Thursday, October 22

समाचार

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी,आज सम्म राहत कोषमा  १६ अर्ब १५ करोड जुट्यो

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी,आज सम्म राहत कोषमा १६ अर्ब १५ करोड जुट्यो

समाचार
काठमाडौँ, असोज १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोषमा हालसम्म मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपियाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ५ लाख ९९ हजार ७२९ रुपियाँ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।...
वैज्ञानिक र विधिसम्मत आधारमा लोककल्याणकारी विज्ञापनको दर निर्धारण गरिएको सञ्चारमन्त्रीको दावी

वैज्ञानिक र विधिसम्मत आधारमा लोककल्याणकारी विज्ञापनको दर निर्धारण गरिएको सञ्चारमन्त्रीको दावी

समाचार
काठमाडौँ, असोज १४ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिकालाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक, वस्तुनिष्ठ र विधिसम्मत आधारमा निर्धारण गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले लोककल्याणकारी विज्ञापनको दर निर्धारण गर्दा विद्यमान दररेट, पत्रपत्रिकाको वर्गीकरण, विज्ञापन प्रकाशनको सङ्ख्या तथा महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनलाई आधार बनाइएको बताउनुभयो । मन्त्री डा. तिमिल्सिनाका अनुसार लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत राष्ट्रियस्तरको ‘क’ वर्गका पत्रपत्रिकाका लागि हाल कायम रहेको मासिक ३५ हजार २०० रुपियाँलाई आधार दर मानिएको छ । यसअघि कायम रहेको ३५ हजार २१९ रुपियाँको दरलाई ३५ हजार २०० रुपियाँ कायम गरी अनुपातमा रहेको असमानता सच्याउँदै २० प्रतिशतको अनुपात कायम गरिएको उ...
कर वा दस्तुर बुझाएकै आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको हुन नसक्ने सर्वोच्चको व्याख्या

कर वा दस्तुर बुझाएकै आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको हुन नसक्ने सर्वोच्चको व्याख्या

समाचार
काठमाडौँ, असोज १४ गते । सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ । संविधान र कानुनले निर्धारण गरेको प्रक्रियाबाट जग्गाधनी पुर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्याख्या छ । बृजनन्दन ठाकुर बडहीविरुद्ध महोत्तरीको गौशाला नगरपालिकासमेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरेको हो । सर्वोच्चले भोगचलन र कानुनी भोगाधिकार फरक विषय भएको फैसलामा उल्लेख गरेको छ । सार्वजनिक जग्गामा लामो समयसम्म कसैले भोगचलन गर्दै आए पनि त्यसैका आधारमा कानुनी भोगाधिकार स्वतः सिर्जना नहुने अदालतको व्याख्या छ । फैसलामा भनिएको छ, “तत्कालीन नगर पञ्चायतले समेत सरकारको स्वीकृतिबिना बिटौरी जग्गा वितरण गर्ने अधिकार नरहेकोमा वर्तमान परिवर्तित अवस्थामा स्थानीय ...
बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो

बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो

समाचार, स्थानीय
बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको अविरल वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । विपद्मा परी एक जना अझै बेपत्ता छन् । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा मानवीय क्षति भएको हो । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंका अनुसार पहिरोमा परी ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको हो । पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् । यसअघि शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए । यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थि...
विदेशी विश्वविद्यालयसँग सम्बन्धनका शैक्षिक कार्यक्रमबारे तथ्यका आधारमा बहस गर्न आइप्यानको आग्रह

विदेशी विश्वविद्यालयसँग सम्बन्धनका शैक्षिक कार्यक्रमबारे तथ्यका आधारमा बहस गर्न आइप्यानको आग्रह

शिक्षा, समाचार
काठमाडौं । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले जनाएको छ । संस्थाको वैधानिकता वा शिक्षाको गुणस्तरमाथि प्रश्न उठाउँदा प्रचलित कानुनमा रहेको व्यवस्था, शिक्षण संस्था तथा कार्यक्रमको स्वीकृति र विश्वविद्यालयको एक्रेडिटेसन, डिग्रीको विश्वसनीयता, अन्तर्राष्ट्रिय मान्यता, शैक्षिक प्रतिष्ठा र अध्ययन पूरा गरेका विद्यार्थीलाई रोजगार बजारले दिएको अवसर रअवसर एवं स्वीकार्यतालाई आधार बनाएर निष्कर्ष निकाल्नुपर्ने उसको आग्रह छ । पत्रकार सम्मेलनमा आइप्यान अध्यक्ष लक्ष्मण केसीले शिक्षा मन्त्रालयको अनुमतिमा सञ्चालन भइरहेका कार्यक्रम कुनै पनि बेला कानुनी आधारबिना बन्द हुन सक्ने भन्ने दाबी गलत भएको बताए । शिक्षा ऐन, २०२८ को दफा १९ अन्तर्गत जारी ‘विदे...
१३ अंक घट्यो सेयर बजार, ६४ कम्पनीको मूल्य बढ्यो

