Thursday, June 11

बुढानिलकण्ठ १ को आयोजनामा ‘EFS Fight Night 6’ प्रतियोगिता आयोजना हुने

बुढानिलकण्ठ नगरपालिका वडा नं. १ को आयोजनामा  ‘EFS Fight Night 6’ प्रतियोगिता आयोजना हुने भएको छ। WBC मोई  थाई नेपालको  सहकार्यमा हुने यो कार्यक्रम आगामी बैशाख २८ गते Lemon Tree Premier, बुढानिलकण्ठ-१ मा हुनेछ।

कार्यक्रममा मोई  थाई , बक्सिङ्ग तथा प्रि-एक्सपर्ट स्तरका गरी जम्मा १५ वटा प्रतिस्पर्धात्मक फाइटहरू समावेश हुने छन्। त्यसमा ३ वटा प्रोफेसनल मोई  थाई, ३ वटा प्रोफेसनल बक्सिङ्ग तथा ९ वटा प्रि-एक्सपर्ट मुवा थाई नियमअनुसारका फाइटहरू हुने जनाइएको छ।

यस प्रतियोगिताको मुख्य आकर्षणको रूपमा महिला सुपर फ्लाईवेट डिभिजन अन्तर्गत राष्ट्रिय उपाधिका लागि रजिना बिष्ट र अफ्सरा तामाङबीचको प्रतिस्पर्धा रहनेछ। यो फाइटले महिलाको आत्मबल अभिवृद्धि गर्नुका साथै नेपालमा महिला खेलाडीको प्रतिनिधित्वलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।

यस प्रतियोगिताको अपरेशनल पार्टनरको रूपमा 977 Athletic Department, प्रसारण पार्टनर PSN, होस्पिटालिटी पार्टनर Lemon Tree Premier र मेडिकल पार्टनर विराजु रहेका छन्। फुड पार्टनरमा नेवा गोल्फु छे रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बुढानिलकण्ठ वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्र लामाले यो कार्यक्रम वडा तथा सम्पूर्ण नगरपालिकाका लागि गौरवको विषय भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *