री ठकुरीले भन्नुभयो, ‘‘एउटा भूमि ऐनमा उल्लेख भएको रहेछ । यो ऐनमा लेखिएको कुराहरु कसरी मिल...
दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता

दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता

ताजा अपडेट, बिशेष
नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापत रकम बुझाउन कम्पनीहरूलाई पुस मसान्तसम्मको समय सीमा दिएको छ । प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै अनुमतिप्राप्त दूरसञ्चार सेवा प्रदायकलाई यस्तो समय सीमा दिएको हो । दूरसञ्चार नियमावली २०५४ अनुसार कुल आम्दानीको ४ प्रतिशत दरले रोयल्टी र २ प्रतिशत दरले दूरसञ्चार विकास कोषबापत रकम बुभाउनुपर्छ । नियमावलीको नियम २६ मा वार्षिक कुल आम्दानी भन्नाले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि कर तथा उपकरण बिक्रीबापत प्राप्त हुने रकम बाहेक दूरसञ्चार सेवा प्रदायकले प्राप्त गरेको आम्दानीलाई जनाउँछ । कतिपय इन्टरनेट सेवा प्रदायकले उक्त व्यवस्था बमोजिम कुल आम्दानी गणना नगरेको भन्दै प्राधिकरणले सचेत समेत गराएको छ ।...