बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा प्रभातफेरि सम्पन्न
बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा योग जागरण सम्बन्धी विशाल प्रभातफेरि सम्पन्न भयको छ ।
बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सबको तथा दशौ अन्तरास्ट्रिय योग दिवसको अवसरमा मनाउन लागिएको ३ दिवसिय कार्यक्रम अन्तर्गतको आज पहिलो दिनको कार्यक्रम योग जागरण सम्बन्धी प्रेभातफेरि तारकेश्र्व्रर नगरपालिकामा "बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सफल भयको छ ।
गरौ योग- रहौ निरोग ,घर घरमा योग जन जन योग , महिला सशक्तीकरणका लागि योग , सबैका लागि योग सधैका लागि योग , रक्तदान जीवन दान ,लेखिएका प्लेकार्ड र योग जागरण सम्बन्धित ब्यानरहरु सहित सुरु गरिएको प्रभातफेरिको शुभारम्भ तारकेश्र्व्रर नगरपालिकामा पतन्जली योग समितीका अध्यक्ष चन्द्र सापकोटाले गर्नु भएको थियो ।
यस कार्यक्रम सात वटा योग साधना केन्द्रहरु - अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र त...




