निरन्तर विष्णुमति सरसफाई अभियान सातौ हप्तामा
टोखा नगरपालिका द्वारा संचालित विष्णुमति सरसफाई महाअभियान सातौ हप्तामा सम्पन्न भएको छ । हरेक शनिबार संचालन हुने सरसफाई अभियान आज पनि नगरपालिकाको ग्रान्डी टावर नजिक फलामे पुल आसपास विष्णुमति नदि सरसफाई गरि सम्पन्न भएको हो ।
कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउन टोखा नगरपालिकाले हरेक शनिबार विष्णुमति नदि सरसफाई गरदै आएको छ । सरसफाई अभियानमा नगरपालिकाका कर्मचारी तथा पदाधिकारी, वडाका जनप्रतिनिधिहरु, पूर्वजनप्रतिनिधिहरु,नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी साहित्य क्षेत्रका व्यक्तिहरु र विभिन्न संघ संस्था तथा स्थानीय नगरबासीहरुको उपस्थिति एबं सहभागिता रहेको छ । यो सरसफाईको महाअभियानमा विभिन्न क्लव तथा फोहोर संकलन गर्ने संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै आएको छ ।
नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान शुभारम्भ गरेको थियो ।...










