Thursday, May 28

Author: टोखा खबर

टोखामा पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता

टोखामा पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता

खेलकुद, टोखा खबर
टोखामा यहि पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समिति काठमाडौं प्राविधिक सहयोग तथा समन्वयमा टोखा नगरपालिकाको आयोजनामा  हुने  दुइ दिन को खेल  टोखा-५ स्थित श्रीसमाज भवनमा हुनेछ  । आज टोखा नगरपालिकाको सभा हलमा गरिएको पत्रकार भेटघाटमा खेलबारे जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र उपप्रमुख शान्ति पाण्डे, तेक्वान्दो संघका बागमती प्रदेश अध्यक्ष केशव पुरीसहित भाष्कर श्रेष्ठ लगायतका पदाधिकारीहरु र टोखा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, खेलकुद संयोजक नरोतम राना लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा खेलबारे नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले प्...
नागरिक उड्डयन प्राधिकरण अनुसार २० वटा विमानस्थल बन्द अवस्थामा

नागरिक उड्डयन प्राधिकरण अनुसार २० वटा विमानस्थल बन्द अवस्थामा

समाचार
नागरिक उड्डयन प्राधिकरण अनुसार  देशभरिका २० वटा विमानस्थल बन्द अवस्थामा रहेको जानकारी दिएको छ । प्राधिकरणका अनुसार अघिल्लो सातामात्र परीक्षण उडान गरिएको अछाम कमलबजारसहित देशभरि २० विमानस्थल अहिले बन्द छन् । सञ्चालनमा रहेकामध्ये पनि धेरैजसो साना आन्तरिक विमानस्थलमा नियमित उडान छैन । कतै जहाज अभाव र कतै यात्रु अभावका कारण विमानस्थल चल्न सकेका छैनन् । अहिले देशभरि ५२ आन्तरिक विमानस्थल रहेकोमा २० वटा बन्द छन् । प्राधिकरणका अनुसार बागलुङ, रुकुम चौरजहारी, दार्चुला, ढोरपाटन, पालुङटार विमानस्थल अहिले सञ्चालनमा छैनन् ।...
बाँकेमा मुस्लिम समुदायका १७ हजार बालबालिका विद्यालय बाहिर

बाँकेमा मुस्लिम समुदायका १७ हजार बालबालिका विद्यालय बाहिर

समाचार
मुस्लिम समुदायको ठुलो जनसंख्या रहेको बाँके जिल्लामा १७ हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ। मुस्लिम आयोगले सोमबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा मुस्लिम बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेकाले उनीहरूको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न मुस्लिम समुदायका अगुवाको भूमिका आवश्यक रहेको कुरामा जोड दिइएको छ। कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार साजिद अलि सिद्दिकीले बाँकेमा १६ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको जनाउँदै जिल्लाका ४० हजार ५३४ जना मुस्लिम बालबालिका मात्रै स्कुल जाने गरेको र १७ हजार ३७२ जना बालबालिका अझै पनि विद्यालय शिक्षाबाट बञ्चित रहेको बताउनुभयो। उहाँले मुस्लिम समुदायमा अधिकांश बालिकालाई सात कक्षापछि विद्यालय नै नपठाउने हुँदा धेरै बालिका शिक्षाबाट बन्चित रहेको बताउनुभयो। बर्दिया जिल्लामा...
गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान

गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान

गतिविधि, समाचार
गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास्थ्य तथा चिकित्सा सेवा पहुँचमा विपत्तिजनक प्रभाव निम्त्याएको संयुक्त राष्ट्र सङ्घको उच्च कार्यालयले मङ्गलबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्त (ओएचसिएचआर) भोल्कर टर्कले भन्नुभयो,“यी सबै घटनाहरूको स्वतन्त्र, पूर्ण तथा पारदर्शी अनुसन्धान हुनु आवश्यक छ ।” सन् २०२३ अक्टोबर १२ र सन् २०२४ जुन ३० बीचको भएका आक्रमणहरूले इजरायलले अन्तर्राष्ट्रिय कानूनको पालनाको बारेमा गम्भीर चिन्ता खडा गरेको प्रतिवेदनमा उल्लेख भएको छ । टर्कले गाजाको स्वास्थ्य सेवा पूर्वाधारको व्यापक विनाशले बिरामी, चिकित्सा कर्मचारी तथा सर्वसाधारणले गुमाएको बताउनुभयो । प्यालेस्टिनी सशस्त्र समूहहरूले सैन्य उद्देश्यका लागि अस्पतालहरूको दुरुपयोग...
पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

