Thursday, June 4

लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता सहित टोखाको १६ दिने अभियान सम्पन्न

टोखा नगरपालिकाले  लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नारा सहितको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान आज समापन गरेको छ ।लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता जनाउदै र ७५ औ मानव अधिकार दिवस मनाउदै  नगरपालिका ले  आज एक बिशेष कार्यक्रम का साथ १६ दिने अभियान सम्पन्न  गरेको  हो ।

 

बिबिध कार्यक्रमका साथ  नगरप्रमुख श्री प्रकाश अधिकारीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख श्री मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि.सी लगायत ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगरसभाका सदस्य, शाखा प्रमुख र सम्पुर्ण कर्मचारी, वडा सचिव एवं नगरपालिका भित्रका सरोकार संघ संस्थाका पदाधिकारीहरु साथै बालसञ्जालका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

नगरपालिका को सभाहल मा सम्पन्न  कार्यक्रमलाइ उद्घाटन गर्नुहुदै नगरप्रमुख अधिकारीले म कसैप्रति कुनै प्रकारको हिंसा गर्दिन, म हिंसा सहन्न, कसैले हिंसा गरेको देखेमा प्रतिकार गर्नेछु भन्ने वाक्य उच्चारण सहित प्रतिवद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्यमाथी प्रकाश पानु हुर्दै प्रमुख प्रशासकीय अधिकृत बि.सी ले लैङ्गिक हिंसा बिरुद्ध दिवसको औचित्यता र मानव अधिकार दिवसको शुभकामना सहित महिला विरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्य गर्ने र नगरपालिकाले चाडै नै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन जारी गर्न आवश्यक तयारी सुरु गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

१६ दिने अभियानको अन्तिम दिन र ७५ औ मानव अधिकार दिवस भएकाले बिबिध कार्यक्रम हरु भएका थिए  । जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला  संस्थाका प्रतिनिधीहरुका लागी कानूनी अनुशिक्षण तथा अन्तक्रिया आदि जस्ता क्रियाकलाप तथा  कार्यक्रमहरु  भएका थिए ।यसै गरि दिवसलाई मनाउने सन्दर्भमा प्रशिक्षक अधिवक्ता श्री सविन श्रेष्ठले लैङ्गिक हिंसा र मानव अधिकारको वारेमा प्रशिक्षण समेत दिनुभएको थियो । लैङ्गिक हिंसा र मानव अधिकार संरक्षणका लागी नगरपालिकाका हरेक व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकाय ऐक्यवद्धताका साथ अगाडी बढ्ने प्रतिबद्धता सहित यो दिवस सम्पन्न र अभियान समापन भएको टोखा नगरपालिका ले जनाएको छ ।

विश्वमा सन १९८० को दशकबाट नै लैंङ्गिक हिंसाको अन्त्यको लागी यो दिवस मनाउदै आएको पाइन्छ भने नेपाल लगाएत संसार भर NOV 25 देखि DEC 10 सम्म लैंगिक हिंसा विरुद्धको अभियान संचालन गर्ने गरिन्छ ।