Wednesday, December 10

संस्कृति

आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु, रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइयो

आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु, रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइयो

समाचार, संस्कृति
ललितपुर, वैशाख १८ । ललितपुरमा आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा हिजो बुधबार सुरु भएको हो। पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ। आज बिहीबारबाट तान्न सुरु गरिएको  रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइएको छ । गावहाल सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङमती पुर्‍याइन्छ । पुल्चोकमा ६० फिट अग्लो रथ निर्माण गरेर मच्छिन्द्रनाथलाई विराजमान गराइ ललितपुरको नगर परिक्रमा गराइन्छ। रथयात्रा प...
बसन्त पंचमी : महत्वका आयामहरु 

बसन्त पंचमी : महत्वका आयामहरु 

संस्कृति
वसन्त पञ्चमी र श्री पंचमी  एकै दिनका नाम हुन् । सरस्वती पूजा गरिने दिन भएकाले यो अझै महत्वको दिनको रुपमा  रहेको छ । ऋतुहरुको राजाको रुपमा  वसन्तलाइ मनिन्छ। वसन्तको सुरुवात हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिन सबैको लागि विशेष दिन मानिन्छ। बसन्त पंचमी हिन्दू पंचांग अनुसार माघ महिनाको शुक्ल पक्षको पाँचौं दिन मनाइने एक महत्वपूर्ण चाड हो। यो दिन विद्या, कला, संगीत र सृजनात्मकताको देवी सरस्वतीको पूजा गर्ने दिनको रूपमा मनाइन्छ। बसन्त पंचमीले बसन्त ऋतुको आगमनलाई पनि संकेत गर्छ, जुन प्रकृतिमा नयाँ जीवन र उत्साह ल्याउने समय हो। यस दिनलाई विभिन्न सांस्कृतिक, धार्मिक, वैज्ञानिक र ज्योतिषीय दृष्टिकोणबाट हेर्न सकिन्छ। सांस्कृतिक महत्व बसन्त पंचमी संस्कृति र परम्पराको दिन हो। यो दिन विद्यार्थी, कलाकार, लेखक, र संगीतकारहरूले आफ्नो सृजनात्मकता र ज्ञानको आशीर्वाद पाउन देवी सरस्व...
काठमाडौंमा ल्होसारको रमझम

काठमाडौंमा ल्होसारको रमझम

गतिविधि, बिशेष, समाचार, संस्कृति
सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।...
पौराणिक र सांस्कृतिक पर्व: तिहार

पौराणिक र सांस्कृतिक पर्व: तिहार

गतिविधि, संस्कृति
नेपालमा वैदिक सनातन वर्णाश्रम धर्मका अनुयायीले वर्षभरि धेरै धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाउने गर्छन् । वेदमा विभिन्न ऋतुमा अनुष्ठान गरिने वैदिक यज्ञहरूको विधान पाइन्छ । तिनको विस्तृत वर्णन ब्राह्मणग्रन्थमा र श्रौतसूत्रहरूमा गरिएको छ । पुराणहरूमा चाहिँ विभिन्न ऋतुमा मनाइने चाडपर्वको वर्णन छ । वैदिक यज्ञको अनुष्ठान गर्न जस्तो धेरै अध्ययन, ठुलो ज्ञान, निष्ठा र सामग्री चाडपर्व मनाउन आवश्यक पर्दैनन् । त्यसैले चाडपर्व सर्वसाधारण व्यक्तिका पनि रुचिका विषय हुन् । नेपालमा मनाइने चाडपर्वमध्ये केही वेदमूलक चाडपर्व पनि छन् भने धेरै जसो पौराणिक चाडपर्व देखिन्छन् । यहाँ प्रचलित चाडपर्वमध्ये जनैपूर्णिमा वैदिक ज्ञान र सदाचरणसित सम्बद्ध छ । त्यसै गरी नवरात्र र विजयादशमी शक्तिको आराधनासित सम्बद्ध छ । तिहार वा दीपावली धनधान्यको समृद्धिसित विशेष रूपले सम्बद्ध छ भने होली चाहिँ मनोरञ्जनसित सम्बद्ध छ । यस...
बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

गतिविधि, समाचार, संस्कृति
सुनसरीको विभिन्न स्थानमा रहेको शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ । साउन महिनाको पहिलो सोमबारबाट सुरु भएको भगवान शिवको पुजापाठ तथा सोमबार उपवास बस्नेहरुले नदी तथा जलासयबाट जल ल्याएर अर्पण गर्ने गरि बोलबम सुरु भएको छ । जिल्लामा बोलबम सुरु भएपछि सोमबार सप्तकोशी नदीको चतरा, राजाबास र कोशी व्यारेज क्षेत्रमा जल भर्नेहरुको भिड लागेको छ । हजारौंको सङ्ख्यामा बोलबम जाने भक्तजनहरुले स्थान गर्ने र जल लिएर आ आफ्नो क्षेत्रको शिवालयमा जानेहरु एकसाथ आएकाले कोशी नदीमा जल भर्नेहरुको भिड बढेको हो ।सप्तरीको बलुवा सहितको क्षेत्र र सुनसरीको भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकाको रामनगरभुटाहा विशाल मिथलेश्वर बाबाधाममा जल अपर्ण गर्नका लागि बोलबमका भक्तजनहरु एकसाथ कोशी नदीमा आएकाले जल भर्नेहरुको भिड बढेको कोशी ८ भाण्टाबारीका देवराज यादवले जानकारी दिनुभयो । त्यसैगरी इनरुवा ९ बबियाको शिव शक्ती मन्दिर र...
भब्य रुपमा मनायो टोखा नगरपालिका ले २१औं राष्ट्रिय धान दिवस