अर्थ, ताजा अपडेट, बिशेष, समाचार
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।...
टोखामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

टोखामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

गतिविधि, टोखा खबर
टोखा नगरपालिका-३ ढलमल बाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ४० वर्षीय होम नारायण श्रेष्ठको बिएण्डबी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित ९ जनालाई  पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचार अन्त्य हुने :प्रचण्ड

माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचार अन्त्य हुने :प्रचण्ड

ताजा अपडेट, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने बताएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी एक नम्बर भए मात्रै सामाजिक न्याय र समाजवादको आधार तयार हुने बताए । अहिले देशैभरि माओवादीमा एकताबद्ध तथा समायोजन हुने लहर चलेको भन्दै प्रचण्डले अगाडी भने, ‘पर्सि झापा जाँदैछु । केपी ओलीको निर्वाचन क्षेत्रमा पनि हजारौं प्रवेश गर्ने तयारी छ ।’ भ्रष्टाचारको पक्षको यो सरकारले धेरै काम गरेको आरोप लगाउँर्दै उनले भने, ‘म तपाईंहरूलाई भन्न चाहन्छु गिरिबन्धुको फाइल खुल्ने छ, त्यसलाई लुकाउन दिइने छैन । ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन । वाइडबडीको भ्रष्टाचार छोडिने छैन । यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बना...
दशरथ रङ्गशालामा  ५० औँ दीक्षान्त समारोह आयोजना

दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना

गतिविधि, बिशेष, श्रव्यदृश्य, समाचार
त्रिभुवन विश्वविद्यालयद्वारा शनिबार दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गरे। ‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन। ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ।’ प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिक...
बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा मनाए २२ औं वैवाहिक वर्षगाठ

बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा मनाए २२ औं वैवाहिक वर्षगाठ

बिशेष, समाचार
नेपालका लागि बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा श्रीमती जुलिया फेनसँग आफ्नो २२ औं वैवाहिक वर्षगाठ मनाएका छन् । मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् । जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिएन भने श्रीमतीलाई औंठी लगाइदिए । जानकी मन्दिरका सह महन्त रामरोशन दासले विधिविधानमा सघाएका थिए । यसपछि मधेशका सभामुख रामचन्द्र मण्डल, जनकपुरधामका मेयर मनोजकुमार साहसहितले दुवैजनालाई बधाई दिएका थिए । राजदूत फेनले मिथिलाको परम्परा, भाषा, भेषभूषा, र संस्कृति संसारकै उत्कृष्टमध्ये रहेको बताउँदै आफूले यस क्षेत्रलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाप्रति चासो लागेको बताए । ‘गत वर्ष मधेशका विभिन्न स्थानहरूको भ्रमणका क्रममा मैले मिथिलाको सांस्कृतिक धरोहरको महत्त्व बुझेँ। यस क्षेत्रको अतु...
नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ

नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ

ताजा अपडेट, समाचार
नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जनालाई  प्रहरी पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भएको हाल ललितपुर महानगरपालिका-७ ग्वार्को बस्ने ३० वर्षीय डा.आलोक भन्ने जितेन्द्र मण्डल रहेको छ । प्रहरीका अनुसार मण्डलले सामाजिक सञ्जाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रुपैयाँ समेत चोरी गरेको थियो । सोही पीडितको खबर प्राप्त भएपछि घटनाको अनुसन्धानको क्रममा  मण्डललाई काठमाडौँ  उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्कबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रुपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान  र...