
काठमाडौं उपत्यका लागएत देशका विभिन्न पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त पश्चिमी बायु तथा स्थानीय वायुको प्रभावका कारण वर्षा भइ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसै अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
देशका हिमाली एवम् पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ ।त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ ।
देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
