Monday, April 13

समाचार

काठमाडौका  मत गणना  बिभिन्न स्थानमा हुदै

काठमाडौका मत गणना बिभिन्न स्थानमा हुदै

समाचार
प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ । त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा गणना हुँदैछ । क्षेत्र नं ५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नं ६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । क्षेत्र नं ७ को जुडो हल नयाँबजार, क्षेत्र नं ८ को नागार्जुन नगरपालिका, काठमाडौँ, क्षेत्र नं ९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नं १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदैछ ।...
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

बिशेष, समाचार
निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताए। उनले भने, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ। केही केन्द्रमा मतदान जारी रहेको आएका छन्। छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।’ मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने बताए। १५ जिल्लाको विभिन्न ६१ ठाउँमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन हुने बताए।...
निर्वाचन सम्पन्न भएकोमा नेपाल र नेपालीलाइ अमेरिकाद्वारा बधाई

निर्वाचन सम्पन्न भएकोमा नेपाल र नेपालीलाइ अमेरिकाद्वारा बधाई

बिशेष, समाचार
नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ ।आज मतदान सम्पन्न भएको नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको हो । अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ ।आज सम्पन्न निर्वाचन ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । अहिले मतपेटिका गणनास्थलमा सार्ने काम भइरहेको छ । केही स्थानमा आजै रातिबाट गणना गर्ने तयारी रहेको छ ।...
दार्चुलाका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिष्कार

दार्चुलाका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिष्कार

समाचार
दार्चुला  जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् ।  नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् । स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे । गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनको भनाइ छ । यस मतदान केन्द्रमा ६०२ जना मतदाता थिए । उता अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । स्थानीयले बहिष्कार गरेका कारण कर्मचारीले हालेको समा...
मतदाताको उपस्थिति नहुँदा दाङका दुई मतदान केन्द्रमा मतदानमा ढिलाई

मतदाताको उपस्थिति नहुँदा दाङका दुई मतदान केन्द्रमा मतदानमा ढिलाई

#, समाचार
घोराही, फागुन २१ । मतदान सुरु भएको तीन घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन। बबई गाउँपालिका–१, जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७, तल्लो मलैखोला स्थित देउती मावि मलईमा मतदान सुरु हुन सकेको छैन। मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाताको उपस्थिति नहुँदा मतदान केन्द्रमा खालि अवस्था देखिएको जनता आधारभूत विद्यालय जिल्लाका मतदान अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार जनता आधारभूत विद्यालय जिल्लामा ६८२ मतदाता छन्। त्यसैगरी, वडा नम्बर ७, तल्लो मलै खोला स्थित देउती मावि मलै खोलामा पनि अहिलेसम्म मतदान सुरु भएको छैन। बबई गाउँपालिका–१ र ७ अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान लिइरहेका छन्। उक्त क्षेत्रका मतदाताल...
प्रादेशिक अस्पताल नबनाएको भन्दै ओखलढुङ्गामा मतदान बहिष्कार

प्रादेशिक अस्पताल नबनाएको भन्दै ओखलढुङ्गामा मतदान बहिष्कार

समाचार
ओखलढुङ्गा, फागुन २१ गते । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा बिहान ८:३० बजेसम्म एक जना पनि मतदाताले मतदान गरेका छैनन्। मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाता उपस्थित नहुँदा बिहानको समय शून्य मतदानमा बितेको हो। मतदान अधिकृत पर्वासी राईका अनुसार मतदान केन्द्रमा कर्मचारी, सुरक्षा व्यवस्था लगायत सबै तयारी अवस्थामा रहेका छन्। तर स्थानीय स्तरमा देखिएको असन्तुष्टिका कारण मतदाता उपस्थित नभएको जनाइएको छ। स्थानीयका अनुसार टोक्सेलमा प्रादेशिक अस्पताल निर्माणका लागि १६६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको थियो। सोही आधारमा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भए पनि निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि जनप्रतिनिधिप्रति असन्तुष्टि बढेको हो। यस विषयलाई लिएर स्थानीय माधव ढुङ्गानाको नेतृत्वमा सङ्घर्ष समिति गठन गरिएको छ। समितिले अस्पताल निर्...
उत्साहपूर्वक मतदान जारी,पैसट्ठी प्रतिशत भन्दा बढी मत खस्ने आयोगको अनुमान

