Sunday, June 14

खेलकुद

युरोपियन फुटबल प्रतियोगिता आजदेखि सुरु

युरोपियन फुटबल प्रतियोगिता आजदेखि सुरु

*, खेलकुद, मनोरन्जन
विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ । आयोजक जर्मनीले स्कटल्यान्डसँगको खेललगत्तै युरो कप प्रारम्भ हुने छ । विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला हो तर फुटबल विशेषज्ञहरू युरोपेली प्रतियोगितालाई विश्वकपभन्दा पनि प्राविधिक रूपमा उच्चस्तरको मान्छन् । युरोपेली टिमको खेलस्तर अन्य महादेशको भन्दा उच्च भएकाले यस्तो मानिएको हो । त्यसैले छनोट प्रतियोगितादेखि नै युरोपेली फुटबलको चर्चा हुने गर्दछ । युरो कप जर्मनीमा तेस्रो पटक आयोजना हुँदै छ । सन् १९८८ मा पश्चिम जर्मनीले पहिलो पटक युरो कपको आयोजना गरेको थियो । त्यसपछि सन् २०२० को संस्करणका केही खेल पनि जर्मनी आयोजक थियो । यसै गरी सन् २००६ मा जर्मनीले विश्वकप फुटबलको पनि आयोजना गरेको थियो ।...
टि-२० विश्वकपः क्यानडाद्वारा आयरल्याण्ड पराजित

टि-२० विश्वकपः क्यानडाद्वारा आयरल्याण्ड पराजित

खेलकुद
अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टि-२० विश्वकप क्रिकेटमा क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ । शुक्रबार राती भएको खेलमा टि-२० विश्वकप क्रिकेटमा एसोसिएट राष्ट्र क्यानडाले टेस्ट राष्ट्र आयरल्याण्डमाथि १२ रनको जीत निकालेको हो । टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके । उनले ३५ बलमा ३ चौका र २ छक्कासहित ४९ रन मात्र बनाउन सके । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए । पर्गत सिंहले १८ रन जोडे । आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २-२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १-१ विकेट लिए । जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर...
त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग खेल्दै।

त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग खेल्दै।

खेलकुद, समाचार
काठमाडौं- नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ । आयोजक हङकङ विरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ । यो खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार विहान सबा ११ बजे सुरु हुनेछ । हेड टु हेडका आधारमा पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा हङहङले २ खेल जितेको छ । नेपालले दोस्रो खेलमा पर्सि पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ । यसअघि हिजो भएको मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसग ७३ रनले पराजित भएको छ । टस जितेर पहिले बलिङ गरेको नेपाललाई हङकङले २ सय १३ रनको लक्ष्य दिएको थियो । नेपाली टोली भने १ सय ३९ रन मात्र बनाउन सक्यो । आगामी जेठमा हुने टि२० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो ।...
पाल्पामा राष्ट्रिय महिला भलिबल हुँदै

पाल्पामा राष्ट्रिय महिला भलिबल हुँदै

खेलकुद, मनोरन्जन, विचार, समाचार, संस्कृति
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी फागुन १८ गते देखि पाल्पामा हुने भएको छ । फागुन १८ देखि २४ गते सम्म जिल्लाको रामपुर नगरपालिकामा हुने भएको हो । जिल्ला भलिबल सङ्घ पाल्पाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको ७० प्रतिशत तयारी सकिएको जानकारी दिएको छ । सङ्घीयता कार्यान्वयन पश्चात् प्रदेशमा पहिलो पटक हुन लागेको प्रतियोगिता तयारीको कार्य तीव्र गतिमा भइरहेको जिल्ला भलिबल सङ्घ पाल्पाका अध्यक्ष राजु गुरुङले बताउनुभयो । उहाँले विभिन्न उपसमिति गठन गरी तयारीको कार्य चलिरहेको र ७० प्रतिशत कार्य सकिएको जानकारी दिनुभयो । खेल मैदान निर्माण, प्यारा फिट निर्माण भइरहेको उहाँले बताउनुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब गरी ३ विभागीय टिम र सात प्रदेशका टिम गरी १० टिमले प्रतिस्पर्धा गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्ट...
नेपाल र क्यानडा भिड्दै

