Monday, June 15

बिशेष

रास्वपा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार चलान

रास्वपा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार चलान

बिशेष
रुपन्देही । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज उच्च अदालतको आदेश बमोजिम रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको छ । अदालतमा उपस्थित गराएर सबै कानुनी प्रक्रिया पूरा भएपछि उहाँलाई जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको थुनामा पठाउने आदेशसँगै शुक्रवार राति नै लामिछानेले काठमाडौँ स्थित घरबाटै गिरफ्तारी दिनुभएको थियो । शनिबार उहाँलाई रुपन्देही जिल्लाको भैरहवा लगिएको थियो । तीन दिन न्यायिक हिरासतमा राखेर आज अदालती प्रक्रिया पूरा गर्न अदालत पेश गरेपछि कारागार चलान गरिएको छ । यो सँगै रबि लामिछानेको तर्फबाट आजै सर्वोच्च अदालतमा जाने तयारी रहेको रास्वपा स्रोत बताउँछ ।...
आन्दोलनका नाममा हुने अराजक गतिविधिमा संलग्न नहुन सरकारको आमनागरिकमा अपिल

आन्दोलनका नाममा हुने अराजक गतिविधिमा संलग्न नहुन सरकारको आमनागरिकमा अपिल

बिशेष
नेपाल सरकारले आन्दोलनका नाममा हुने अराजक गतिविधिमा संलग्न नहुन आमनागरिकमा अपिल गरेको छ । हिंसात्मक गतिविधि गरी आतङ्क फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुङ्गामुढा, आगजनी र व्यक्तिको ज्यान जाने गरी अमानवीय र गैरकानुनी कार्य गर्ने जस्ता अराजक कार्यमा संलग्न नहुन सरकारले अपिल गरेको हो । मन्त्रीपरिषद्को चैत १८ गतेको निर्णय मङ्गलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत १५ गते प्रदर्शनका क्रममा भएका घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यस किसिमका अराजक गतिविधिमा संलग्न नहुन आमनागरिकमा नेपाल सरकार हार्दिक अपिल गर्दछ ।” मन्त्रीपरिषद्को बैठकले चैत १५ गतेको प्रदर्शनका क्रममा घाइते हुनेहरूको निःशुल्क स्वास्थ्य उप...
आजको राष्ट्रिय सभा बैठक स्थगित

आजको राष्ट्रिय सभा बैठक स्थगित

बिशेष
१७ चैत, काठमाडौं । राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध हुँदै आएको बैठक आइतबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको थियो । उक्त बैठक बस्दै नबसी भोलि बिहान सवा ११ बजे बस्नेगरी स्थगित भएको छ ।
दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्छ: सभामुख घिमिरे

दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्छ: सभामुख घिमिरे

#, बिशेष
काठमाडौँ, १५ मार्च - सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने  र पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नु पर्ने  आवश्यकता  रहेको औंल्याउनुभएको छ। आज काठमाडौँमा आयोजना गरिएको बेल्ट एण्ड रोड इनिसियटिभ (Belt and Road Initiative - BRI) र नेपाल-चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलाग’ कार्यक्रममा उहाँले बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। सभामुख घिमिरेले चीनको प्रगतिमा नेपालको गौरव र चीनको विकासबाट लाभ लिन चाहेको स्पष्ट पार्नुभयो। उहाँले २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट बाहिर निस्कने लक्ष्य राख्दै चीनसँगको सहयोग महत्वपूर्ण हुने अपेक्षा व्यक्त गर्नुभयो। नेपाल र चीनको ऐतिहासिक सम्बन्धलाई प्रगाढ र सुदृढ गर्दै, सभामुखले बिआरआईलाई नेपालका लागि आर्थिक वृद्धिका अवसरको रुपमा लिनुपर्ने बताएका छन्। उहा...
यस्तो छ प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको क्यालेन्डर

यस्तो छ प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको क्यालेन्डर

बिशेष
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो । क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ । बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ । भोलि (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी उहाँले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियो...
महाशिवरात्रिका लागि आकर्षक बनाइँदै पशुपति क्षेत्र

महाशिवरात्रिका लागि आकर्षक बनाइँदै पशुपति क्षेत्र

बिशेष, समाचार
काठमाडौँ – महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रलाई झिलिमिलि बत्ती, फूल र रङरोगनले सिँगार्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। बत्तीका कारण रातभर उज्यालो देखिने पशुपति क्षेत्र नेपालका राष्ट्रिय झन्डाको आकारमा सजाइएका बत्तीहरूले झन् आकर्षक बनेको छ। पर्वको व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिअन्तर्गत नौ वटा उपसमिति बनाई सुरक्षा, अनुगमन, स्वयंसेवा, स्वास्थ्य, साधुसन्त व्यवस्थापन, प्रचारप्रसार, आवास-भोजन, दर्शन तथा सरसफाइजस्ता विषयमा तयारी अन्तिम चरणमा पुर्‍याइएको छ। कोषका सदस्य सचिव  डा मिलनकुमार थापाका अनुसार महाशिवरात्रि पर्वलाई भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।...
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने प्रतिभालाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पुरस्कार पाउने सबैको प्रशंसा गर्नुभएको हो । “नेपाली माटोलाई गौरवान्वित पार्ने प्रतिभालाई हार्दिक बधाई ! तपाईंहरूको लगन, परिश्रम र योगदानलाई सलाम !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले आफूलाई युनिभर्सल पिस फेडेरेसन, कोरियाले सन् २०१८ डिसेम्बरमा “लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड” एक लाख अमेरिकी डलरको पुरस्कार प्राप्त भएको थियो र उक्त राशिमा त्यति नै थप गरी अक्षयकोष स्थापना गरेर हरेक वर्ष राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीका अनुसार पहिलो पटक चिकित्सक डा सन्दुक रूइत, कृषि उपकरण अन्वेषक रदी मिया र मादकपदार्थ सेवन गरी चलाएको सवारीसाधन आफैँ रोकिने प्...
३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

बिशेष, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आयोगले ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल टङ्गालस्थित आयोगको कार्यालयमा आयोजित कार्यक्रममा सहभागि हुँदैछन् । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ । संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ ।...
आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु

आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु

गतिविधि, बिशेष, समाचार
आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु हुने भएको छ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ । माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक आह्वान गरेका हुन । आइतबार भएको कार्य व्यवस्था परामर्श समितिले सोमबारको बैठकका कार्यसूची तय गरेको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने तय भएको छ ।...
काठमाडौंमा ल्होसारको रमझम

काठमाडौंमा ल्होसारको रमझम

गतिविधि, बिशेष, समाचार, संस्कृति
सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।...