१३ अंक घट्यो सेयर बजार, ६४ कम्पनीको मूल्य बढ्यो

समाचार
२१ साउन,काठमाडौं।बिहीबार सेयर बजारमा ६४ कम्पनीको मूल्य बढेको छ भने २०२ को घटेको छ ।कारोबार भएका अरु १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । समग्रमा बजार परिसूचक नेप्से १३.८२ अंक घटेको छ।यो कमीपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज दिनभर बजार ओरालोमा रह्यो । कारोबार रकम केही बढेको छ।अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको भयो । आज व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्।सो समूहगत सूचक ०.५९ प्रतिशत बढ्यो। यस्तै अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो । त्यस्तै कालंगा हाइड्रोको ४.६२, सानीगढ हाइड्रोको २.४६ प्रतिशत मूल्य बढ्यो ।आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।  ...
राजमार्ग दायाँबायाँका जग्गाको विकास कर ५ प्रतिशत बिन्दु पु¥याइँदै

राजमार्ग दायाँबायाँका जग्गाको विकास कर ५ प्रतिशत बिन्दु पु¥याइँदै

बिशेष, समाचार
२१ साउन,काठमाडौं ।सरकारले संघीय,प्रादेशिक र स्थानीय सडक सञ्जाल अन्तर्गत दायाँबायाँका जग्गामा लाग्ने विकास करको दर बढाउने भएको छ । यसअघि अधिकतम २० प्रतिशतसम्म रहेको करको दर वृद्धि गरी अधिकतम २५ प्रतिशत पुर्‍याउने गरी सरकारले सार्वजनिक सडक विधेयकको मस्यौदा तयार पारेको छ। पूर्वाधार विकास मन्त्रालयले यो विधेयक बनाएको हो।प्रस्तावित प्रावधान अनुसार जग्गा प्राप्त गर्दा जुन क्षेत्र वा इलाकामा त्यस्तो जग्गाको जे जति मूल्य कायम भई मुआब्जा दिइएको हो,त्यस्तो क्षेत्र वा इलाकामा सोही मूल्यको बढीमा २५ प्रतिशतसम्म विकास कर एक पटक लिने गरी सरकारले राजपत्रमा सूचना प्रकाशन गर्ने छ। विद्यमान सार्वजनिक सडक ऐनले विकास करको दर कायम गर्ने प्रयोजनका लागि जग्गालाई दुई खण्डमा विभाजन गरेको छ।जस अनुसार १ सय २५ मिटरसम्मको जग्गालाई ‘क’वर्गको सडक मानी २० प्रतिशत र १ सय २५ देखि १ सय ५० मिटरसम्मको जग्गालाई खण्ड ‘ख’ मानी...
तोलामा ८ हजार रुपैयाँ बढ्यो सुन

तोलामा ८ हजार रुपैयाँ बढ्यो सुन

समाचार
२१ साउन, काठमाडौं । आज बिहीबार सुनको मूल्य प्रतितोलामा ८ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य प्रतितोलामा ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५७० रुपैयाँ कायम भएको छ ।...
आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

समाचार
२१ साउन, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो।जसमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए। अन्तिम तीनको प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो । अहिले देशभरि ग्यास नपाएर उपभोक्ता मारमा छन् ।भने,पेट्रोलियम पदार्थको चर्का मुल्यबृद्धिको मारमा पनि नागरिक छन् ।यसको तत्काल समाधान गर्नुपर्ने जिम्मेवारी उनीसामु टड्कार...
उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना तर्जुमा

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना तर्जुमा

बिशेष, समाचार
२१ साउन,काठमाडौं । उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा भएको छ सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ । काठमाडौँको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने संरचना निर्माणमा विशेष ध्यान दिइने र खासगरि उत्तर–पूर्वी खण्डबाट पूर्व र पश्चिमलाई जोड्ने वैकल्पिक मार्ग तथा प्रमुख चोकको पुनःसंरचनाले भविष्यमा यातायात व्यवस्थापनलाई सहज बनाउन मद्धत पुग्ने ठहर गरिएको छ । भने कार्यान्वयनपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या सम्बोधन हुने विश्वास लिइएको छ । योजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम तथा १३ वटा कार्यक्रम सार्वजनिक यातायात सुधारका प्रस्...