Thursday, May 28

काठमाडौं निर्वाचन क्षेत्र-५ मा विभिन्न पेशामा आबद्ध व्यक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा  प्रवेश

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा आयोजित एक कार्यक्रमबाट विभिन्न पेशामा आबद्ध ७० भन्दा बढी व्यक्ति  नेकपामा  प्रवेश गरेका छन् । आज बसुन्धरा स्थित सेफ हस्पिटालिटीमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका थिए।

आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रमबाट प्रवेश गर्ने नवप्रवेशीहरूमा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, वकिल सबिना वाग्ले, नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय संयोजक जीवन हमाल लगायतका जेंजी युवा तथा व्यक्तिहरू रहेका थिए ।

नेकपा काठमाडौं ५ ले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले पार्टी प्रवेश गरेका सबैलाई बधाई दिँदै पार्टीभित्र उनीहरूको क्षमता र योगदानअनुसार उचित जिम्मेवारी प्रदान गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन । उनले नवप्रवेशीको नयाँ ऊर्जा र अनुभवले पार्टीलाई थप सशक्त बनाउनेमा आफु बिश्वस्त रहेको समेत बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फ बाट कल्पना शर्मा उम्मेदवार रहेकी छन् । कार्यक्रममा बोल्दै आफ्नो जीवन जनताको सेवामा समर्पित रहेको बताउँदै सधैं जनताको सुख-दुःखको पक्षमा आवाज उठाउँदै आएको र आगामी दिनमा पनि निरन्तर सेवामा लागि रहने प्रतिबद्धता जनाइन्। उनले यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण, बाटोघाटोको समस्या र सुकुम्बासी समस्या समाधानका लागि संसदमा गम्भीरतापूर्वक उठाउने बताइन् ।

भिडियो लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *