Thursday, May 28

ताजा अपडेट

हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित

हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित

ताजा अपडेट, बिशेष, समाचार
लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् । तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार विहान ८:५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गर...
पुलिस र आर्मीको गोलरहित बराबरी

पुलिस र आर्मीको गोलरहित बराबरी

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको विभागीय डर्बीमा दुवै टोलीले पाएको अवसर गुमाएका थिए । पहिलो हाफमा पुलिसकी पूजा रानाको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवादको कारण खेल २५ मिनेट रोकिएको थियो ।...
त्रिविले नेपाली र अंग्रेजीमा सोध्न थाल्यो प्रश्नपत्र

त्रिविले नेपाली र अंग्रेजीमा सोध्न थाल्यो प्रश्नपत्र

ताजा अपडेट, बिशेष, समाचार
त्रिभुवन विश्वविद्यालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको छ । त्रिविले अहिले चलिरहेको स्नातक तहको पहिलो वर्षको परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोधेको हो । यसअघि अंग्रेजीमा मात्र प्रश्नपत्र सोध्ने गरिएको थियो । अंग्रेजीमा मात्र सोध्दा विद्यार्थीले प्रश्न नबुझेको गुनासो आएपछि त्रिविले दुवै भाषामा प्रश्नपत्र सोधेको हो ।...
सानोठिमीमा स्कुटर दुर्घटना हुदा  श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

सानोठिमीमा स्कुटर दुर्घटना हुदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गतिविधि, ताजा अपडेट, समाचार
भक्त्तपुरको  मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते हुनुभएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते हुनुभएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।...
दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता

दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता

ताजा अपडेट, बिशेष
नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापत रकम बुझाउन कम्पनीहरूलाई पुस मसान्तसम्मको समय सीमा दिएको छ । प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै अनुमतिप्राप्त दूरसञ्चार सेवा प्रदायकलाई यस्तो समय सीमा दिएको हो । दूरसञ्चार नियमावली २०५४ अनुसार कुल आम्दानीको ४ प्रतिशत दरले रोयल्टी र २ प्रतिशत दरले दूरसञ्चार विकास कोषबापत रकम बुभाउनुपर्छ । नियमावलीको नियम २६ मा वार्षिक कुल आम्दानी भन्नाले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि कर तथा उपकरण बिक्रीबापत प्राप्त हुने रकम बाहेक दूरसञ्चार सेवा प्रदायकले प्राप्त गरेको आम्दानीलाई जनाउँछ । कतिपय इन्टरनेट सेवा प्रदायकले उक्त व्यवस्था बमोजिम कुल आम्दानी गणना नगरेको भन्दै प्राधिकरणले सचेत समेत गराएको छ ।...
पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

अर्थ, ताजा अपडेट, बिशेष, समाचार
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।...
माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचार अन्त्य हुने :प्रचण्ड

माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचार अन्त्य हुने :प्रचण्ड

ताजा अपडेट, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने बताएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी एक नम्बर भए मात्रै सामाजिक न्याय र समाजवादको आधार तयार हुने बताए । अहिले देशैभरि माओवादीमा एकताबद्ध तथा समायोजन हुने लहर चलेको भन्दै प्रचण्डले अगाडी भने, ‘पर्सि झापा जाँदैछु । केपी ओलीको निर्वाचन क्षेत्रमा पनि हजारौं प्रवेश गर्ने तयारी छ ।’ भ्रष्टाचारको पक्षको यो सरकारले धेरै काम गरेको आरोप लगाउँर्दै उनले भने, ‘म तपाईंहरूलाई भन्न चाहन्छु गिरिबन्धुको फाइल खुल्ने छ, त्यसलाई लुकाउन दिइने छैन । ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन । वाइडबडीको भ्रष्टाचार छोडिने छैन । यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बना...
नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ

नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ

ताजा अपडेट, समाचार
नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जनालाई  प्रहरी पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भएको हाल ललितपुर महानगरपालिका-७ ग्वार्को बस्ने ३० वर्षीय डा.आलोक भन्ने जितेन्द्र मण्डल रहेको छ । प्रहरीका अनुसार मण्डलले सामाजिक सञ्जाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रुपैयाँ समेत चोरी गरेको थियो । सोही पीडितको खबर प्राप्त भएपछि घटनाको अनुसन्धानको क्रममा  मण्डललाई काठमाडौँ  उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्कबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रुपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान  र...
प्रमुख दलको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री

प्रमुख दलको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री

ताजा अपडेट, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको  सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । माछापुछ्रे गाउँपालिका-१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उहाँले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको हो । उहाँले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताउनुभएकाे हाे । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।” सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँ...
प्रधानमन्त्रीद्वारा तीन उपकुलपतिलाई सपथ

प्रधानमन्त्रीद्वारा तीन उपकुलपतिलाई सपथ

गतिविधि, ताजा अपडेट, बिशेष
हालै नियुक्त तीन विश्वविद्यालयका उपकुलपतिलाई कुलपतिका हैसियतमा प्रधानमन्त्री केपी ओलीले शुक्रबार सपथ खुवाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम पछि उनले उपकुलपतिहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत आईतबार कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीले पोखरा विश्वविद्यालयमा निजी कलेज सञ्चालक प्रा.डा. वेदराज केसीलाई कुलपति नियुक्त गरेका थिए । एमाले निकट प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसीलाई ओलीले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार बनाउन चाहे पनि सकेका थिएनन् । आफू सत्ताको नेतृत्वमा आएपछि उनले केसीलाई उपकुलपति बनाएका हुन् । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियालाई ओलील...