Thursday, May 28

टोखा न पा – १ मा टोल स्तरीय फुटबल प्रतियोगिता को शुरुवात

टोखा न पा -१ (साविक झोर महांकाल) का खेलाडीहरु का बीच भुतखेल चौर टोखामा टोल स्तरीय फुटबल प्रतियोगिता सुरुवात भएको छ ।टोखा नगरपालिका १ को आयोजना  र लालबारी युवा समूहको सह आयोजनामा आज देखि भुतखेल चौरमा फुटबल प्रतियोगिताको शुभारम्भ भएको हो ।

खेल सहित आज भएको प्रतियोगिता को उद्घाटन सत्र मा प्रमुख अतिथि को रुपमा नगर प्रमुख प्रकाश अधिकारी, बिशेष अतिथि को रुपमा जिल्ला समन्वय समिति का राजकुमार बिडारी र वडा ७ का वडा अध्यक्ष नरोत्तम राना लगाएत अन्य खेल प्रेमी महानुभाब हरु को उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्नु हुदै नगर प्रमुख प्रकाश अधिकारीले खेल भनेको खेलाडी को बिकाश संगै राष्ट्रको शान र पहिचान रहेको कुरा बताउनु भयो साथै आगामी दिनमा नगर स्तरीय तवर बाटै पहल गरि खेल र खेल मैदान ब्यबस्थित गराउने समेत प्रतिबद्दता जनाउनु भयो ।

यसै गरि वडा १ का वडाध्यक्ष रमेश लामिछाने र वडा ७ का वडाध्यक्ष नरोत्तम रानाले वडा १ मै खेल मैदान बनाउन को लागि सहयोग गर्ने बताउनु भयो ।

आज भएको प्रथम दिनको खेलमा आयोजक टिम लालबरी युवा समूह  (साविक वडा नं ८) र झोर महांकाल टिम (साविक वडा नं ६)  बीच भएको पहिलो खेल गोल रहित बराबरी भएको छ भने दोश्रो खेल मा  बौडु  गाउँ (साविक वडा नं १) र दुलाल गाउँ (साविक वडा नं ७)  बीच भएको खेलमा दुलाल गाउँ को तर्फ बाट कुशल दुलालले बौडू गाउँ लाइ १ गोल हानि दुलाल गाउँ लाइ अग्रता दिलाएका छन् ।

 भोलि को पहिलो खेल बिडारी गाउँ (साविक वडा नं ५) र मालुंग (साविक वडा नं ३) बीच हुने छ र दोश्रो खेल लामिछाने गाउँ (साविक वडा नं ९) र फुलबारी गाउँ (साविक वडा नं २) बीच हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *