Monday, June 15

संस्कृति

कर्णाली प्रदेश सरकार आज शोक मनाउने, दश करोड रुपैया विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय

विचार, संस्कृति
सुर्खेत, कात्तिक १९ । कर्णाली प्रदेश सरकारले आज (आइतबार) भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ । सबैलाई सार्वजनिक रूपमा शोक बनाउन आव्हान गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । शुक्रवार राती गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु हुनुका साथै दुई सयभन्दा बढी घाइते भएका छन् । त्यसै गरी कर्णाली प्रदेश सरकारले भूकम्प पीडितहरूको राहत र उद्धारका लागि प्रदेश विपद् व्यवस्थापन कोषमा दश करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले तत्काल राहत र उद्धारका लागि विपद् व्यवस्थापन कोषमा १० करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । भूकम्पबाट प्रभावित स्थानीय तहलाई तत्काल राहत र उद्धारका लागि स्थानीय तहले खर्च गर्ने गरी अवस्था हेरेर पाँचद...
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

मनोरन्जन, विचार, समाचार, संस्कृति
१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए । भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई राहत रकमको विषयमा सोधिएको प्रश्नमा भने उनले स्पष्ट जानकारी दिएनन् । ‘पहिले तीन लाख रुपैयाँ दिइएको थियो । त्यसलाई थप गर्ने प्रस्ताव छ । तर टुंगो लागिसकेको छैन,’ उनले भने । विभिन्न देशहरुले भूकम्प पीडितहरुलाई सहयोग गर्न खोजेको भन्दै उनले कस्तो खालको सहयोग लिने भनेर सरकारले मापदण्ड बनाउने बताए ।...

राष्ट्रपति पौडेलबाट पलान्चोक भगवतीको दर्शन

विचार, समाचार, संस्कृति
राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेको पाँचखालस्थित पलान्चोक भगवतीको पूजा गरेका छन् । उनी महाअष्टमीको दिन बिहानै श्रीमती सवितासँगै पाँचखाल पुगेका थिए । बडादशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–९ बुच्चाकोटस्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् ईस्वी संवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ ।...

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

मनोरन्जन, विचार, समाचार, संस्कृति
राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्प ६.१ म्याग्नेच्यूडको भएको जनाएको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो। खरी र मैदी जोडिएका गाउँ हुन्। भूकम्पको गहिराइ १३ किलोमिटर मापन भएको छ। त्यसकारण पनि शक्तिशाली झट्का महसुस भएको अधिकारीले बताए। भूकम्पको काठमाडौंलगायत आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको छ। भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। यसअघि युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्रले धादिङको मैदी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको जनाएको थियो। पछिल्लो केही समय यता बझाङ केन्द्रविन्दु भएर भूकम्प गइरहेको थियो।...
तारकेश्वोर स्काउटमा कुनै राजनैतिक गन्ध आउन दिने छैन -दामोदर बस्नेत

तारकेश्वोर स्काउटमा कुनै राजनैतिक गन्ध आउन दिने छैन -दामोदर बस्नेत

संस्कृति
तारकेश्वोर नगर स्काउटका संयोजक दामोदर बस्नेतले तारकेश्वोर स्काउटमा कुनै राजनैतिक गन्ध आउन नदिने बताउनु भयो । तारकेश्वोर नगर स्काउटले शनिबार तारकेश्वोर-२ मा रहेको ग्रीनहिल्स एकेडेमीमा एक भब्य समारोह बीच हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावाली, छठ पर्व २०८० तथा नेपाल सम्वत् ११४४(न्यू दँया भिन्तुना) को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिदै बस्नेतले तारकेश्वोरलाई देशकै उत्कृष्ट स्थानीय तह बनाउने प्रण गर्नु भयो । साथै सबैलाई सयपत्रीको माला जस्तै समेटेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । तारकेश्वोर भरिका सम्पुर्ण विद्यालयका स्काउट मास्टरको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्पुर्ण उपस्थित स्काउट तथा अन्य अतिथिहरुले एक आपसमा शुभकामना साटासाट गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वोर वडा नं.२ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले स्काउटहरु...
आज देखि सरकार द्वारा चाडपर्वलक्षित सहुलियत पसल संचालन

आज देखि सरकार द्वारा चाडपर्वलक्षित सहुलियत पसल संचालन

विचार, समाचार, संस्कृति
काठमाडौँ, असोज २१  । सरकार द्वारा आज देखि उपत्यकासँगै बाहिरी जिल्लामा चाडपर्वलक्षित सहुलियत पसल संचालन हुदै छन् ।  चाडपर्वमा उपभोक्तालाई राहत दिन विभिन्न जिल्लामा सहुुलियत पसल सञ्चालन हुन लागेको  हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट  ट्रेडिङ   कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन हुन लागेका हुन् ।  सहुलियत पसलमा दैनिक उपभोग्य खाद्यान्न छुटको व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँतिहार, छठ पर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गर्न लागिएको उहाँले बताउनुभ...
करदातालाई सम्मान गर्दै  टोखा नगरपालिकामा प्रथम कर सप्ताहको  समापन

