त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालकाे लगातार दोस्रो जित, फाइनल नजिक
काठमाडौं, कात्तिक २ । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले बिहीबार हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ । विश्वकप टि–२० छनोटको तयारीअनुरुप यो शृङ्खला भइरहेको छ । नेपालले एक दिनअघि पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)लाई सात विकेटले पराजित गरेको थियो । यस नतिजासँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले अब शनिबार पुनः हङकङ र सोमबार युएइविरुद्ध खेल्नेछ । तीनै टिमले एकअर्काविरुद्ध दुई पटक खेलेपछि शीर्ष दुई टिमबीच अक्टोबर २७ मा फाइनल हुनेछ ।
मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टिम हङकङ १९.३ ओभरमा ९४ रनमै अलआउट भएको थियो । नेपालले सामान्य लक्ष्य १३.५ ओभरमा नै चार विकेटको क्षतिमा ९९ रन बनाएर हासिल गर्य ाे ।
कप्तान रोहितले छक्का प्रहार गरी खेल समाप्त पार्नुभयो । एक दिनअघि रोहितले युएइविरुद्धको खेलमा पनि विजयी चौकार प्रहार ग...