नेपाल र क्यानडा भिड्दै

*, खेलकुद, विचार, समाचार
आजबाट नेपाल र क्यानडाबिच तीन एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारी स्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब  विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी

खेलकुद, मनोरन्जन, समाचार
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेशमाथि १२६ रनको फराकिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का सहित ११३ रन बनाए । ओपनर इमरान शेख २६ तथा अर्का ओपनर सन्तोष कार्की ४२ रनमा आउट भए । कुशल मल्ल र विवेक यादवले सामान ३७ रन बनाए । मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए । विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिए । आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.३ ओभरमा १९४ रनमा अलआउट भयो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए । उनले ३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । ओपनर मयन यादवले ३४ रन बनाए । अर्का ओपनर अनिल शाहले १२ रन बनाए । ...

नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान रुबिना प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

खेलकुद, विचार, समाचार
कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाउनुभएको थियो । उहाँले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाउनुभयो । नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान समेत रहनुभएकी रुबिनाले यस प्रतियोगितामा अलराउन्डर खेल प्रदर्शन गर्नुभयो । उहाँले १० खेलमा तीन अर्धशतकसहित कुल तीन सय ४५ रन बनाउनुका साथै ११ विकेट पनि लिनुभएको थियो । यस्तै उदीयमान खेलाडी ज्योत्स्निका मरासिनी, उत्कृष्ट ब्याटर सुमन खतिवडा र उत्कृष्ट बलर पूजा महतो चुनिनुभयो । व्यक्तिगत उत्कृष्टलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको हो । उपाधि विजेता टोली र खे...

डिफेन्डिङ च्याम्पियन काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा

खेलकुद, मनोरन्जन, विचार, समाचार
 डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । इमोह इजेकेलले ३६ ‍औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । पापा इबोउ केबेले हानेको प्रहार काठमाडौंका किपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा अनमार्क रहेका इमोहले गोल गरे । यस्तै ४४ ‍औं मिनेटमा पापा इबोउ केबेले रिबाउण्ड बललाई गोल गर्दै अग्रता २-० बनाए । यसैगरी ५२ औं मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० को अग्रता दिलाए । इमोहले निखिल कदमको फ्रिकिक सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए । ३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड पाउँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं झनै दबाबमा परेको थियो । ललितपुरले ए...
टोखामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

टोखामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

खेलकुद, टोखा खबर
स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा का साथ् टोखामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० को शुरुवात भएको छ । टोखा नगरपालिकाको आयोजनामा पांच दिन सम्म चल्ने प्रतियोगिताको आज फ्लोरोसेन्ट माध्यमिक विद्यालय,टोखा ८ को प्रांगणमा उद्घाटन भएको हो । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रने प्रतियोगिताको नगर प्रमुख प्रकाश अधिकारीले बिरुवामा पनि सिंचित गर्दै ओलम्पिक ल्याम्प प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।नगर प्रमुख प्रकाश अधिकारी को सभापतित्वमा भएको उद्घाटन समाहरोहमा नगरपालिकाका तर्फ बाट प्रशासकिय अधिकृत शेर बहादुर बि. सी., शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख बाबुराम गौतम लगायत नगरका जनप्रतिनिधिहरु साथै बिद्यालयका शिक्षक एबं विद्यार्थीहरुको उपस्थिति रहेको थियो । मंसिर ३० गतेबाट सुरु भएको प्रतियोगिता पुष ४ गते सम्म ...
चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लियो ललितपुर

चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लियो ललितपुर

खेलकुद, विचार, समाचार
नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटीले चितवन एफसीलाई हराएको छ र, शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित चितवनलाई ३–१ गोल अन्तरले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १९औं मिनेटमा पापा इबुकेबेको गोलबाट अग्रता लिएको थियो । गोलमा इमोह एजेकेल, दिनेश हेमजन र इबुकेबेबीच राम्रो तालमेल मिलेको थियो । एजेकेलले बायाँ भागबाट दिनेशलाई पास दिए । दिनेशले दिएको पासमा सिक्स यार्ड बक्समा रहेका इबुकेबेले वान टच गोल गरे ।...