
वडा बाट SEE परिक्षा उत्तिर्ण हुने विधार्थीहरुलाइ टोखा न पा वडा एक ले आज एक कार्यक्रम का साथ सम्मान गरेको छ । २०७९ साल को SEE परिक्षा मा उत्तिर्ण हुने विधार्थीहरुलाइ वडा एक स्थित श्री वौंडेश्वर माध्यमिक विधालय मा आयोजित सम्मान कार्यक्रम बाट सम्मान गरिएको थियो । 
वडा अध्यक्ष श्री रमेश कुमार लामिछाने ज्यू को अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख श्री प्रकाश अधिकारी ज्यू को प्रमुख आतिथ्यता तथा उप-प्रमुख श्री मुरारी तामाङ ज्यू को विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा साबिक झोर महाँकाल हाल टोखा वडा एक का सामुदायिक तथा संस्थागत विधालयबाट SEE परिक्षा उत्तिर्ण हुने विधार्थीलाइ सम्मान गरिएको थियो । 

कार्यक्रममा नगरपालिकाका अन्य जनप्रतिनिधिज्यूहरु लगाएत विभिन्न राजनितिक दलका प्रतिनिधीज्यूहरु, सामुदायिक तथा संस्थागत विधालयका प्रधानाध्यापक ज्यूहरु तथा अन्य शिक्षकहरु, साथै सम्पुर्ण SEE उत्तिर्ण विधार्थीहरु एबं वडा कार्यालयका कर्मचारीहरु र अन्य सामाजिक व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।


