तेस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न
एनसीएमटी (NCMT) कलेज द्वारा आयोजित तेस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ। पौष १३ गते देखि १५ गते सम्म संचालन भयको प्रतियोगितामा १९ वटा कलेजका बिभिन्न टिमहरुले सहभागिता जनाएका थिए।
खेल प्रतियोगिता २०८२ साल पौष १३ गते देखि १५ गते सम्म मनांग मर्स्याङ्दी फुटसल, गोंगबुमा भएको थियो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विजेता सरस्वती मल्टिपल क्याम्पस तथा उपविजेता दोस्रो थेम्स कलेज ,तेस्रो टेक्सास कलेज भएका छन् ।पुरस्कार राशि १ लाख प्रथम,५० हजार दोस्रो र २५ हजार तेस्रो हुने टोलीलाई कलेज प्रशासनका तर्फबाट प्रिन्सिपल डा. अरूण ठाकुर र भाईस प्रिन्सिपल बिकास विडारिले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो।
सामाखुशी-३ काठमान्डौमा रहेको आयोजक नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स प्रा लि (NCMT College) ले भविष्यमा पनि यस्ता प्रतियोगितालाई निर...









