Sunday, June 14

गतिविधि

काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

गतिविधि
काभ्रे- जन्ती पुर्‍याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।...
सर्लाहीका ४७ जना उखु किसान सम्मानित

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

कृषि, गतिविधि, समाचार
इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ । उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित किसान नगरपालिका–९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताउनुभयो । विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको अर्का किसान माधव थापाले बताउनुभयो । उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र सङ्घ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा जोड दिनुभयो । नगरपालिका...
एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमीको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमीको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

गतिविधि
एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमी बसुन्धराले आफ्नो १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सफलतापूर्वक सम्पन्न गरेको छ।बिशिस्ट अतिथिहरु तथा अभिभावकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम माघ २६ गते शनिबार विद्यालय प्राङ्गणमा बिहान १०:३० बजे देखि सुरु भएको थियो। २० औ बर्ष मा प्रवेश गरेको एकेडेमीको समारोहमा का.म.न.पा. ३ का वडा अध्यक्ष प्रेम थापा , काठमाडौं महानगरपालिका शिक्षा विभाग का विभागीय प्रमुख गोविन्द प्रसाद शर्मा र कार्डियाक सेन्टर काठमाडौं का संस्थापक एबं मुटुरोग बिशेषज्ञ डा. ओममूर्ति अनिल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्नु हुदै वडा अध्यक्ष प्रेम थापा नैतिक तथा ब्यबहारिक शिक्षा आजको आवस्यकता रहेको कुरा बताउनु भयो । समाहरोहमा उपस्थित का.म.न.पा. शिक्षा विभाग प्रमुख गोविन्द प्रसाद शर्माले उपयुक्त तरिकाले बिद्यार्थीहरुले शिक्षा हासिल गर्न शिक्षकले दिनु भ...
दुइ  दिने कार्यक्रम गर्दै  एसिया प्यासिफिक स्कूलको तेस्रो अभिभावक दिवस  सम्पन्न

दुइ दिने कार्यक्रम गर्दै एसिया प्यासिफिक स्कूलको तेस्रो अभिभावक दिवस सम्पन्न

गतिविधि, टोखा खबर
काठमाडौँको टोखा-६ मा रहेको एसिया प्यासिफिक स्कुलले तेस्रो अभिभावक दिवस सम्पन्न गरेको छ । २५ र २६ गते दुइ  दिन बिबिध कार्यक्रम गर्दै  स्कुलले अभिभावक दिवस सम्पन्न गरेको हो । २५ गते पहिलो दिन नर्सरी देखि कक्षा ३ सम्मको अभिभावक दिवसको कार्यक्रम गरेको  थियो भने कक्षा ४ देखि १२ सम्मको अभिभावक दिवस को कार्यक्रम  दोस्रो दिन २६ गते शनिवार गरेको  थियो । अभिभावक दिवसको दुइ दिने कार्यक्रममा बालबालिकाहरूका नाटक, नृत्य तथा विभिन्न गतिविधि प्रस्तुत भएका थिए ।  सोहि कार्यक्रममा डा. राजु अधिकारीद्वारा लिखित "बनौँ संस्कारी" पुस्तकको लोकार्पण समेत भएको थियो । पहिलो दिन अभिभावक दिवसका अवसरमा बोल्दै साहित्यकार तथा वरिष्ठ सञ्चारकर्मी डा. नवराज लम्सालले बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि विद्यालयसँगै अभिभावकहरूको पनि भूमिका महत्त्वपूर्ण हुने बताएका थिए । दोश्रो दिनको कार्यक्रममा उपस्थित स्वास्थ्य तथ...
आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु

आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु

गतिविधि, बिशेष, समाचार
आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु हुने भएको छ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ । माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक आह्वान गरेका हुन । आइतबार भएको कार्य व्यवस्था परामर्श समितिले सोमबारको बैठकका कार्यसूची तय गरेको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने तय भएको छ ।...
विष्णुमति सरसफाई अभियान ३६ औँ हप्तामा

विष्णुमति सरसफाई अभियान ३६ औँ हप्तामा

गतिविधि, टोखा खबर
टोखा नगरपालिका द्वारा संचालित  विष्णुमति सरसफाई  महाअभियान ३६ औँ हप्ता सम्पन्न भएको छ  । कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउन टोखा नगरपालिकाले  हरेक शनिबार विष्णुमति नदि सरसफाई गरदै आएको छ । नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडाअध्यक्ष रमेश डंगोल, वडासदस्य अनुप राई र महेश थपलियासहित, नगर प्रहरि, सशस्त्र प्रहरि, सामाजिक अभियान्ता, सरसफाईकर्मीहरु र लायन्स क्लवको सहभागिता रहेको थियो । आजको कार्यक्रममा करिव १०० जनाको सहभागिता रहेको थियो । सफाईकर्मीहरुले खोला र करिडोर क्षेत्रमा सफाई गरेका थिए । आगामी हप्ताको कार्यक्रममा सफाईसँगै करिडोर सडक खुलाउने कार्यमा नगरपालिका लागेको छ । अभियान्ताहरुले करिव १ किलोमटिर खोला सफाई गरेका थिए ।...
अछाममा फूपुभदैनी नाता पर्ने  दुई जना किशोरीको हत्या

अछाममा फूपुभदैनी नाता पर्ने दुई जना किशोरीको हत्या

गतिविधि, समाचार
अछाममा फूपुभदैनी नाता पर्ने दुई जना किशोरीको हत्या गरेको खुलेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको हो । यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुई जना किशोरले किशोरीको हत्या गरेको खुलेको छ । पक्राउ परेकाहरूलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरूले हत्या गरेको खुलेको हो । घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी ग...
आजदेखि संसद्को हिउँदे अधिवेशन  प्रारम्भ

आजदेखि संसद्को हिउँदे अधिवेशन प्रारम्भ

गतिविधि, ताजा अपडेट, समाचार
आजदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ हुँदै छ  । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् । संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैप...
काठमाडौंमा ल्होसारको रमझम

काठमाडौंमा ल्होसारको रमझम

गतिविधि, बिशेष, समाचार, संस्कृति
सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।...
फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

#, गतिविधि, बिशेष, समाचार
बुढानिलकण्ठ नगरपालिकाले यही फाल्गुण २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको छ।“ शिक्षा , सीप र उधमसिलता रोजगारी हाम्रो प्राथमिकता “ भन्ने नारा सहित मेलामा युवा रोजगारीलाई प्राथमिकता दिएको मंगलवार पत्रकार सम्मेलन गर्दे बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामाले जानकारी गराइन्। आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको अनिताले सुनाइन। अनिताले भनिन्- “ अहिलेको युवा पुस्ता खासै खुशी छैनन् किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो।” मेलामा कुल ४८ वटा स्टल रहने छन्, ...