Monday, June 15

गतिविधि

आजबाट रविको तर्फबाट बहस सुरु

आजबाट रविको तर्फबाट बहस सुरु

गतिविधि, बिशेष, समाचार
 कास्कीमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ । गएको शुक्रवार प्रतिवादीहरूको बहस सुरु भएकोमा यसअघि पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडे र जिबी एन्ड कम्पनिजकी कर्मचारी लीला पछाइका तर्फबाट कानुन व्यवसायीले बहस गरिसकेका छन् । कास्की जिल्ला अदालतका स्रेष्तेदार राजन खनालले न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसमा केही बेरमा लामिछानेको तर्फबाट कानुन व्यवसायीको बहस सुरु हुने जानकारी दिनुभयो । “यो मुद्दामा छविलाल जोशी र लीला पछाईको तर्फबाट बहस सकिएको छ । आजबाट रवि लामिछानेको तर्फबाट बहस सुरु हुन्छ,” स्रेष्तेदार खनालले भन्नुभयो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, सुशील पन्त, डा नारायण ...
दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला

दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला

गतिविधि, समाचार
दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला परेको छ  । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ ? आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ ? भनेर अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियो । मेसिनले खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पत्ता लगाएको छ । चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार मात्र ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको भन्दै उहाँले ड्रिलिङ...
सानोठिमीमा स्कुटर दुर्घटना हुदा  श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

सानोठिमीमा स्कुटर दुर्घटना हुदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गतिविधि, ताजा अपडेट, समाचार
भक्त्तपुरको  मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते हुनुभएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते हुनुभएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।...
एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

गतिविधि, समाचार
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले आज जनाएको छ । “मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्र्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ”, एमसिसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को ...
गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान

गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान

गतिविधि, समाचार
गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास्थ्य तथा चिकित्सा सेवा पहुँचमा विपत्तिजनक प्रभाव निम्त्याएको संयुक्त राष्ट्र सङ्घको उच्च कार्यालयले मङ्गलबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्त (ओएचसिएचआर) भोल्कर टर्कले भन्नुभयो,“यी सबै घटनाहरूको स्वतन्त्र, पूर्ण तथा पारदर्शी अनुसन्धान हुनु आवश्यक छ ।” सन् २०२३ अक्टोबर १२ र सन् २०२४ जुन ३० बीचको भएका आक्रमणहरूले इजरायलले अन्तर्राष्ट्रिय कानूनको पालनाको बारेमा गम्भीर चिन्ता खडा गरेको प्रतिवेदनमा उल्लेख भएको छ । टर्कले गाजाको स्वास्थ्य सेवा पूर्वाधारको व्यापक विनाशले बिरामी, चिकित्सा कर्मचारी तथा सर्वसाधारणले गुमाएको बताउनुभयो । प्यालेस्टिनी सशस्त्र समूहहरूले सैन्य उद्देश्यका लागि अस्पतालहरूको दुरुपयोग...
टोखामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

टोखामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

गतिविधि, टोखा खबर
टोखा नगरपालिका-३ ढलमल बाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ४० वर्षीय होम नारायण श्रेष्ठको बिएण्डबी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित ९ जनालाई  पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
दशरथ रङ्गशालामा  ५० औँ दीक्षान्त समारोह आयोजना

दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना

गतिविधि, बिशेष, श्रव्यदृश्य, समाचार
त्रिभुवन विश्वविद्यालयद्वारा शनिबार दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गरे। ‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन। ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ।’ प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिक...
प्रधानमन्त्रीद्वारा तीन उपकुलपतिलाई सपथ

प्रधानमन्त्रीद्वारा तीन उपकुलपतिलाई सपथ

गतिविधि, ताजा अपडेट, बिशेष
हालै नियुक्त तीन विश्वविद्यालयका उपकुलपतिलाई कुलपतिका हैसियतमा प्रधानमन्त्री केपी ओलीले शुक्रबार सपथ खुवाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम पछि उनले उपकुलपतिहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत आईतबार कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीले पोखरा विश्वविद्यालयमा निजी कलेज सञ्चालक प्रा.डा. वेदराज केसीलाई कुलपति नियुक्त गरेका थिए । एमाले निकट प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसीलाई ओलीले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार बनाउन चाहे पनि सकेका थिएनन् । आफू सत्ताको नेतृत्वमा आएपछि उनले केसीलाई उपकुलपति बनाएका हुन् । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियालाई ओलील...
अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था सम्बन्धी १ दिने कार्यशाला सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था सम्बन्धी १ दिने कार्यशाला सम्पन्न

*, गतिविधि
दृष्टिविहीन क्रिकेट संघ नेपालले वि.स.२०६३ साल देखि नै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि काम गर्दै आएको छ । यस संस्थाले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाएको खण्डमा खेलकुद मार्फत अपाङ्गता प्रति समाजमा भएको नकारात्मक सोचको अन्त्य गर्न र देशको नाम उच्च राख्न सक्छन् भन्ने कुरालाई नेत्रहीन क्रिकेट खेल मार्फत प्रस्तुत गरी सकेको छ । नेत्रहीन क्रिकेट संघ नेपाल मार्फत अहिले सम्म ४ वटा अन्तर्राष्ट्रिय र ९ वटा राष्ट्रिय नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सम्पन्न गरी सकेको छ । अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि यस संस्थाले काम गर्ने क्रममा राज्य स्तरबाट अपाङ्गता भएका खेलाडीहरूका लागि के कस्ता ऐन कानुन तथा नीति नियमहरू बनेका छन् र तीनको कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने सवालमा विभिन्न समयमा सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी पनि गरी ...
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

गतिविधि
काठमाडौँ –  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।...