Sunday, June 14

गतिविधि

भारतको उत्तरप्रदेशस्थित कुम्भ मेलामा भागदौड मच्चिदा कयौं व्यक्ति हताहत

भारतको उत्तरप्रदेशस्थित कुम्भ मेलामा भागदौड मच्चिदा कयौं व्यक्ति हताहत

गतिविधि, समाचार
उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । भारतको  प्रयागराजमा गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतीय मिडियाहरुको अनुसार  मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन ।यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गर...
ताप्लेजुङ घटनामा  पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान

ताप्लेजुङ घटनामा पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान

#, गतिविधि, समाचार
ताप्लेजुङ घटनामा पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान गरेको छ   कोशी प्रदेश सरकारले गठन गरेको टोलीको मंगलबार बसेको  बैठकले  वार्तामा आउन आह्वान गरेको हो । गत शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका थिए ।सो घटनापछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए । ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी...
बाँकेमा चिसो अत्यधिक बढेपछि तीन दिनका लागि विद्यालय बन्द

बाँकेमा चिसो अत्यधिक बढेपछि तीन दिनका लागि विद्यालय बन्द

गतिविधि, ताजा अपडेट, समाचार
बाँकेमा चिसो अत्यधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई फेरी तीन दिनका लागि बन्द गरेर जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि फेरी तीन दिनका लागि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका उपसचिव रामबहादुर हमालले दिनुभएको जानकारी अनुसार चिसो अत्यधिक बढेकोले आइतवार माघ १३ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिइएको हो । यसअघि पनि शीतलहर र चिसो बढ्दा गत पुस २६ गतेदेखि २९ गतेसम्म चार दिनका लागि कोहलपुर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको थियो । चिसोले बालबालिकाहरु फेरि प्रभावित भएको जानकारी आएकोले यस पटक नगरका सबै विद्यालय तीन दिन बन्द गरिएको उपसचिव हमालले जनाउनुभयो। यसैगरी, नेपालगन्ज उपमहानगर र खजुरा गाउँपालिकामा पनि चिसो बढेपछि विद्यालयहरु तीन दिनका लागि बन्द गरिएका थिए । आइतबारबाट...
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

गतिविधि, समाचार
माघ ७ गते सोमबारदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै छ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो । यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् । सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सचिवालयमा तीन...
बुढानीलकण्ठमा  अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण सम्पन्न

बुढानीलकण्ठमा  अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण सम्पन्न

#, गतिविधि
६ माघ , काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा  अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको मेयर कार्यकक्षमा सम्पन्न भएको कार्यक्रममा अपाङ्गतामा विशेष गरी AUTISM भएका २४ बालबालिकाहरुको स्वास्थ्य परिक्षण भएको थियो । अन्तरक्रिया तथा छलफल कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी,नगर अस्पताल निर्देशक डा. शुधांशु झा, डा. कौशल अधिकारी, महिला बालबालिका तथा समाजिक समावेशीकरण माहाशाखा प्रमुख पुष्पा बमको उपस्थिति रहेको थियो । बालबालिकाहरुको अवस्थाबारे अभिभावकहरु सँग भएको विशेष अन्तरक्रिया तथा छलफलमा ६५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।  ...
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

गतिविधि
भक्तपुर । जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० देखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिनुभयो । भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकाका चार हजार एक सय ६२, भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२, मध्यपुरथिमि नगरपालिकाका चार हजार दुई सय तीन र चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ किशोरीलाई एचपिभी खोप लगाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ६ देखि १० सम्मका १६ हजार छ सय २८ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ किशोरीलाई खोप लगाइने छ । कार्यालयले खोप लगाउन खोप...
राष्ट्रिय एकता दिवस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रिय एकता दिवस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

गतिविधि, ताजा अपडेट, बिशेष, समाचार
हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान  अर्पण गरेको समेत गरेको थियो । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।...
राष्ट्रपतिलाई भेट्न पुगे ओली शीतलनिवास

राष्ट्रपतिलाई भेट्न पुगे ओली शीतलनिवास

गतिविधि, बिशेष, समाचार
राष्ट्रपति रामचन्द्र पौडलसँग भेट्न  प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुग्नु भयको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।...
बाक्लो हुस्सुले दुई दिनदेखि हवाई उडान प्रभावित

बाक्लो हुस्सुले दुई दिनदेखि हवाई उडान प्रभावित

गतिविधि, बिशेष, समाचार
बाक्लो हुस्सु र शीतलहरले रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा जनजीवन प्रभावित भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई दिनदेखि हवाई उडान प्रभावित भएकाे हाे । मौसम अझ केहीदिन मङ्गलवार र बुधवारको जस्तै बाक्लो हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना देखिएको छ । सडकमा यातायातका सवारीसाधन कम सङ्ख्यामा चलेका छन् । पैदल यात्रु कम छन्। सडक किनारका पेटी र चोकहरुमा चिसोबाट जोगिनका लागि स्थानीय सर्वसाधारण आगो बालेर तापिरहेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले सामान्य अवस्थामा हवाई  उडान सञ्चालनका लागि १ हजार ८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा त्यस अनुरुपको भिजिबिलिटी नभएकाले हवाई  उडान हुन नसकेको जानकारी दिनुभयो । बुद्ध, यति र श्री एयरलायन्सले भैरहवा काठमाडौंबिच दैनिक १८ देखि २० वटा र पोखराका लागि एउटा हवाई उडान सञ्चालन हुने गरेको छ । दैनिक ...
अनलाइनबाट जुवा खेलाएको आशङ्कामा ५३ जना पक्राउ

अनलाइनबाट जुवा खेलाएको आशङ्कामा ५३ जना पक्राउ

गतिविधि, ताजा अपडेट, बिशेष, समाचार
अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ गरेको छ । सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हाे । पक्राउ पर्नेमा २९ महिला पनि रहेका छन् । ५३ जनामध्ये तीन जना भारतीय नागरिक हुन् ।...