Thursday, June 11

संस्कृति

गोरखामा भीरबाट लडेर एक बृद्धको मृत्यु

गोरखामा भीरबाट लडेर एक बृद्धको मृत्यु

समाचार, संस्कृति
 भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका –७ पाँचखुवा देउराली घर भएका ८५ बर्षीय अमरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार गुरुङ घरनजिकको भीरबाट १०० मिटर तल खसेर गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते गुरुङलाई तत्काल उपचारका लागि चितवनको  भरतपुर लगिएको थियो । उपचारको क्रममा सोमबार बेलुका अस्पतालले उहाँलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ...

गोरु चराउन गएका चन्द्रबहादुर राना मृत अवस्थामा फेला

समाचार, संस्कृति
स्याङ्जाको विरुवा गाउँपालिका –२ का चन्द्रबहादुर राना मृत अवस्थामा फेला पर्नुभएको छ । विहीवार गोरु चराउन जानुभएका ३९ बर्षीय राना स्थानीय मौवाघारी जंगलमा मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ । रानाले चराउन लगेका गोरु साँझ घरमा फर्केर आएको तर उहाँ घर नआएपछि खोजीगर्दा शुक्रवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।...

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

मनोरन्जन, विचार, समाचार, संस्कृति
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् । घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
टोखा नगरपालिका वडा १ नं.को आयोजनामा बृहद सरसफाइ कार्यक्रम सम्पन्न

टोखा नगरपालिका वडा १ नं.को आयोजनामा बृहद सरसफाइ कार्यक्रम सम्पन्न

टोखा खबर, संस्कृति
टोखा नगरपालिका वडा १ नं.को कार्यालय द्वारा  आयोजनामा गरिएको बृहद सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, स्वास्थ्य स्वयंसेविका  तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। शुक्रबार बिहान गरिएको सरसफाइ कार्यक्रम टोखा नगरपालिका वडा १ नं  मा रहेका मन्दिरहरु  गुप्तेस्वर,देविस्थान,नारायणेश्वर र गौतमेश्वर मन्दिर क्षेत्रमा सरसफाइ गरिएको हो । स्थानीय पर्यटन प्रवर्द्धन तथा ब्यबस्थापन गर्न, सास्कृतिक सम्पदाहरुको सरक्षण र संवर्द्वन गर्न तथा पर्यावरणीय बातावरण स्वच्छ र सफा राख्नका निमित्त उक्त कार्यक्रम आयोजना गरियको जानकारी गराउनु भयको छ भने मन्दिर परिसरमा डस्टविन समेत राखिएको छ ।    ...

कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, एक जना घाइते

मनोरन्जन, विचार, समाचार, संस्कृति
कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-२ की ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।...

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

समाचार, संस्कृति
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका-२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ का ३५ वर्षीय हिक्मतबहादुर रोकाया बडिमालिका–२ भौनेराका अन्दाजी ३७ वर्षीय देवराज जोशी बडिमालिका– १ का ३६ वर्षीय चन्द्र दानी र बडिमालिका–२ जुगाडाकी २६ वर्षीया करिष्मा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चालक हिक्मत रोकायाले चलाएको सु.प्र ०१००२ त ४१०५ ट्याक्टर लु ४ त ७३०५ को ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिनुभयो। केही वर्ष पहिला त्यसै ठाउँमा जिप पल्टिदा चार जनाको ज्यान गएको थियो।...

काठमाडौँमा सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनमा ५० नगर प्रहरी परिचालन

विचार, समाचार, संस्कृति
काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ । बुधवार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । तर, काठमाडौं महानगरपालिकाले चालेको यो कदमप्रति व्यवसायी भने असन्तुष्ट देखिएका छन् । बजार नभएको यो अवस्थामा महानगरले चालेको कदमले नेपालकै अर्थतन्त्रमा प्रभाव पर्ने कतिपय व्यापारीहरूको भनाई छ...
सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

विचार, समाचार, संस्कृति
अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१  नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा  अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको  प्रदेश ३( ०१( ००५ ख ९७०३ नम्बरको डिब्बा गाडीमा  ठक्कर  खाई दुर्घटना भएको हो । सवारी दुर्घटनामा संलग्न डिब्बा गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...
सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

मनोरन्जन, विचार, समाचार, संस्कृति
जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेस्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजन हुने गर्छ । आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ ।  अपराह्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको...

लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता सहित टोखाको १६ दिने अभियान सम्पन्न

कृषि, टोखा खबर, संस्कृति
टोखा नगरपालिकाले  लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नारा सहितको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान आज समापन गरेको छ ।लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता जनाउदै र ७५ औ मानव अधिकार दिवस मनाउदै  नगरपालिका ले  आज एक बिशेष कार्यक्रम का साथ १६ दिने अभियान सम्पन्न  गरेको  हो ।   बिबिध कार्यक्रमका साथ  नगरप्रमुख श्री प्रकाश अधिकारीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख श्री मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि.सी लगायत ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगरसभाका सदस्य, शाखा प्रमुख र सम्पुर्ण कर्मचारी, वडा सचिव एवं नगरपालिका भित्रका सरोकार संघ संस्थाका पदाधिकारीहरु साथै बालसञ्जालका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । नगरपालिका को सभाहल मा सम्पन्न  कार्यक्रमलाइ उद्घाटन गर्नुहुदै नगरप्रमुख अधिकारीले म कस...