करदातालाई सम्मान गर्दै टोखा नगरपालिकामा प्रथम कर सप्ताहको समापन

कृषि, संस्कृति
२० असोज, काठमाडौं । टोखा को विकास र समृद्धि को आधार ,दिगो र फराकिलो स्थानीय कराधार भन्ने मूल नारा का साथ् शुरु भएको प्रथम कर सप्ताह कर दाता लाइ सम्मान गर्दै समापन भएको छ । कर शिक्षा र जागरण सम्बन्धि साताव्यापी विविध कार्यक्रमको साथ् असोज १४ बाट शुरु भएको कर सप्ताह आज समापन भएको हो । टोखा नगरपालिका को सभा हल मा सम्पन्न समापन समाहरोह मा आर्थिक वर्ष २०७९/८० मा सबै भन्दा बढी कर तिर्ने टोखा नगरपालिकाका करदाताहरु लाइ सम्मान गरिएको थियो ।कर दाताहरु लाइ प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सन्तोष वुढाथोकी, अतिथिहरु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी  रविन्द्र आचार्य,जिल्ला समन्वय समितिका राजकुमार बिडारी, टोखाका नगर प्रमुख र उपप्रमुखबाट सम्मानपत्र का साथै  प्रमुख प्रशासकिय अधिकृतबाट दोसल्ला ओडाएर सम्मान गरिएको थियो । जस अनुसार टोखा नगरपालिका ले आर्थिक वर्ष २०७९/८० मा २३ ...
पतंजली योग समिति र एसिया प्यासिफिकको संयुक्त तिज बिशेष कार्यक्रम सम्पन्न

पतंजली योग समिति र एसिया प्यासिफिकको संयुक्त तिज बिशेष कार्यक्रम सम्पन्न

संस्कृति
काठमाडौं । पतंजली योग समिति नेपालको काठमान्डौ जिल्ला अन्तर्गतका महानगर र नगर समिति तथा एसिया प्यासिफिक स्कुल ⁄ कलेज को सयुक्त आयोजनामा आज तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । आउदै गरको तिजको अवसर पारेर गरिएको सो कार्यक्रमको प्रमुख अतिथि पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र रहनु भएको थियो भने अतिथिहरुमा केन्द्रीय सह प्रभारी ललित शंकर तथा महिला तर्फ केन्द्रीय सह प्रभारी अर्चना घिमिरेको उपस्थित रहेको थियो । यसै गरि कार्यक्रमका लागि अन्य अतिथिहरुमा पतंजली सेवा आश्रमका प्रमुख पुज्या साहानी देवकृपा ज्यु ,बागमती प्रदेश प्रमुख ग्रोबेन तौजले, महामन्त्री सुधा कोलोनी, जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल लगाएतको उपस्थिति रहेको थियो । एक हजार भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको तिज बिशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले योगा नै जीवनको अन्तिम सत्य भएको र सबैका लागि योगा अपरी...

ललितपुरको बालकुमारीमा सुरु भएको नेकपा एसको केन्द्रीय कमिटीको बैठक

मनोरन्जन, विचार, समाचार, संस्कृति
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुन सकेको छैन । पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुङ्गो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवम् घटनाक्रमका साथै सङ्गठनको पुनः गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेद...

SEE उत्तिर्ण विधार्थीलाइ टोखा वडा नं एक ले गर्यो सम्मान

कृषि, संस्कृति
वडा बाट SEE परिक्षा उत्तिर्ण हुने विधार्थीहरुलाइ टोखा न पा वडा एक ले आज एक कार्यक्रम का साथ  सम्मान गरेको छ । २०७९ साल को SEE परिक्षा मा उत्तिर्ण हुने विधार्थीहरुलाइ वडा एक स्थित श्री वौंडेश्वर माध्यमिक विधालय मा आयोजित सम्मान कार्यक्रम बाट  सम्मान गरिएको थियो ।   वडा अध्यक्ष श्री रमेश कुमार लामिछाने ज्यू को अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख श्री प्रकाश अधिकारी ज्यू को प्रमुख आतिथ्यता तथा उप-प्रमुख श्री मुरारी तामाङ ज्यू को विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा  साबिक झोर महाँकाल हाल टोखा वडा एक  का सामुदायिक तथा संस्थागत विधालयबाट SEE परिक्षा उत्तिर्ण हुने विधार्थीलाइ सम्मान गरिएको थियो ।  कार्यक्रममा नगरपालिकाका अन्य जनप्रतिनिधिज्यूहरु लगाएत  विभिन्न राजनितिक दलका प्रतिनिधीज्यूहरु, सामुदायिक तथा संस्थागत विधालयका प्रधानाध्यापक ज्यूहरु तथा अन्य शिक्षकहर...