भब्य रुपमा मनायो टोखा नगरपालिका ले २१औं राष्ट्रिय धान दिवस

टोखा खबर, संस्कृति
टोखा नगरपालिका ले २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सब भब्य रुपमा मनाएको छ । टोखा नगरपालिका कृषी विकास शाखाको आयोजनामा टोखा नगरपालिका वडा ०२ अवस्थित आरानडोलमा २१ औं राष्ट्रिय धान दिवस भब्य रुपमा मनाएको हो । उक्त कार्यक्रमा टोखा नगरपालिका का नगर प्रमुख श्री प्रकाश अधिकारी, नगर- उप प्रमुख श्री मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, विभिन्न वडाका वडा अध्यक्ष , जनप्रतिनिधि ज्यूहरु, कृषक समूहका पदाधिकारीहरु, विभिन्न राजनितिक दलका प्रतिनिधी को  सहभागिता रहको थियो  ।  नेपालले वि. सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ। आज भएको यस रोपाइँ  कार्यक्रममा स्थानीय ...
कक्षा ११ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुल्ला

कक्षा ११ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुल्ला

प्रबिधी, समाचार, संस्कृति
आज काठमाडौं महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।  शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको हो । सूचना अनुसार चैत २०८० मा सञ्चालित एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुले १५ असारदेखि २९ गतेसम्म महानगरपालिकाको वेबसाइट अथवा इन्ट्रान्स डटकाठमान्डु डट जीओभी डट एनपी मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, कानुन विषयका लागि ४ साउन बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्ति परीक्षा सञ्चालन हुनेछ ।...
टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन

टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन

कृषि, टोखा खबर, संस्कृति
१० असार, काठमाडौं । टोखा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन गरेको छ । नगरसभाको पन्ध्रौ अधिवेशन अन्तर्गत दोश्रो बैठकमा नगर उपप्रमुख मुरारी तामांग ले संविधानको धारा २३० वमोजिम आज सो बजेट प्रस्तुत गर्नु भएको हो । नगरपालिकाको सभाहलमा सभाध्यक्ष नगर प्रमुख प्रकाश अधिकारी ,प्रशासकीय अधिकृत शेर बहादुर बि सी र नगरसभा सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा उपप्रमुख तामांगले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाको कूल विनियोजित बजेट रु. १ अर्व ७0 करोड मध्ये चालु तर्फ रु ६६ करोड २७ लाख ६0 हजार  (३८.९९ प्रतिशत) र पुजीगत तर्फ रु १ अर्ब ३ करोड ७२ लाख ४० हजार ( ६१.०१ प्रतिशत) रकम बिनियोजन गरेको  छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागि संघीय सरकारवाट प्राप्त हुने वित्तीय हस...
देशका ६ वटै महानगरपालिकाको आगामी आर्थिक बर्षका लागि  नीति, कार्यक्रम र वजेट सार्वजनिक

देशका ६ वटै महानगरपालिकाको आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम र वजेट सार्वजनिक

मनोरन्जन, समाचार, संस्कृति
काठमाडौँ- देशका ६ वटै महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र वजेट सार्वजनिक गरेका छन् । महानगरपलिकाहरुमा सबैभन्दा ठुलो आकारको वजेट काठमाण्डौ महानगरपालिकाले ल्याएको छ भने वीरगञ्ज महनगरपालिकाले चालु आर्थिक बर्षको भन्दा वजेटको आकार खुम्च्याएर ल्याएको छ । कानुनी व्यवस्था अनुसार देशका ६ वटै महानगरपलिकाले सोमबार आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गरेका हुन् । देशकै ठुलो काठमाण्डौ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२को लागि लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने, समाजिक सदभाव र एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने र स्वरोजगार बनाइ विदेशीने दर घटाउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर काठमाण्डौले बजेट ल्याएको छ । बजेटमा ११ वटा मह...
निरन्तर विष्णुमति सरसफाई अभियान सातौ हप्तामा

निरन्तर विष्णुमति सरसफाई अभियान सातौ हप्तामा

टोखा खबर, मनोरन्जन, संस्कृति
टोखा नगरपालिका द्वारा संचालित  विष्णुमति सरसफाई  महाअभियान सातौ  हप्तामा सम्पन्न भएको छ  । हरेक शनिबार संचालन हुने सरसफाई अभियान आज  पनि  नगरपालिकाको ग्रान्डी टावर नजिक फलामे पुल आसपास विष्णुमति नदि सरसफाई गरि सम्पन्न भएको हो । कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउन टोखा नगरपालिकाले  हरेक शनिबार विष्णुमति नदि सरसफाई गरदै आएको छ । सरसफाई अभियानमा नगरपालिकाका कर्मचारी तथा पदाधिकारी, वडाका जनप्रतिनिधिहरु, पूर्वजनप्रतिनिधिहरु,नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी साहित्य क्षेत्रका व्यक्तिहरु  र   विभिन्न संघ संस्था तथा  स्थानीय नगरबासीहरुको  उपस्थिति एबं सहभागिता रहेको छ  । यो सरसफाईको महाअभियानमा  विभिन्न क्लव तथा फोहोर संकलन गर्ने  संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै  आएको छ । नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान शुभारम्भ गरेको थियो ।...