Thursday, June 11

गतिविधि

आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन सरकारको आग्रह

आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन सरकारको आग्रह

गतिविधि, बिशेष
सरकारले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन आग्रह गरेको छ। नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले यस्तो अनुरोध गरेको हो। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हाल विद्यार्थी भर्ना, एसईईको उत्तरपुस्तिका परीक्षण, र कक्षा १२ को राष्ट्रिय परीक्षा जस्ता महत्वपूर्ण शैक्षिक गतिविधि चलिरहेको अवस्थामा विरोध र प्रदर्शन स्थगन गर्न आग्रह गरेको छ। अभिभावक र विद्यार्थीको हितलाई ध्यानमा राख्दै सम्पूर्ण शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन अनुरोध गरिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे संसद् बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। साथै, सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा...
ताप्लेजुङमा सार्वजनिक बिदाको दिन पनि कार्यालय खुल्ने

ताप्लेजुङमा सार्वजनिक बिदाको दिन पनि कार्यालय खुल्ने

गतिविधि, समाचार
ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन कार्यालय खुलाउने र नियमित सेवा प्रवाह गर्ने कामको थालनी गरेका हुन् । यसअघि मालपोत कार्यालयले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्दैआएको थियो । यस्तै, केही दिनअघि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो । यो सँगै नापी कार्यालय ताप्लेजुङले पनि सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै २०८२ सालमा विभिन्न सार्वजनिक बिदाको दिन कार्यालय खुल्ने र नियमित सेवा प्रवाह गर्ने जानकारी गराएको छ । २०८२ सालभर अर्थात बैशाख १ गतेदेखि चैत मसान्तसम्मका विभिन्न सार्वजनिक बिदामा कार्यालय खुलाएर सेवा प्रवाह गर्नेजारी सूचनामा उल्लेख गरिएको छ । उँभौली ...
बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा ११ जना घाइते , दुईको अवस्था गम्भीर

बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा ११ जना घाइते , दुईको अवस्था गम्भीर

गतिविधि, समाचार
बागलुङ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । तमानखोलाको बोङ्गादोभान बजारदेखि कटेरीतर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको जिप सोमबार दिउँसो १ बजेतिर दुर्घटना हुँदा गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीय नवीन मल्ल गम्भीर घाइते भएको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिनुभयो । गम्भीर घाइते मुना विक र नवीन मल्ललाई थप उपचारको लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको डिएसपी यादवले जानकारी दिनुभयो । अन्य घाइतेहरूको हात खुट्टा, ढाडमा भित्री चोट, टाउकोमा चोट लागेको छ । मध्यम र सामान्य घाइतेहरूको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
बाढीले उदयपुरमा निर्माणाधिन पक्की पुल भत्कायो

बाढीले उदयपुरमा निर्माणाधिन पक्की पुल भत्कायो

गतिविधि, समाचार
विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधिन पक्की पुल भत्किएको छ। तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया–कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो। चैतमा यति ठूलो वर्षा भएर बाढीको अनुमान नगरिएकाले ठूलो भौतिक क्षति भएको निर्माणको जिम्मा लिएको सूर्या एण्ड सन प्रालिका प्रतिनिधि निमेष श्रेष्ठले बताउनुभयो। “स्थानीयले पनि चैतमा यत्रो पानी परेको थाहै थिएन भनेका छन्”, उहाँले भन्नुभयो, “अब यो सबै भत्काएर नयाँ बनाउनुपर्छ।” इलाका प्रहरी कार्यालय कटारीका प्रमुख उवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले प्रारम्भिक अनुमानमा रु दुई करोडको क्षति भएको जानकारी दिनुभयो। उहाँका अनुसार खहरेखोलामा पानी नभएको अवस्थामा निर्माण व्यवसायीले खोला थुनी टेको लगाएर ढलान गरेका थिए। वर्षापछि खहरेखोलाको बाढी थुनिएको जनाउँदै प्रनाउ बज...
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

गतिविधि, स्वास्थ्य
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अस्पताल आज यहाँ आयोजित १७औँ वार्षिक साधारण सभामा उहाँले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताउनुभयो । “सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले देशको स्वास्थ्य क्षेत्रको विकासमा बिपी स्मृति अस्पतालले गरेका कामको सराहना गर्नुभयो । पार्टीका नेता डा शेखर कोइरालाले संविधान संशोधनमा विलम्ब गर्न नहुने बताउनुभयो । “संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ”, उहाँले भन्नुभयो । एमालेसँगको सत्ता साझेदारी पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुप...
हरेक वर्ष चैत २८ गतेलाई ‘मोही दिवस’ का रूपमा मनाउने अभियानको शुभारम्भ