उत्साहपूर्वक मतदान जारी,पैसट्ठी प्रतिशत भन्दा बढी मत खस्ने आयोगको अनुमान

बिशेष, समाचार
काठमाडौँ, फागुन २१ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउनुभएको छ । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उहाँले बताउनुभयो । “बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ । मतदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ”, उहाँले भन्नुभयो, “मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिने छ ।” उहाँले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गर्नुभयो । मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उहाँले जानकारी दिनुभयो । मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उहाँले बताउनुभ...
प्रतिनिधि सभा सदस्यको लागि देशै भर  मतदान  सुरु

प्रतिनिधि सभा सदस्यको लागि देशै भर मतदान सुरु

#, बिशेष, समाचार
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । समयभित्र मतदानस्थल परिसरमा पुगेका मतदाताले मत हाल्न पाउनेछन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ६५ दलका ३,४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला, १ अन्य) प्रतिस्पर्धामा छन् । समानुपातिकतर्फ ३,१३५ उम्मेदवार (१,३६३ पुरुष, १,७७२ महिला) छन् । देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता (९६.६ लाख पुरुष, ९२.४ लाख महिला, २०० अन्य) छन् । मतदानका लागि १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र तोकिएका छन् । करिब १.५ लाख मतदाताले अस्थायी केन्द्रबाट समानुपातिकमा मतदान गर्नेछन् । सुरक्षाका लागि नेपाली सेना ७९,७२७, नेपाल प्रहरी ७५,७९७, सशस्त्र प्रहरी ३४,५६७, राष्ट्रिय अनुसन्धान १,९२१ र निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना परिचालन भएका छन् ।...
नेपालमा वायु प्रदूषण उच्च हुँदै

नेपालमा वायु प्रदूषण उच्च हुँदै

गतिविधि, समाचार
हिउँदे वर्षाको ढिलाइले नेपालमा वायु प्रदूषण अकासिँदै गएको छ । पुस आधाआधी हुँदा पनि वर्षाको छनक देखिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार एक/दुई दिनका लागि पश्चिमी वायुले नेपालमा पातलो बादल भिœयाए पनि त्यसले राम्रो पानी पार्ने छैन । मौसमविद् गोविन्द झा भन्नुहुन्छ, “उच्च पहाडी भेगका एक दुई ठाउँमा फाट्टफुट्ट पानी झर्ला, अन्यत्र खासै वर्षा हुँदैन ।” यस पटकको पश्चिमी वायुु सुक्खा आउँदा त्योसँगै धुलोका कण आउने भएकाले नेपालमा प्रदूषण थपिने सम्भावना बढेको छ । तथापि यस वायुले उच्च हिमाल छुने गण्डकी र कर्णाली भेगका हिमालमा थोरै हिमपात भने गराउने छ । पूर्वी भेगका हिमाल भने सुक्खा रहने छन्, जसका कारण त्यही बाटो हुँदै भारतबाट नेपालका अन्य भूभागमा थप प्रदूषणयुक्त वायु आउन सुरु भएको छ । नेपालमा यति बेला त्यसै पनि आन्तरिक प्रदूषण उच्च रहेको छ, जसका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभा...
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

समाचार
अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताए । उनले तोकिएको समयमै निर्वाचन सम्पन्न नभएमा देश अनिश्चय तथा अस्थिरताको दिशातर्फ जानसक्ने उल्लेख मन्त्री खनालले सुरक्षित एवम् भयरहित वातावरणबीच आम जनताको उल्लेखनीय सहभागितासहित निष्पक्ष चुनाव गराउन सरोकारवाता पक्षसँग छलफल भइरहेको जानकारी दिए । उनले अन्तरराष्ट्रिय जगत्ले नेपालको आर्थिक विकासप्रति राम्रो मूल्याङ्कन गरिरहेको जानकारी दिए । आर्थिक प्रगतिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै अर्थमन्त्री खनालले भने, “निजी क...