Wednesday, June 3

टोखा न पा – १ को टोल स्तरीय फुटबल प्रतियोगितामा ( साविक वडा -६ )झोर बिजयी

टोखा नगरपालिका. वडा नं १ को आयोजना र लालबारी युवा समुहको सह-आयोजनामा असोज १७ गते देखि सञ्चालन भएको टोखा-१ झोरको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी साविक वडा ६ झोरले चुमेको छ ।

टोखा-३ भुत खेल चौरमा सम्पन्न प्रतियोगितामा साविक वडा ४ (जहाँनीया गाउँ र गैरीगाउ) लाई ३-१ ले पराजित गर्दै साविक वडा ६ झोर बिजेता बनेको हो । खेलको २९ औ मिनेटमा साविक वडा ६ झोरका आदर्श लामाले पहिलो गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा टुङ्गिएको खेलको दोस्रो हाफको ४४ औ मिनेटमा आत्मघाती गोल भएपछी साविक वडा ६ झोरले अग्रता दोब्बर बनाएको थियो । खेलको ५९ औ मिनेटमा पुन आदर्श लामाले टिमको लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । खेलको अन्तिम समयतिर साविक वडा ४ का अनिल अधिकारीले १ गोल फर्काउनु भएको थियो ।

प्रतियोगितामा कुल ३ गोल गरेका आदर्श लामाले गोल्डन बुटको उपाधी हासिल गरे भने बेस्ट प्लेयरको उपाधी साविक वडा २ का डिफेन्डर सागर डङ्गोल र बेस्ट किपरको उपाधी साविक वडा ६ झोरका गोल रक्षक सोनाम तामाङ्ले प्राप्त गर्नु भएको छ।

टोखा नगरपालिका. वडा नं १ को आयोजना र लालबारी युवा समुहको सह-आयोजनामा संचालन भएको यस खेल मा प्रमुख अतिथि को रुपमा ( टोखा नगरपालिका उप प्रमुख ) मुरारी तामांङ्ग र बिशिस्ट अतिथि को रुपमा ( टोखा नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत ) शेर बहादुर बि.सि ले मेडल ,ट्रफी र पुरस्कार वितरण गर्नु भयो ।

प्रतियोगितामा साविक झोर महाँकाल गा. बि. स. को साविक वडाहरु १ देखि ९ सम्मका ९ वटा टिमहरु सहभागी भएका थिए । ग्रुप A र ग्रुप B गरि दुई समुहमा बिभाजन गरिएको टिममा ग्रुप A मा साविक वडाहरु ४,६,७,८ र १ को टिम रहेका थिए भने ग्रुप B मा साविक वडाहरु ९,३,२ र ५ को टिम रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *