Monday, June 15

बिशेष

यस वर्षको  हिमाल आरोहणबाट हाल सम्म ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन

यस वर्षको हिमाल आरोहणबाट हाल सम्म ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन

बिशेष, समाचार
काठमाडौँ- यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन् । वसन्त...
नेपाल सूचनाको हकलाई मौलिक हकको रूपमा गर्ने दक्षिण एशियाकै पहिलो देश:राष्ट्रपति रामचन्द्र पौडेल

नेपाल सूचनाको हकलाई मौलिक हकको रूपमा गर्ने दक्षिण एशियाकै पहिलो देश:राष्ट्रपति रामचन्द्र पौडेल

बिशेष, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको  दक्षिण एशियाकै पहिलो देश भएको बताउनु भएको छ । राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवसको अवसरमा शीतल निवासमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले सूचना लोकतन्त्रको प्राणवायु भएको र सुसूचित समाजले मात्र लोकतन्त्रलाई जीवन्त बनाउने बताउनु भएको छ । नेपालको  संविधानको धारा २७ मार्फत सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । राष्ट्रपति पौडेलले नागरिकको करबाट सङ्कलित सार्वजनिक कोषको खर्च र सरकारका कामकारबाही नागरिकप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनु भएको छ । सूचनामा नागरिकको पहुँच सुनिश्चित नभएसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने र पारदर्शिता तथा जवाफदेहिता सहभागितामूलक लोकतन्त्रको आधार भएको उहाको भनाइ थियो। राष्ट्रपति पौडेलले राज्यको लगानीमा जनताको निगरानी नभए कुशासन मौलाउने, विधिको शासन अवरुद्ध ...
सरकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

सरकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

बिशेष
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन्। बिमा रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने उनले चेतावनी दिए। बिमा बोर्डले दाबी भुक्तानी छिट्टै फरफारक गर्ने र हालै ४ अर्ब भुक्तानी भइसकेको, बाँकी रकम चालु आर्थिक वर्षभित्र पठाउने उनले जानकारी दिए। सरकारले बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री पौडेलले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, सेना र प्रहरीको कल्याणकारी कोषलगायतका बिमा कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताए। बजेट अभावले कार्यक्रम सञ्चालनमा समस्या भएको स्वीकार गर्दै उनले गत वर्ष ७.५ अर्ब छुट्याइए पनि १ खर्ब आवश्यक रहेको र स्रोत व्यवस्थापनमा सरकार लागिरहेको बताए।...
राष्ट्रपति पौडेलले बैशाख १९ गते संघिय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष ८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपति पौडेलले बैशाख १९ गते संघिय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष ८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

बिशेष
काठमाडौँ- यही बैशाख १९ गते राष्ट्रपति राम चन्द्र पौडेलले  स‌ंघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।सभामुख देवाराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा बैशाख १९ गते दिउसो ३ बजे संघीय सदनको सम्युक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनु भएको हो । बैशाख १९ गते नै राष्ट्रपति पौडेलले संघीय सदनको संयुक्त बैठमा सरकारका तर्फबाट सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम समेत  रहेको छ ।।...
आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइदै

आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइदै

बिशेष
काठमाडौँ ।‘स्वास्थ्य र सुरक्षामा क्रान्तिः काममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको भूमिका’ भन्ने नाराका आज विश्व दिवस मनाइँदैछ । २८ अप्रिलका दिन हरेक बर्ष  श्रम र सुरक्षा अन्तर्गत  कार्य स्थलमा श्रमिकको  सुरक्षा र स्वास्थ्यको बिशेष ख्याल गरिनु  पर्छ भन्ने अबधारणा अनुसार यो दिवस  मनाइने गरिन्छ  । सन् २००३ मा विश्व श्रम सङ्गठन (आईएलओ)को आह्वानमा कार्यस्थलमा हुनसक्ने दुर्घटना तथा रोगको रोकथाममा जोड दिने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । यो दिवस विश्व श्रम सङ्गठनको व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी विश्व रणनीतिको एक हिस्सा हो । कार्यस्थलको सुरक्षा र स्वास्थ्यलाई कसरी सुनिश्चित गर्ने भन्नेबारे जनचेतना फैलाउने र यस विषयलाई राजनीतिक प्राथमिकता ल्याउने महत्त्पूर्ण उपकरणका रुपमा विश्व सुरक्षा तथा स्वास्थ्य दिवसलाई प्रयोग गरिन्छ । आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (एआई...
तीनकुने घटनामा काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी छाडिएका भन्ने समाचार सत्य नभयको प्रहरीको दाबी

तीनकुने घटनामा काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी छाडिएका भन्ने समाचार सत्य नभयको प्रहरीको दाबी

बिशेष, समाचार
काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । प्रहरीले त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ । प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद राजेन्द्र लिंङ्देनले चैत्र १५ गते काठमाडौँको प्रदशर्नमा भाटभटेनी सुपरमार्केट लुट्ने मध्ये एक जना काँग्रस सहमहामन्त्रीको छोरा भएको भनेपछि यो विषयले संसददेख...
आज बिहान सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन

आज बिहान सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन

बिशेष, समाचार
काठमाडौँ। सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको छ। बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले र नेपाल शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षकहरू सहभागी हुनुहुन्थ्यो । बैठकपछि अध्यक्ष सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति भएको बताउनुभयो ।तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।...
भोलिदेखि तीन दिन देशका विभिन्न भागहरूमा वर्षा हुने सम्भावना

भोलिदेखि तीन दिन देशका विभिन्न भागहरूमा वर्षा हुने सम्भावना

बिशेष
भोलिदेखि देशका विभिन्न भागहरूमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक/दुई दिन हल्कादेखि मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबारदेखि देशका अधिकांश स्थानहरूमा पानी पर्ने सम्भावना छ । ‘अबको तीन दिन देशभर विभिन्न ठाउँमा वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘अहिले गहुँ, मुसुरो जस्ता बाली काट्ने समय भएकाले कृषकहरूले मौसम जानकारी लिएर मात्र बाली भित्र्याउनुपर्छ ।’ कोशी प्रदेशमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले त्यहाँ विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको जानकारी छ । महाशाखाले बेमौसमी वर्षाले कृषि उत्पादनमा असर पर्न सक्ने भन्दै किसान, यातायात सेवा र जनसाधारणलाई आवश्यक सावधा...
आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन सरकारको आग्रह

आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन सरकारको आग्रह

गतिविधि, बिशेष
सरकारले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन आग्रह गरेको छ। नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले यस्तो अनुरोध गरेको हो। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हाल विद्यार्थी भर्ना, एसईईको उत्तरपुस्तिका परीक्षण, र कक्षा १२ को राष्ट्रिय परीक्षा जस्ता महत्वपूर्ण शैक्षिक गतिविधि चलिरहेको अवस्थामा विरोध र प्रदर्शन स्थगन गर्न आग्रह गरेको छ। अभिभावक र विद्यार्थीको हितलाई ध्यानमा राख्दै सम्पूर्ण शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्कन अनुरोध गरिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे संसद् बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। साथै, सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा...
भूमि सम्बन्धी कानुन चाँडै आउने :प्रधानमन्त्री ओली

भूमि सम्बन्धी कानुन चाँडै आउने :प्रधानमन्त्री ओली

बिशेष
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूमि सम्बन्धी कानुन चाँडै आउने बताउनुभएको छ। शनिबार झापाको दमकमा कोशी प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। भूमिको समस्याका कारण धेरै समस्याहरू रहेको उल्लेख गर्दै केही समयभित्र नै भूमिका सम्बन्धी कानुन आउने उल्लेख गर्नुभयो। ‘‘भूमिहीन सुकुम्वासीको समस्या सामधान गर्नका लागि यो सरकार कटिबद्ध छ’’, उहाँले भन्नुभयो। अब आउने संसद अधिवेशनको शुरुवातमा नै भूमि सम्बन्धीको कानुन आउने प्रधानमन्त्री ओलीले दाबी गर्नु भयो। यसैगरी प्रधानमन्त्री ओलीले कोशी प्रदेश र मूलकमा नै आधुनिक कृषि प्रणालीमा जोड दिएर उत्पादन बढाउन लाग्नु पर्नेमा जोड दिनुभयो। निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर अब उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह पनि गर्नु भयो। हामी परम्परागत खेतीप्रणालीबाट माथि उठ्न सक्दैनौ, उहाँल...