Monday, June 15

मनोरन्जन

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

मनोरन्जन, विचार
सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए। बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...
सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

मनोरन्जन, विचार, समाचार, संस्कृति
जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेस्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजन हुने गर्छ । आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ ।  अपराह्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको...
सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु

सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु

मनोरन्जन, विचार, समाचार, संस्कृति
कास्कीमा सवारी दुर्घटनामा परी  गम्भीर घाइते भएकी दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्‍ने २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका-५ जिरो बस्‍ने २४ वर्षीया भावना बराल रहेको अस्पतालले जनाएको छ । आइतबार पोखराबाट तालचोक जाँदै गरेको बाएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । घाइते उनीहरूलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा पठाएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ठक्कर दिने कार चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत तर्फ प्रस्थान

*, मनोरन्जन, विचार, समाचार
 भोलिदेखि भारतको पिथौरागढमा हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत तर्फ प्रस्थान गरेको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो।  यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ।  ...

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद

मनोरन्जन, विचार, समाचार
जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो । उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ । आरोपित दीपक ओझाले भने सफाइ पाएका छन् । आरोपितमध्ये हरि आचार्य हाल अमेरिकामा छन् । अरु आरोपितहरुले अदालतको तारेख गुजारेर बसेका थिए । उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । ‘मैले ढिलै भएपनि न्याय पाएको छु’, उपप्राध्यापक चलाउनेले भने, ‘ममाथि जुन ढंगले सांघातिक आक्रमण भयो, अरु कसैले यस्तो पीडा भोग्नु नपरोस् ।’ २० असोज २०७७ मा कीर्तिपुरस्थ...
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

प्रबिधी, मनोरन्जन, विचार, समाचार
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।...

भूकम्पपीडितलाई सञ्चार मन्त्रालयको सहयोग

मनोरन्जन, विचार, समाचार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका कर्मचारीले भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।  राजपत्राङ्कित विशिष्ट-प्रथम श्रेणी वा दश तह र सोभन्दा माथिका कर्मचारीले तीन दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणी वा छ तहदेखि नौ तहसम्मका कर्मचारीले दुई दिन र सहायकस्तरका सम्पूर्ण कर्मचारीले एक दिन बराबरको तलब सहयोग प्रदान गर्ने छन् ।  यही कात्तिक महिनाको मासिक पारिश्रमिकबाट नै कट्टा हुने गरी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । यो सहयोगका अतिरिक्त सम्पूर्ण निकायले आफूले सकेको र आफ्नो भूमिका क्षेत्रभित्र पर्ने एवम् थप योगदान गर्न सक्षमता एवम् इच्छा भएमा आर्थिक, भौतिकलगायत अन्य सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ...
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

मनोरन्जन, विचार, समाचार, संस्कृति
१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए । भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई राहत रकमको विषयमा सोधिएको प्रश्नमा भने उनले स्पष्ट जानकारी दिएनन् । ‘पहिले तीन लाख रुपैयाँ दिइएको थियो । त्यसलाई थप गर्ने प्रस्ताव छ । तर टुंगो लागिसकेको छैन,’ उनले भने । विभिन्न देशहरुले भूकम्प पीडितहरुलाई सहयोग गर्न खोजेको भन्दै उनले कस्तो खालको सहयोग लिने भनेर सरकारले मापदण्ड बनाउने बताए ।...
टोखाको  पानी उद्योगमा सरकारी अनुगमन टोली द्वारा  शिलबन्दी

टोखाको पानी उद्योगमा सरकारी अनुगमन टोली द्वारा शिलबन्दी

टोखा खबर, मनोरन्जन, समाचार
काठमाडौं  टोखाको  एक पानी उद्योगमा सरकारी अनुगमन टोलीले आज  शिलबन्दी गरेको छ । टोखा नगरपालिका चक्खुस्थित  कञ्चनजंघा न्याचुरल स्प्रिङ मिनरल वाटर नामको पानी उत्पादन गर्ने उद्योगमा टोलीले शिलबन्दी गरेको हो । अनुगमन टोलीले प्रशोधन कक्षको दुईवटा ढोकामा शिलछाप गरि उत्पादन कक्ष बन्द गरिदिएको छ । उद्योगको दर्ता बिनानै पिउने पानी उत्पादन गर्ने गरेको, दर्ता प्रमाण पत्र र संचालक फेला नपरेको, जार भर्ने धारामा कपडा लगाइएको उद्योग भौतिक पुर्वधार प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका अनुसार नपाईएकोले शिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जानकारी दिएको छ । अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वय रहेको थियो । मंगलबारबाट अनुगमनमा होमिएको टोलीले काठमाडौंको ५ वटा पानी उद्योग अनुगमन गरिसकेको छ ।...

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

मनोरन्जन, विचार, समाचार, संस्कृति
राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्प ६.१ म्याग्नेच्यूडको भएको जनाएको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो। खरी र मैदी जोडिएका गाउँ हुन्। भूकम्पको गहिराइ १३ किलोमिटर मापन भएको छ। त्यसकारण पनि शक्तिशाली झट्का महसुस भएको अधिकारीले बताए। भूकम्पको काठमाडौंलगायत आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको छ। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। यसअघि युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्रले धादिङको मैदी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको जनाएको थियो। पछिल्लो केही समय यता बझाङ केन्द्रविन्दु भएर भूकम्प गइरहेको थियो।...