हरेक वर्ष चैत २८ गतेलाई ‘मोही दिवस’ का रूपमा मनाउने अभियानको शुभारम्भ

गतिविधि, स्वास्थ्य
नियमित मोही सेवनले स्वस्थ र ऊर्जावान् जीवन’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल डेरी एसोसिएसनले काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी हरेक वर्ष चैत २८ गतेलाई ‘मोही दिवस’ का रूपमा मनाउने घोषणा गरेको छ। यो अभियानको शुभारम्भ आजदेखि भएको हो। लामो समयदेखि परम्परागत दुग्धजन्य पदार्थहरू जस्तै मोही, दही, लस्सी र आइसक्रिमको प्रवर्द्धनमा सक्रिय रहेको यो एसोसिएसनले आफ्ना हरेक कार्यक्रममा कृत्रिम पेय पदार्थको सट्टा स्वदेशी उत्पादन मोहीलाई प्राथमिकता दिँदै आएको छ। पछिल्लो दुई वर्षयता अस्पताल, विद्यालय र सामुदायिक संस्थाहरूमा निःशुल्क मोही वितरणलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ। दरबारमार्गको एक क्याफेमा प्रत्येक शनिबार बिहान ७ देखि ११ बजेसम्म मोही वितरण गर्ने यो अभियानले हालसम्म करिब २ लाख व्यक्तिलाई २५ हजार लिटर मोही वितरण गरेको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए। उनले मोहीलाई प...
ल क्याम्पसमा चुनावको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता

ल क्याम्पसमा चुनावको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता

#, गतिविधि
नेपाल ल क्याम्पसमा चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कार्यतालिका रहेको भए पनि ल क्याम्पसमा मतदान हुन नसकेको भन्दै नेविसंघले चुनावको माग गर्दै रिट दर्ता गरेको हो। नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसका एकाई सभापति अधिवक्ता मोहम्मद माजीद प्रवेज, सचिव मनमोहन भट्ट एवं नेता रुपेश खनाल, सुशान्त पराजुली, आयुष भण्डारी एवं विधिशा मिश्रले क्याम्पस, निर्वाचन समिति एवं त्रिविको केन्द्रीय अनुगमन समितिलाई विपक्षी बनाई परमादेशको आदेश माग गर्दै रिट दायर गर्नुभएको हो । प्रशासनलाई पटकपटक जानकारी गराउँदा पनि निर्वाचन हुन नसकेकाले कानुनी उपचारको बाटो आफूहरूले रोजेको रिट निवेदकको भनाइ छ। त्रिवी संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी...
महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाइ अभियान हुने

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाइ अभियान हुने

गतिविधि, समाचार
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरू गठन गरेको छ । सोमवार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमितिका परिषद् सदस्य राजकुमार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए । फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाइको व्यवस्था समेत गरेको उनको भनाइ छ । उनले भने ‘२०८१ साल फागुन १४ गते बुधवार २६ फेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान् पर्व शिवरात्रि पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरूको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउनका लागि पशुपति क्षेत्...
देशभरि पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशभरि पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

गतिविधि, समाचार
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। रातिको समयमा पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य ठाउँहरूमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपात पर्न सक्ने सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमानअनुसार, कोशी, बागमती, र गण्डकी प्रदेश...
एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

#, खेलकुद, गतिविधि
काठमाडौं।  एनसीएमटी (NCMT) कलेज  द्वारा आयोजित दोस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ। दुइ दिने खेल  प्रतियोगितामा १४  वटा कलेजका बिभिन्न टिमहरुले सहभागिता जनाएका थिए। खेल प्रतियोगिता २०८१  साल फागुन ९ र १० गते  मनांग मर्स्याङ्दी फुटसल, गोंगबुमा  भएको थियो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै  ए आइ टि एम (AITM) कलेज , ललितपुर प्रथम, र टेक्सास (Texas) कलेज, चाबहिल दितीयको  उपाधि जित्न सफल भएको थियो । त्यसै गरि सरस्वती बहुमुखी क्याम्पस, ठमेलले तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोंगको प्रमुख अतिथ्यतामा उद्घाटन सहित  फाइनल खेलपछि प्रमाण पत्र तथा  पुरस्कार वितरण  समारोह सम्पन्न भएको  थियो। नृत्य तथा सांस्कृतिक क्रियाकलाप सहित आयोजित समाहरोहमा  विजेता टोलीलाई ट्रफी, प्रमाण पत्र तथा पुरस्कृत राशी प्रदान गरिएको थियो। सामाखुशी...