बाघको आक्रमणबाट बारामा फेरीअर्को एक जनाको मृत्यु
बारा- बारामा फेरी बाघको आक्रमणबाट अर्को एक जनाको मृत्यु भएको छ । एक हप्ता नबित्दै बारा जीतपुरसरिमा वडा नं. १ का करिब ५५ वर्षीय छेवाङ लामा बाघको आक्रमणबाट मृत्यु भएको हो ।
साइकल लिएर नजिकको प्रगतिशील सामुदायिक बनमा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला परेको घटनास्थल पुगेका जीतपुरसरिमा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ । च्याउ टिप्न जङ्गल गएको साइकल र उनको सामाग्रीले देखिएको उनले बताउनु भएको छ ।
डिभिजन वन कार्यालय बारा सिमराका प्रमुख राजीव झाले पटक पटक मानिसमाथि आक्रमण गरी मानवलाई खान थालेकाले नियन्त्रणका लागि डार्क टोली खटिसकेकोले चाडै नियन्त्रण गरिने बताउनु भएको छ ।
बारामा बाघको आक्रमणमा परी जीतपुर सिमरामा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्माको मृत्यु भएको हप्ता दिन बित्न नपाउँदै यो घटना भएको हो । जीतपुर सिमरामा यो बर्ष तीन जनाको बाघको आक्...










