Wednesday, December 17

कृषि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

कृषि, गतिविधि, समाचार
इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ । उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित किसान नगरपालिका–९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताउनुभयो । विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको अर्का किसान माधव थापाले बताउनुभयो । उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र सङ्घ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा जोड दिनुभयो । नगरपालिका...
आजको  कालीमाटी फलफूल र तरकारी विकास समितिको थोक मूल्य

आजको कालीमाटी फलफूल र तरकारी विकास समितिको थोक मूल्य

कृषि
बिभिन्न कृषि उपजहरुको आज  कालीमाटी फलफूल र तरकारी विकास समितिले बिक्रि गर्ने  थोक मूल्य निम्न अनुसार रहेको छ । यो मूल्य अधिकतम थोक मूल्यको रूपमा तय गरिएको छ । तरकारी गोलभेँडा (ठूलो, भारतीय) – रु ६० प्रति किलोग्राम गोलभेँडा (सानो, तराई) – रु २० प्रति किलोग्राम आलु (रातो) – रु ३७ प्रति किलोग्राम आलु (भारतीय, रातो) – रु ३४ प्रति किलोग्राम प्याज (सुकेको, भारतीय) – रु ६५ प्रति किलोग्राम गाजर (लोकल) – रु ४० प्रति किलोग्राम गाजर (तराई) – रु ३० प्रति किलोग्राम बन्दा (लोकल) – रु १५ प्रति किलोग्राम बन्दा (तराई) – रु १२ प्रति किलोग्राम बन्दा (नरिवल) – रु १२ प्रति किलोग्राम काउली (स्थानीय) – रु १५ प्रति किलोग्राम काउली (ज्यापु) – रु २० प्रति किलोग्राम काउली (तराई) – रु १५ प्रति किलोग्राम मूला (रातो) – रु ३० प्रति किलोग्राम मूला (सेतो, लोकल) – रु २० प्रति किलोग्राम सेतो मूला (हाइब्रि...
गभारो किराको प्रकोपले रौतहटका मकै किसान चिन्तामा

गभारो किराको प्रकोपले रौतहटका मकै किसान चिन्तामा

कृषि
मकै बालीमा गभारो किराको प्रकोपले रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा रहेका  छन् । व्यवसायिकरुपमा गरिएको मकै खेतिमा गभारो किरा लागेपछि बाली नै सखाप पार्ने हो कि भन्ने डरले किसान चिन्तित भएका हुन् । विशेष गरी जिल्लाको उत्तरी क्षेत्र चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, वृन्दावन नगरपालिकाका किसानले व्यवसायिकरुपमा मकै खेति गर्दै आएका छन् । हाल चन्द्रपुर पालिकाको वडा नम्बर १, ८, ९ र १० मा गभारोको प्रकोप अधिक देखिएको छ । यसैगरी वृन्दावन नपाको विश्रामपुर र बलेरी क्षेत्र, गुजरा नपाको जङ्गलसहिया, मैरा, भवानीपुर, र फतुवा विजयपुरको हिमालीबास, विजयपुर, रामदाशी लगायतको क्षेत्रमा गभारोको प्रकोप अधिक रहेको सम्बन्धित पालिकाका किसानको गुनासो छ । नगदेबालीकैरुपमा मकैको खेति गरिन्छ । किसानले अधिक उत्पादन हुने विभिन्न जातका ‘हाइब्रिड’ मकै लगाउने गरेका छन् । आधुनिकतबरले खेति गरिने हुँदा मकै प्रति कठ्ठा दु...
किबी खेति प्रति कृषकको बढ्दो आकर्षण

किबी खेति प्रति कृषकको बढ्दो आकर्षण

कृषि
गलकोट (बागलुङ)। एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ । गत वर्ष पाँच सय केजी किबी बजार पठाउनुभएका उहाँको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ । किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको कँडेलको भनाइ छ । उहाँजस्ता सयौँ किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन् । प्रतिकेजी रु तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । “सुरुमा बढी मेहनत लाग्छ किबीमा २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो, अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य क...
नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

कृषि, ताजा अपडेट, समाचार
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच मङ्गलबार यहाँ द्विपक्षीय वार्ता भएको छ । उहाँहरूबिच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसम्बन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवम् आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो । वार्तामा नेपाल तर्फबाट मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरूको सहभागी रहेको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ । मन्त्री डा. राणाले नेप...
टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन

टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन

कृषि, टोखा खबर, संस्कृति
१० असार, काठमाडौं । टोखा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन गरेको छ । नगरसभाको पन्ध्रौ अधिवेशन अन्तर्गत दोश्रो बैठकमा नगर उपप्रमुख मुरारी तामांग ले संविधानको धारा २३० वमोजिम आज सो बजेट प्रस्तुत गर्नु भएको हो । नगरपालिकाको सभाहलमा सभाध्यक्ष नगर प्रमुख प्रकाश अधिकारी ,प्रशासकीय अधिकृत शेर बहादुर बि सी र नगरसभा सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा उपप्रमुख तामांगले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाको कूल विनियोजित बजेट रु. १ अर्व ७0 करोड मध्ये चालु तर्फ रु ६६ करोड २७ लाख ६0 हजार  (३८.९९ प्रतिशत) र पुजीगत तर्फ रु १ अर्ब ३ करोड ७२ लाख ४० हजार ( ६१.०१ प्रतिशत) रकम बिनियोजन गरेको  छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागि संघीय सरकारवाट प्राप्त हुने वित्तीय हस...
सूर्यविनायकमा विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि  प्रशिक्षण सम्पन्न

