Thursday, May 28

Author: टोखा खबर

अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : विश्वप्रकाश शर्मा

अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : विश्वप्रकाश शर्मा

समाचार
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अध्यादेशको कन्टेन्टको आधारमा बिरोध र समर्थन गर्नुपर्ने बताए । उनले कांग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गर्ने बताए । उनले भने,‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन । विधेयक हो भन्नेबित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन । अध्यादेश विगतमा हामीले बिरोध गरेका थियौँ, अहिले बोलेन भन्नेकुरा पनि छ । विगतमा नेपाली काँग्रेसले अध्यादेशको बिरोध गरेको उदाहरण पनि छ । नेपाली काँग्रेसले विपक्षमा रहेको बेलामा सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ । अध...
गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धबिच्छेदको मुद्दा

गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धबिच्छेदको मुद्दा

समाचार
गायिका एलिना चौहानले आफ्ना श्रीमान् विष्णु सापकोटा विरुद्ध सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी छन् । उनले शुक्रवार वारेस विष्णु खरेल मार्फत् जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी काठमाडौं जिल्ला अदालतका सुचना अधिकारी दिपक कुमार श्रेष्ठले बताएका छन् । ‘वारेस विष्णु खरेलमार्फत उहाँले पति विरुद्ध सम्बन्ध विच्छेदको मुद्धा हालेकी हुन् । अंश हकदावी भने गर्नुभएको छैन,’ सुचना अधिकारी श्रेष्ठले भने । सुचना अधिकारी श्रेष्ठका अनुसार अब गायिका चौहानका श्रीमान् विरुद्ध म्याद काट्ने काम हुनेछ । पतिले म्याद बुझेर त्यसको जवाफ दिएमा सोहीअनुसार प्रक्रिया अघि बढ्ने उनले बताए । एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो । सापकोटा भने अहिले अस्ट्रेलियामा छन् ।...
आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

समाचार
आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकी आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् । प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो । उनी विरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।...
विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव

विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव

समाचार
विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको छ ।  घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा करिब ५७ वर्षीय सर्जुक यादव रहेका छन् । मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर-५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएको हो डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलाघर विराटनगर आएकी थिइन् । चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमा राजकुमारी र बुबालालमोहन भारत फर्केका थिए । ५/६ दिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए । तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए । यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालि...
सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

समाचार, स्वास्थ्य
सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । नगरपालिकाले शुक्रबार गोडैता नगरपालिका–३, स्थित जनता माध्यमिक विद्यालय भगवतीपुरमा नगरभरका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई भेला पारेर साइकल वितरण गरेको हो । अत्यन्तै न्यून पारिश्रमिक लिएर गाउँघरमा स्वास्थ्य सेवा प्रवाह गर्न उच्च योगदान पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप नगरभित्र यसरी पहिलो पटक साइकल उपलब्ध गराइएको नगरप्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो । सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई पारिश्रमिक वापत मासिक एक हजार रुपियाँ दिँदै आएकोमा गोडैता नगरपालिकाले सो रकममा बपालिकाको तर्फबाट दुई हजार रुपियाँ थप गरेर उपलब्ध गराउँदै आएको छ । अधिकतम सुविधा लिएर पनि स्वास्थ्य सेवा प्रवाह गर्न निरन्तर परिचालित महिला स्वास्थ्य स्वयंसेविकालाई नगरप्रमुख यादव, उपप्रमुख अन्जना कुश...
शुक्रबार सुनको मूल्य बढेको छ

शुक्रबार सुनको मूल्य बढेको छ

अर्थ, समाचार
आज नेपाली बजारमा  सुनको मूल्य बढेको छ । सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ १८ गते शुक्रबार सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ । बिहीबार यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १ हजार ९१५ रुपैयाँ पुगेको छ । बिहीबार यो मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।...
एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका: शिक्षामन्त्री भट्टराई

एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका: शिक्षामन्त्री भट्टराई

स्वास्थ्य
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्। मन्त्री भट्टराईले विद्यालय केन्द्रित खोप केन्द्रबाट दिइने भएकाले लक्षित किशोरी सबैले आ–आफ्नो विद्यालय वा नजिकैको विद्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोधसमेत गरेकी छिन्। सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका सबै छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीलाई खोप अभियान सञ्चालन गर्दैछ। आगामी वर्षदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नियमित खोप सेवामा समावेश गदै कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइने सरकारको तयारी छ। नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सरबाट महिलाक...
आजदेखि संसद्को हिउँदे अधिवेशन  प्रारम्भ

आजदेखि संसद्को हिउँदे अधिवेशन प्रारम्भ

गतिविधि, ताजा अपडेट, समाचार
आजदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ हुँदै छ  । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् । संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैप...
काठमाडौंमा ल्होसारको रमझम

काठमाडौंमा ल्होसारको रमझम

गतिविधि, बिशेष, समाचार, संस्कृति
सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।...
अमेरिकामा  विमान दुर्घटना : १८ जनाको शव भेटियो, उद्दार कार्य जारी

अमेरिकामा विमान दुर्घटना : १८ जनाको शव भेटियो, उद्दार कार्य जारी

बिशेष, समाचार
अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । नदीमा खोजी तथा उद्धार कार्य जारी छ। स्थानीय समय अनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको घटनाको अनुसन्धान सुरु गरिएको छ । दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका छन्। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रकपनि रहेका छन् । रेग...