Monday, June 15

संस्कृति

बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा विशाल प्रभातफेरि सम्पन्न

बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा विशाल प्रभातफेरि सम्पन्न

विचार, संस्कृति
बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा योग जागरण सम्बन्धी विशाल प्रभातफेरि सम्पन्न भयको छ । बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सबको तथा दशौ अन्तरास्ट्रिय योग दिवसको अवसरमा मनाउन लागिएको ३ दिवसिय कार्यक्रम अन्तर्गतको आज पहिलो दिनको कार्यक्रम योग जागरण सम्बन्धी प्रेभातफेरि तारकेश्र्व्रर नगरपालिकामा "बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सफल भयको छ । गरौ योग- रहौ निरोग ,घर घरमा योग जन जन योग , महिला सशक्तीकरणका लागि योग , सबैका लागि योग सधैका लागि योग , रक्तदान जीवन दान ,लेखिएका प्लेकार्ड र योग जागरण सम्बन्धित ब्यानरहरु सहित सुरु गरिएको प्रभातफेरिको शुभारम्भ तारकेश्र्व्रर नगरपालिकामा पतन्जली योग समितीका अध्यक्ष चन्द्र सापकोटाले गर्नु भएको थियो । यस कार्यक्रम  सात वटा योग साधना केन्द्रहरु - अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र ता .न. ...
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

समाचार, संस्कृति
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।...
भेरी नदिमा बगेर एक बालक बेपत्ता

भेरी नदिमा बगेर एक बालक बेपत्ता

मनोरन्जन, विचार, समाचार, संस्कृति
भेरी नदिमा बगेर जाजरकोटका एक बालक  बेपत्ता भएका छन् । जिल्लाको नलगाड नगरपालिका ११ तल्लुका लोक बहादुर सिंहका छोरा  १६ वर्षका जलन सिंहको भेरीमा बगेर बेपत्ता भएका हुन । स्थानीय गणेश सिंहका अनुसार जन्मजात मानसिक रूपमा अपाङ्गता भएका जलनको  २ दिन अघि भेरी नदिमा बगेर  बेपत्ता भएको  र स्थानीय तथा प्रहरीको टोलीले खोज्दा समेत हाल सम्म शव प्राप्त गर्न नसकेको जानकारी दिनु भयो । जाजरकोटमा बर्सेनि भेरी नदिमा डुबेर ३० , ४० जना नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बर्सेनि ठुलो सङ्ख्यामा नागरिकहरू भेरी नदिमा डुबेर ज्यान गुमाउने समस्या समाधानका लागि पूर्व तयारी गर्नु पर्ने बताउनु हुन्छ ।...
सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

संस्कृति
सुर्खेत- सुर्खेत सदरमुकाम वीरेन्द्रनगर-११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । स्थानीय तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसासिएर वीरेन्द्रनगर-११, निवासी ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीया लक्ष्मी कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अक्सिजन कमी भएपछि बेहोस भएका दुबै जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्‍याइए पनि डाक्टरहरुले उनीहरुलाई मृत घोषणा गरेका थिए ।।...
पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

मनोरन्जन, विचार, समाचार, संस्कृति
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो । पहिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उहाँका कान्छी श्रीमती ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरू गङ्गा र जमुनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) का बाबु, कान्छी आमा र बहिनीहरू हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयबाट लुङगेलीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ...
टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मनोरन्जन, विचार, समाचार, संस्कृति
पोखरा महानगरपालिका-१३ मा सोमबार बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  पोखरा–१३, काहुँखोला बस्ने १८ वर्षीय बबिता रिमालको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा सोमबार दिउँसो रिमालको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले मोटरसाइकल पछाडि सवार रिमालको निधन भएको र घाइते चालक पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिनुभयो । घाइते थापाको दुवै खुट्टा र दायाँ हातमा चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको शर्माले बताउनुभयो । सोमबार बिहान ८ बजे पोखरा १३ गौडाकोमुखस्थित बिपी मार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको लु८७प...
कार दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु

कार दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु

विचार, समाचार, संस्कृति
भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै बुधबार दिउँसो १६:३० बजेको समयमा अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दुर्घटनामा परी पहिचान नखुलेको एक पुरुष र एक बालिकाको मृत्यु भएको जानकारी दिनुभयो। सडकबाट करिब २५० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको सूचनापछि इलाका प्रहरी कार्यालय, भीमफेदीबाट गएको प्रहरी टोलीले कारमा सवार पहिचान नखुलेको दुई जना महिला, दुई जना पुरुष र एक बालिकालाई उद्धार उपचारका लागि पठाएको थियो। घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको छ।...
दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

समाचार, संस्कृति
दाङ- दाङमा बस दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरी नायव उपरिक्षक मल्लका अनुसार घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । घाइते सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । बेलुकी साढे पाँच बजे तुलसीपुरको बसपार्कबाट काठमाडौंका लागि छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भयो ।...
टोखामा विष्णुमति नदि सरसफाई अभियानको  शुभारम्भ

टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ

टोखा खबर, संस्कृति
टोखा नगरपालिकाले विष्णुमति नदि सरसफाई अभियान शुभारम्भ गरेको छ ।निरन्तर रुपमा हरेक शनिबार बिहान सरसफाई गरिने गरि आज बाट अभियान को शुरुवात भएको हो । विष्णुमति नदिको मेरिगोल्ड पुलबाट आज शुरुवात गरिएको सरसफाई अभियानमा नगरप्रमुख, उपप्रमुख , प्रशसकिय प्रमुख, जनप्रतिनिधिज्युहरु, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी , नगरपालीका भित्र सरसफाई अभियानमा लाग्ने सरसफाई कर्मि तथा स्थानीय एबं नगरवासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।  नगरपालिका कै एक मुख्य नदि विष्णुमति नदि भएकोले यसलाइ स्वच्छ, सफा बनाउने अभियान मा नगरबासी तथा सबैले जुटेर कार्य गर्नु पर्ने नगर प्रमुख प्रकाश अधिकारी ले बताउनु भयो । यसै गरि नदि हाम्रो सभ्यता भएको ले यसलाई सरसफाई गर्नु अति नै आवश्यक रहेकोले विष्णुमति करिडोर र खोलालाइ सरसफाइ गर्न सबै लाइ संलग्न गराएर एबं सबै को स्वमित्व हुने गरि नगरपालिका अगाडी बढे...
बाजुराको खप्तड छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना युवकको मृत्यु

बाजुराको खप्तड छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना युवकको मृत्यु

विचार, समाचार, संस्कृति
बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-७ लम्गाउँका वर्ष ३२ का विरेन्द्र रावत रहेका छन् । चैत ११ गते खप्तड छेडेदह गाउँपालिका-७ मा रहेको छेडेदह तालमा चलाएको डुङ्गा पल्टदा रावत बेपत्ता भएका थिए । तालमा बेपत्ता भएका रावतको प्रहरीले खोजी गरेपछि हिजो बेलुका पाँच बजे मृतक फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो दिउँसो १ बजेर ३० मिनेटमा सो तालमा चलाएको डुङ्गा पल्टदा रावत बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै प्रहरीले त्यहाँ गएर खोजी गरेपछि रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कविन्द्रसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक रावतको पोष्टर्माटमका लागि अहिले जिल्ला अस्पताल बाजुरामा ल्याएको छ।” डुङ्गमा सात जना सवारमध्ये ६ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख बोहराले ब...