यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७० पैसा र बिक्रीदर ८८ रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ प...










