Monday, June 15

खेलकुद

एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

#, खेलकुद, गतिविधि
काठमाडौं।  एनसीएमटी (NCMT) कलेज  द्वारा आयोजित दोस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ। दुइ दिने खेल  प्रतियोगितामा १४  वटा कलेजका बिभिन्न टिमहरुले सहभागिता जनाएका थिए। खेल प्रतियोगिता २०८१  साल फागुन ९ र १० गते  मनांग मर्स्याङ्दी फुटसल, गोंगबुमा  भएको थियो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै  ए आइ टि एम (AITM) कलेज , ललितपुर प्रथम, र टेक्सास (Texas) कलेज, चाबहिल दितीयको  उपाधि जित्न सफल भएको थियो । त्यसै गरि सरस्वती बहुमुखी क्याम्पस, ठमेलले तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोंगको प्रमुख अतिथ्यतामा उद्घाटन सहित  फाइनल खेलपछि प्रमाण पत्र तथा  पुरस्कार वितरण  समारोह सम्पन्न भएको  थियो। नृत्य तथा सांस्कृतिक क्रियाकलाप सहित आयोजित समाहरोहमा  विजेता टोलीलाई ट्रफी, प्रमाण पत्र तथा पुरस्कृत राशी प्रदान गरिएको थियो। सामाखुशी...
महिला टी–२० शृङ्खलामा नेपालको लगातार छैटौं हार : थाइल्याण्डले उचाल्यो उपाधि

महिला टी–२० शृङ्खलामा नेपालको लगातार छैटौं हार : थाइल्याण्डले उचाल्यो उपाधि

खेलकुद, समाचार
नेपालको घरेलु मैदानमा जारी महिला टी–२० शृङ्खलाको उपाधि थाइल्याण्डले जितेको छ। अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो। थाइल्याण्ड शृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्षस्थानमा रह्यो। यस्तै नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रह्यो। नेपाल भने प्रतियोगितामा अङ्कविहीन रह्यो। नेपाल आफ्ना सबै ६ खेलमा पराजित रह्यो। नेपालले आफ्नो अन्तिम खेलमा थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोज्नुभएको थियो। नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो। नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन ...
त्रिकोणात्मक टी-२०: थाइल्याण्डको सामना गर्दै नेपाल

त्रिकोणात्मक टी-२०: थाइल्याण्डको सामना गर्दै नेपाल

खेलकुद, समाचार
त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार नेपालले थाइल्याण्डसँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ। पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल शनिबार थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ। यसअघि शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सविरुद्ध जित हात पार्दै प्रतियोगितामा विजय शुरुवात गरेको थियो।...
पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, गुल्शनले लिए ५ विकेट

पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, गुल्शनले लिए ५ विकेट

खेलकुद
जय ट्रफी एलिट कप अन्तरगत जारी खेलमा नेपाल पुलिस क्लबविरुद्ध मधेश प्रदेश पहिलो इनिङमा १२९ रनमा समेटिएको छ ।पुलिसका गुल्शन झाले ५ विकेट लिएपछि मधेश सस्तोमा समेटिएको हो । मधेसका ओपनर मयन यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए पनि अन्य ब्याटरहरु चल्न सकेनन् । मयनले १०२ बलमा २ छक्का र ५ चौकासहित ५९ रन जोडेर आउट भए । नीरज यादवले २९ र अभिषेक शर्माले अविजित १७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । गुल्शनले १३ ओभरमा ४० रन खर्चिएर ५ विकेट लिए । दुई विकेट कुशल भुर्तेलको नाममा रह्यो भने ललित राजवंशी र श्रवण यादवले एक–एक विकेट बाँडे । ललितले १५।४ ओभर बलिङ गर्दा २२ रन मात्रै खर्चिए ।...
पुलिस र आर्मीको गोलरहित बराबरी

पुलिस र आर्मीको गोलरहित बराबरी

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको विभागीय डर्बीमा दुवै टोलीले पाएको अवसर गुमाएका थिए । पहिलो हाफमा पुलिसकी पूजा रानाको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवादको कारण खेल २५ मिनेट रोकिएको थियो ।...
टोखामा पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता

टोखामा पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता

खेलकुद, टोखा खबर
टोखामा यहि पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समिति काठमाडौं प्राविधिक सहयोग तथा समन्वयमा टोखा नगरपालिकाको आयोजनामा  हुने  दुइ दिन को खेल  टोखा-५ स्थित श्रीसमाज भवनमा हुनेछ  । आज टोखा नगरपालिकाको सभा हलमा गरिएको पत्रकार भेटघाटमा खेलबारे जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र उपप्रमुख शान्ति पाण्डे, तेक्वान्दो संघका बागमती प्रदेश अध्यक्ष केशव पुरीसहित भाष्कर श्रेष्ठ लगायतका पदाधिकारीहरु र टोखा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, खेलकुद संयोजक नरोतम राना लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा खेलबारे नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले प्...
जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई भव्य स्वागत

जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई भव्य स्वागत

खेलकुद, समाचार
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेर जनकपुर फर्किएको जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई महोत्तरी जिल्लाको मटिहानी र जलेश्वरमा भव्य स्वागत गरिएको छ । जनकपुरबाट ट्रफीसहित शनिबार महोत्तरीको पिपरा हुदै मटिहानी प्रवेश गरेका खेलाडीहरुलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले २५ किलोको मालासहित सम्मान र स्वागत गर्नुभएको हो । खेलाडीलाई हरेक ठाउँमा स्थानीयले सडकमा फुलमालासहित स्वागत गरेका थिए । जनकपुर बोल्ट्सका खेलाडीहरु अनिल साह, आसिफ शेख, ललित राजवंशी, क्यानका उपाध्यक्ष महोत्तरीको जलेश्वर निवासी रोशन कुमार सिंहलगायतका खेलाडी र टिमलाई स्वागत गरिएको हो । जनकपुर बोल्ट्सले पहिलो संस्करणको उपाधि पाएर मधेशको नाम उच्च बनाएको वताउनुहुँदै मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले यो सम्मान र स्वागत सम्पूर्ण नेपाली खेलाडीको भएको बताउनुभयो । उहाँले एनपिएलको खेल हु...
महिला खेलाडीको स्वास्थ्य समस्या मा सहयोग गर्छौ : मन्त्रि पौडेल

महिला खेलाडीको स्वास्थ्य समस्या मा सहयोग गर्छौ : मन्त्रि पौडेल

खेलकुद, गतिविधि
काठमाडौँ, कात्तिक १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । सोमबार खेलाडीको बन्द प्रशिक्षण स्थल पुगेर मन्त्री पौडेलले सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरुलाई बधाइ पनि दिनुभयो । मन्त्री पौडेलले त्यसक्रमा एन्फा पदाधिकारीहरु र खेलाडिसामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा नि:शुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । ‘‘तपाईंहरु उच्च मनोबलका साथ खेल पस्कनुहोला,’ उहाँलेले भने, ‘‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौँ ।’’ खेलाडीको हौसला बढाउँदै उहाँले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टिमका सबै खेलाडिहरुको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण...
महिला एशिया कपः आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै

महिला एशिया कपः आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै

खेलकुद, ताजा अपडेट, बिशेष
काठमाडौं- श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंकास्थित दाम्बुला स्टेडियममा हुनेछ । एक-एक खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले दुइ खेल जितिसकेको छ भने युएईले दुई खेलमा हार बेहोरेको छ । एकमा जित र एकमा हारसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलको यात्रा तय गर्न आजको खेलमा भारतलाई हराउनुपर्ने बाध्यता छ । समान अंक जोडेपनि नेपाल तेस्रो स्थानमा झरेकोले आफ्नो खेलको अतिरिक्त आजै हुने पाकिस्तान र युएईबीचको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजको सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जि...
रिकार्डो ले आत्मघाती गोल गर्दा इटली पराजित

रिकार्डो ले आत्मघाती गोल गर्दा इटली पराजित

*, खेलकुद, मनोरन्जन
आत्मघाती गोल हुदा स्पेनले युरो २०२४ मा इटलीलाई १-० ले पराजित गरेको छ । गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनाएको थियो र त्यही गोल स्पेनको जितमा निर्णायक बन्यो । समूह बी मा लगातार दोस्रो जित निकालेको स्पेन एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३-० ले पराजित गरेको थियो । इटलीको भने यो पहिलो हार हो । पहिलो खेलमा इटलीले अल्वानियालाई पराजित गरेको थियो । लगातार दुई जितपछि स्पेन ६ अंक जोडेर समूह बी को शीर्ष स्थानमा छ । हारपछि पनि इटली ३ अंकसहित दोस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । क्रोएसिया र अल्वानियाको दुई खेलबाट समान एक अंक छ । अब समूहको अन्तिम खेलमा स्पेनले अल्वानिया तथा इटलीले क्रोएसियासँग खेल्नेछ । स्पेन बाहेक बाँकी तीनवटै टोलीको नकआउटमा चरणमा पुग्ने सम्भावना बाँकी...