Monday, June 15

संस्कृति

सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु

सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु

मनोरन्जन, विचार, समाचार, संस्कृति
कास्कीमा सवारी दुर्घटनामा परी  गम्भीर घाइते भएकी दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्‍ने २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका-५ जिरो बस्‍ने २४ वर्षीया भावना बराल रहेको अस्पतालले जनाएको छ । आइतबार पोखराबाट तालचोक जाँदै गरेको बाएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । घाइते उनीहरूलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा पठाएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ठक्कर दिने कार चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

नगर प्रमुखको फर्जी हस्ताक्षरमा मल सिफारिस

विचार, समाचार, संस्कृति
सप्तरीको खडक नगरपालिकाको एक सहकारीले नगर प्रमुखको फर्जी हस्ताक्षर गरी सिफारिस बनाएर मल सप्लाइ गरेको छ । खडक नगरपालिका –११ बनौलीको सहकारी संस्था लिमिटेडले नगरपालिकाको नगर प्रमुख जयप्रकाश चौधरीको हस्ताक्षर किर्तेगरी कृषि सामग्री कम्पनी राजविराजबाट एकसय ३० बोरा डिएपी र १२ बाेरा युरिया मल लगेको पाइएको छ । नगरपालिकाले वडा ४ को डिलर रहेको मञ्जुश्री सहकारीलाई मङ्सिर १७ गते नै सिफारिस गरिसकेको एकसय १४ बोरा मलखादकै कोटामा सहकारी लिमिटेड बनौलीका सञ्चालक रामप्रकाश शरण चौधरीले नगरपालिकाको फर्जी लेटर प्याड, छाप प्रयोग गरी नगर प्रमुखको नक्कली हस्ताक्षर गरी मलखाद लगिएको बताउनुभयो । आफ्नो कोटाअनुसार नगरले गरेको १७ गतेको सिफारिस लिएर पाँच दिनपछि शुक्रवार मल लिन कृषि सामग्री कम्पनी पुग्नुभएका मञ्जुश्री सहकारीका सञ्चालक सन्तोषकुमार साहलाई त्यहाँको कार्यालय प्रमुख सोनेलाल मुरमुरले खडकको कोटा सकिसकेकाले मल न...
कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा

कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा

विचार, समाचार, संस्कृति
तानसेन–१४, दुमैस्थित कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने पुरुष रिव्दीकोट–३, मालमुल बस्ने वर्ष ६७ का होमबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  मङ्सिर ५ गते घरमा केही जानकारी नदिइ खत्री बेपत्ता हुनुभएको थियो । खत्री बेपत्ता भएलगत्तै खोजी कार्य गरिएकोमा बिहीबार बेलुकी ४ बजेतिर कालीगण्डकी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । ...
कञ्चनपुरमा हत्या र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

कञ्चनपुरमा हत्या र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

विचार, समाचार, संस्कृति
कञ्चनपुरमा महिलाको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।  पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्र बहादुर सोव र सोही उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती छन्।उनीहरूमध्ये महेश डगौराले हत्या गरी सुनका गहना लुटेको प्रहरीले जनाएको छ। लक्ष्मण चौधरी र निरज भट्ट सुनका गहना बिक्री गर्ने तथा न्यू बर्दादेवी सुनचाँदी पसलका संचालक ईन्द्र बराल सुनार, न्यू दिया सुनचाँदी पस...

बल्खुमा ५ राउण्ड रबरको गोली र १५७ सेल अश्रुग्याँस प्रहार : प्रहरी

विचार, समाचार, संस्कृति
बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समूहले गरेको शक्ति प्रदर्शनमा झडप हुँदा प्रहरीले ५ राउण्ड रबरको गोली चलाएको छ । प्रदर्शनकारीसँग झडप हुँदा ५ राउण्ड रबर बुलेट प्रहार गरिएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताउनु भयको छ  । प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का समर्थक र प्रहरीको बिचमा बिहीबार दिउँसो बल्खु चोकमा दुईपटक झडप भएको थियो । झडपमा प्रहरीले १५७ सेल अश्रुग्याँस प्रहार गरेको छ । करिब १२ बजेतिर बल्खुबाट कुलेश्वर तर्फ आउन खोजेको भिडलाई रोक्न खोज्दा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ५ जना प्रहरी घाइते भएका एसएसपी मैनालीले जानकारी दिए । घाइते सुरक्षाकर्मीलाई उपचारका लागि प्रहरी अस्पतालमा भर्ना गरिएको छ । आन्दोलनकारी तर्फ २३ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जना आन्दोलनकारी उपचार पश्चात् ड...

पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई साढे चार महिना कैद

विचार, समाचार, संस्कृति
पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई आफ्नै वडाका वडा सदस्यलाई जातीय विभेद गरेको अभियोगमा  कैद र जरिवाना हुने फैसला भएको छ।  जिल्ला अदालत कास्कीले बिहीबार अधिकारीलाई तीन महिना कैद र ५० हजार जरिवाना हुने फैसला सुनाएको हो। सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था अनुसार अधिकारीलाई ५० प्रतिशत सजाय थप हुनेछ। आफूमाथि विभेद गरेको दाबी गर्दै पोखरा २४ की वडा सदस्य मैयाँ नेपालीले गत माघ ५ गते अधिकारीविरुद्ध उजुरी दर्ता गराउनुभएको थियो। जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन अनुसार तीन महिना कैद र ५० हजार जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो।  ०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुट्नुभएका अधिकारीलाई न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले यस्तो सजाय हुने फैसला सुनाएको हो। अब अध...

५ जना किशोरीहरु धनुषाको ढल्केबरमा फेला परे

विचार, समाचार, संस्कृति
महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान धनुषाको ढल्केबरमा फेला परेका छन् । उनीहरु बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन् ।...

भूकम्प पीडित को लागि नेकपा (एमाले) को राहत सामग्री वितरणको तयारी

विचार, समाचार, संस्कृति
जाजरकोटको भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई नेकपा (एमाले)ले राहत सामग्री वितरणको लागि तयारी गरेको छ । पार्टीको सामाजिक सेवा केन्द्रले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने तयारी गरेको हो । केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पको बिपत्तिमा परेकाहरूलाई सहयोग गर्नका केन्द्र अग्रसर भएको हो । केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी जाडोबाट पीडितलाई बचाउनका लागि कम्मल र टेन्ट पनि वितरण गर्न लागिएको दुगडले जानकारी दिए । दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङ लगायतका ठाउँमा खरिद गरिएको छ । पहिलो चरणको राहत सामग्री भोलिसम्म पीडितहरूसम्म पुर्‍याउने तयारी भएक...

जाजरकोटमा भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा

समाचार, संस्कृति
जाजरकोट I भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनामा क्षति पुगेपछि यति बेला खुला चौरमा सेवा सुरु गरिएको छ । दश शय्याको अस्पतालको रूपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो ।  गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताउनुभयो । भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उहाँको भनाइ छ । जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको उहाँले बताउनुभयो । भूकम्पको केन्द्रबिन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झन्डै चार किलोमिटरको दुरीमा पर्छ ।...
भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले सरकारले राहत दिने

भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले सरकारले राहत दिने

विचार, समाचार, संस्कृति
काठमाडौँ, कात्तिक १९ ।  जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले नेपाल सरकारले राहत दिने निर्णय गरेको छ ।  आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।...