सूर्यविनायकमा विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि प्रशिक्षण सम्पन्न

कृषि, स्वास्थ्य
काठमाडौँ । सूर्यविनायक नगरपालिका, वडा ७ द्धरा “विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि दुईदिने प्रशिक्षण सम्पन्न भएको छ । वडा अन्तर्गत स्थानीय महिला समुहलाई सो तालिम आयोजना गरिएको थियो । सूर्यविनायक नगरपालिका ७ र संवाहिका समाज नेपालको सहकार्यमा विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी जेठ ११ र १२ गते सूर्यविनायक नगरपालिका, वडा ७ गुण्डु स्थित सभाहलमा सञ्चालन गरिएको थियो । पूर्वमन्त्री महेश बस्नेतले स्थानीय महिला समुहलाई लक्ष्यित गरी आयोजित तालिमले स्वच्छ र सन्तुलित खाना बनाएर परिवारको स्वास्थ्य सुरक्षा गर्न महिला सक्षम बनाउने बताए । उनले,“विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रूपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकोले सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ तर विषाधिको प्रयोग बढेको, पानी समेत दुषित भएको अवस्थामा विषाध...
सहकारीको ठगी प्रकरण संसदीय छानबिन समितिको टीओआरमा सहमति खोज्दै

सहकारीको ठगी प्रकरण संसदीय छानबिन समितिको टीओआरमा सहमति खोज्दै

कृषि, समाचार
काठमाडौँ- सहकारीको ठगी प्रकरणमा गठन हुने संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्गो लगाउन गठित कार्यदलको बैठक छलफल भएको छ । सिंहदरवारमा जारी बैठकमा नेपाली काँग्रेसले प्रस्ताव गरेको नयाँ विकल्पका बारेमा छलफल भएको बताइएको छ । संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम नराखे गोर्खा मिडिया नेटवर्क र उसले ऋण लिएका सूर्यदर्शन, सुप्रीम लगायतका सहकारीको नाम राखेर ति सहकारीहरुमाथिको छानबिनलाई समितिको क्षेत्राधिकर भित्र पार्नु पर्ने प्रस्ताव काँग्रेसले गरेको छ । कार्यदल तहमा भएको छलफलको निष्कर्ष सहित हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीनदलका नेताहरुको बैठक पनि बसेको थियो । कार्यदलको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत संलग्न भएको भनिएका सहकारीको छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ । गृहमन्त्री संलग्न सहकारीबाट गोर्खा म...
५ दिने अनलाइन तथा मोबाइल पत्रकारिता तालिम समापन

५ दिने अनलाइन तथा मोबाइल पत्रकारिता तालिम समापन

कृषि, प्रबिधी, मनोरन्जन, समाचार
मंगलबारदेखि काभ्रेको धुलिखेलमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको अनलाइन तथा मोबाइल पत्रकारिता (मोजो) तालिम आज समापन भएको छ । सञ्चार र प्रविधिको विकासले फट्को मारिसकेको अवस्थामा बागमती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता विकास गर्न अबको पत्रकारिताले सञ्चार प्रविधिको प्रयोग र गुणस्तरमा विकास गर्ने उद्धेश्यका साथ यो  तालिमको  आयोजना गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती  प्रसाद  सापकोटाले पत्रकारहरुलाई विषयमा केन्द्रित भएर पत्रिकारता गर्न आग्रह गर्दै सहरमुखि नभएर ग्रामीण परिवेशमुखि पत्रकारिता गर्न आवश्यक रहेको बताए । प्रादेशिक संरचनाले राष्ट्रिय  आवश्यताको काम गर्न सकिदो रहेछ भन्ने उदाहरण बागमती प्रदेश र सरकारले देखाउन सकेको बताउदै उनले अनलाईन र मोबाइल पत्रकारिता तालिमको आयोजना गरेको बताए । आगामि दिनमा अब प्राप्त ज्ञानलाई विकास गर्न अर्को...
पाँच दिने माेजो र अनलाइन पत्रकारिता तालिम सुरु

पाँच दिने माेजो र अनलाइन पत्रकारिता तालिम सुरु

कृषि, प्रबिधी, समाचार
धुलिखेल / सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा आज मंगलबार देखि पाँच दिने मोबाइल पत्रकारिता र अनलाईन पत्रकारिता तालिम शुरू भएको छ । मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेश का २२ जना र अनलाइन पत्रकारिता २० जना पत्रकारहरुको सहभागिता रहेको छ। सहभागी मध्य १२ जना महिला पत्रकार छन् । मोबाइल पत्रकारितामा सहभागीहरुलाई प्रशिक्षक विकास कार्की र रामु सापकोटा तथा अनलाइन पत्रकारिता तालिमका लागि उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षण दिँदै छन् । विगत ४ वर्ष देखि नै विभिन्न किसिमको तालिम दिँदै आएको सञ्चार रजिष्ट्रारको कार्यालयले चालू आर्थिक वर्षमा तथ्याङ्क पत्रकारिता, चलचित्र पटकथा लेखन, अनलाइन तथा मोबाइल पत्रकारिता, रेडियो प्राविधिक ,चलचित्र पत्रकारिता लगायतका तालिम सम्पन्न गरीसकेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिए। हाल सञ्चालित तालिम लिएपछि अनलाइन र मोबाईलको प्रयोग...