Wednesday, June 3

पतंजली योग समिति र एसिया प्यासिफिकको संयुक्त तिज बिशेष कार्यक्रम सम्पन्न

काठमाडौं । पतंजली योग समिति नेपालको काठमान्डौ जिल्ला अन्तर्गतका महानगर र नगर समिति तथा एसिया प्यासिफिक स्कुल ⁄ कलेज को सयुक्त आयोजनामा आज तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

आउदै गरको तिजको अवसर पारेर गरिएको सो कार्यक्रमको प्रमुख अतिथि पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र रहनु भएको थियो भने अतिथिहरुमा केन्द्रीय सह प्रभारी ललित शंकर तथा महिला तर्फ केन्द्रीय सह प्रभारी अर्चना घिमिरेको उपस्थित रहेको थियो ।

यसै गरि कार्यक्रमका लागि अन्य अतिथिहरुमा पतंजली सेवा आश्रमका प्रमुख पुज्या साहानी देवकृपा ज्यु ,बागमती प्रदेश प्रमुख ग्रोबेन तौजले, महामन्त्री सुधा कोलोनी, जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल लगाएतको उपस्थिति रहेको थियो ।

एक हजार भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको तिज बिशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले योगा नै जीवनको अन्तिम सत्य भएको र सबैका लागि योगा अपरीहार्य रहेको बताएका छन् । यसै गरि योगाले तनावमुक्त जीवन जिउने र असत्यलाई सत्यतर्फ लैजाने माध्यम रुपमा काम गर्ने समेत बताएका छन् ।

धापासी स्थित एसिया प्यासिफिक कलेज को प्रांगण मा सम्पन्न भएको यस कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको कलेजका शैक्षिक निर्देशक राजन अधिकारी ले जानकारी दिनु भयो ।