काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि दोस्रो पटक शैक्षिक मेला हुदै
काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि Second Northern SEE Education Fest, 2082 हुने भएको छ । आउदो जेठ ३१ गते काठमान्डौको टोखा स्थित लर्ड पार्टी प्यालेसमा बिद्यार्थी तथा अभिभावकका लागि शैक्षिक परामर्श तथा सूचना प्रदान गर्ने उद्देश्यका साथ् कार्यक्रम हुन लागेको आज प्रेस सम्मेलन गरि जानकारी दिइएको हो ।
Sky Vision Foundation को आयोजनामा हुने कार्यक्रममा एकै थलोमा रही उत्तर भेगीय क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुका भर्ना प्रक्रिया, कोर्स, पठन पाठनका तरिका, छात्रवृत्ति आदि जस्ता बिबिध बिषयमा बिद्यार्थी तथा अभिभावककालाइ जानकारी दिनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका ध्रुब प्रसाद आचार्यले बताउनु भयो ।
शनिबार बिहान ११ देखि ६ बजे सम्म हुने कार्यक्रमले मुख्य गरि Information,Motivation,Career Councilling र Entertainment जस्ता चार वटा विधाबाट कार्यक्रम लाइ सम्पन्न गर्ने बताईएको छ ।
...









