Monday, June 1

६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताए।

उनले भने, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ। केही केन्द्रमा मतदान जारी रहेको आएका छन्। छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।’
मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने बताए। १५ जिल्लाको विभिन्न ६१ ठाउँमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *