Tuesday, April 14

टोखा खबर

गौतमेस्वर मृत्यु संस्कार समाज को पहिलो साधारणसभा भब्यताका सम्पन्न

गौतमेस्वर मृत्यु संस्कार समाज को पहिलो साधारणसभा भब्यताका सम्पन्न

टोखा खबर
टोखा नगरपालिका वडा नं १ मा अवस्थित सामाजिक संस्था "गौतमेस्वर मृत्यु संस्कार समाज" को पहिलो साधारणसभा भब्यताका साथ  टोखा नगरपालिका वडा नं १ को पब्लिक बोर्डिङ स्कुल मा सम्पन्न भएको छ। प्रमुख अतिथि टोखा नगरपालिका वडा नं१ का वडा अध्यक्ष रमेश कुमार लामिछने ,विशेष अतिथिमा जिल्ला समन्वय समिती सदस्य राजकुमार बिडारी तथा विभिन्न सामाजिक संघ संस्था मा आबद्ध सामाजिक ब्याक्तित्व तथा गन्यमान्य को बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्था का सदस्य संतोष दुलालले राख्नु भयो भने कार्यक्रम संचालन संस्था कै सचिव धुर्ब दुलाल ले गर्नु भएको  थियो।कार्यक्रम मा रक्तदान कार्यक्रम पनि समाबेश गरिएको थियो जुन कार्यक्रम लायन्स क्लब अफ काठमाडौ ले गरेको थियो ,सहज कर्ता श्रमिक सहकारी संस्था रहेको थियो। धेरै ब्यक्तिहरुले रक्तदान गरेर सहयोग गर्नु भएको थियो।त्यस्तै सम्पूर्ण अतिथिहरुको एउटै भनाई थ...
बिबिध कार्यक्रमका साथ  बौडेश्वर मा. वि. को ६५ औ वार्षिकोत्सव सम्पन्न

बिबिध कार्यक्रमका साथ बौडेश्वर मा. वि. को ६५ औ वार्षिकोत्सव सम्पन्न

टोखा खबर
टोखा नगरपालिका-१ स्थित श्री बौडेश्वर माध्यमिक विद्यालयले आज बिबिध कार्यक्रमका साथ् ६५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । नगर प्रमुख श्री प्रकाश अधिकारी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न विशिष्ट व्यक्तित्वहरुलाइ सम्मानित गरिएको थियो । विद्यालय प्रांगणमा आयोजित कार्यक्रमको सभाध्यक्ष वडा अध्यक्ष तथा बिधालय व्यवस्थापन समिति अध्यक्ष रमेश लामिछानेले गर्नु भएको थियो भने विशिष्ट अतिथिहरुमा नगर उप-प्रमुख मुरारी तामांग,जिल्ला समन्वय समिति सदस्य राजकुमार बिडारी लगाएत रहनु भएको थियो । यसै गरि अतिथिहरुमा पूर्व प्रधानाध्यापकहरु, पुर्व शिक्षकहरु, सामुदायिक बिधालयका प्रधानाध्यापकहरु,सहयोगी एबं चन्दादाताहरु,पूर्व बिद्यार्थीहरु तथा अभिभावकहरु, समाजसेवी तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु रहनु भएका थिए । बिबिध सांस्कृतिक कार्यक्रम सहित सुसम्पन भएको कार्यक्रममा पूर्व प्रधाना...
बिबिध कार्यक्रम सहित टोखा नगरपालिकाको १२ औ स्थापना दिवस सम्पन्न

बिबिध कार्यक्रम सहित टोखा नगरपालिकाको १२ औ स्थापना दिवस सम्पन्न

टोखा खबर
टोखा नगरपालिका ले १२ औ स्थापना दिवस मनाएको छ । नगरपालिकाको सभाहलमा बिबिध कार्यक्रमका साथ् आज  स्थापना दिवस मनाएको हो । बिहान १० बजे बाट नै सरसफाई सचेतना  एबं प्रभात फेरी कार्यक्रम संगै  सुरुवात भएको वार्षिकोत्सव कार्यक्रममा रक्तदान ,जेष्ठ नागरिक सम्मान, करदाता सम्मान,बक्तृत्व कला /धिमेबाजा /एस इ इ का  उत्कृष्ट बिधार्थी लगाएत अन्य व्यक्तित्वहरुलाइ बिबिध सम्मान तथा  सांस्कृतिक  कार्यक्रम  समेत भएका थिए । रक्तदान कार्यक्रममा नगर भित्रका ३९ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो । स्थापना दिवसकको अवसरमा नगरपालिकाले नगरपालिकाका स्थायी  बासिन्दाका रुपमा रहेका  गम्भीर तथा दिर्घ रोगीहरु लाइ ३५ हजार,किरिया पुत्री खर्च बापत १० हजार लगाएत अन्य महानुभाबहरुलाइ  बिबिध सहयोग स्वरूप रकम उपलब्ध गराउने कार्य समेत भएका थिए। फोटो फिचर सहित ...
बाल बिकाश क्लब टोखाद्वारा  १०० औ हप्ताको प्राथमिक स्वास्थ्य परिक्षण शिबिर सम्पन्न

बाल बिकाश क्लब टोखाद्वारा १०० औ हप्ताको प्राथमिक स्वास्थ्य परिक्षण शिबिर सम्पन्न

टोखा खबर
नियमित स्वास्थ्य परिक्षण गरौ ,स्वस्थ तथा निरोगी रहौ भन्ने मूल नाराका साथ् टोखा २ स्थित बाल बिकाश क्लबले १०० औ हप्ताको प्राथमिक स्वास्थ्य परिक्षण कार्यक्रम  सम्पन्न गरेको छ । स्थानीयका लागि हरेक हप्ता निशुल्क प्राथमिक स्वास्थ्य परिक्षण गराउदै आएको क्लबले आज पनि बिहान ७ देखि ९ बजे सम्म स्वास्थ्य परिक्षण शिबिर  संचालन गरेको हो । टोखा गणेस्थान स्थित क्लब परिसरमा आज आयोजित  शिबिरबाट प्राथमिक स्वास्थ्य परिक्षणमा १४४ जना र पिसाब सम्बन्धि चेक जाचमा ५४ जनाले लाभ लिएका छन । प्राथमिक स्वास्थ्य परिक्षण अन्तर्गत आज  सुगर, प्रेसर ,अक्सिजन लेभल जस्ता चेक जाच गरिएको र थप अतिरिक्त सेवा अन्तर्गत पिसाब सम्बन्धि चेक गरिएको क्लबका कोषाध्यक्ष रबिन्द्र डंगोलले बताउनु भयो । १०० हप्तामा प्रवेश गरेको अवसरमा  सिबिर कार्यक्रम संचालनका लागि स्वेच्छिक रुपमा आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग पुर्य...
टोखा १ मा आज बाट टोल स्तरीय फुटबल प्रतियोगिता  शुरु

टोखा १ मा आज बाट टोल स्तरीय फुटबल प्रतियोगिता शुरु

खेलकुद, टोखा खबर
टोखा नगरपालिका वडा १ को आयोजनामा टोल स्तरीय फुटबल प्रतियोगिता आज बाट शुरुवात भएको छ ।टोखाको भुतखेल चौरमा नगरप्रमुख प्रकाश अधिकारीले बल हान्दै प्रतियोगिताको शुभारम्भ गर्नु भएको हो। भदौ २१ देखि असोज ६ गते सम्म संचालन हुने खेलमा वडा १ का १० टिमहरु सहभागी हुने भएका छन् ।भुतखेल चौरमा हरेक दिन दिउसो १ बजे देखि खेल सुरु हुने र औसत दैनिक दुइ खेल हुने आयोजकले जनाएका छन । भाद्र ३१ सम्म प्रारम्भिक छनौट चरणका खेल हुने छन् भने त्यस पछी क्रमशः सेमी फाइनल र अन्तिम चरणका खेलहरु हुनेछन् । स्थानीय सेतुबन्ध युवा क्लबको सह आयोजनामा हुने खेल लाइ दुइ समूह मा बिभाजन गरिएको छ ।समूह ए अन्तर्गत जहानिया गाउँ,झोर चापाबोट, फुलबारी, मालुंग,र बौडुगाउँका टिमहरु रहेका छन् भने समूह बि अन्तर्गत गेलालबारी,गैरि गाउँ ,दुलाल गाउँ,लामिछाने गाउँ तथा बिडारी गाउँका टिमहरु रहेका छन् । आज पहिलो दिनको पहिलो खेल समूह ए बा...
टोखा प्याब्सनद्वारा नगरस्तरीय  दुईदिने  फुटसल प्रतियोगिता हुने

टोखा प्याब्सनद्वारा नगरस्तरीय  दुईदिने  फुटसल प्रतियोगिता हुने

खेलकुद, टोखा खबर
टोखा नगरपालिकाभित्रका प्याब्सनमा आबद्ध संस्थापक विद्यालयहरूबीच नगरस्तरीय प्रथम फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता श्रावण १५ र १६ गते दुई दिन सञ्चालन हुने प्याब्सन टोखा नगर समितिका अध्यक्ष अरुण कुमार केसीले जानकारी दिए। टोखा प्याब्सनद्वारा आयोजित यस प्रतियोगितामा तीन विधामा खेल सञ्चालन हुनेछ— सिनियर ब्वाइज, जुनियर ब्वाइज र ओपन गर्ल्स। कार्यक्रम संयोजक तथा प्याब्सन टोखा नगर कोषाध्यक्ष दिपेन्द्र थापाका अनुसार प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २१ टिम, जुनियर ब्वाइजतर्फ १४ टिम र ओपन गर्ल्सतर्फ ७ टिमले सहभागिता जनाउनेछ। खेल सञ्चालनका लागि दुईवटा भेन्यु तोकिएको छ। प्रतियोगिता समापन श्रावण १६ गते शुक्रबार गरिनेछ। समापन समारोहमा विजेता टिमहरूलाई ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। बुधबार, श्रावण १४ गते आयोजित पत्रकार सम्मेलनमा प्याब्सन नगर समिति सदस्य तथा आयोजक टोलीका ...
काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि दोस्रो पटक शैक्षिक मेला हुदै

काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि दोस्रो पटक शैक्षिक मेला हुदै

गतिविधि, टोखा खबर
काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि Second Northern SEE Education Fest, 2082 हुने भएको छ । आउदो जेठ ३१ गते काठमान्डौको टोखा स्थित लर्ड पार्टी प्यालेसमा बिद्यार्थी तथा अभिभावकका लागि शैक्षिक परामर्श तथा सूचना प्रदान गर्ने उद्देश्यका साथ् कार्यक्रम हुन लागेको आज प्रेस सम्मेलन गरि जानकारी दिइएको हो । Sky Vision Foundation को आयोजनामा हुने कार्यक्रममा एकै थलोमा रही उत्तर भेगीय क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुका भर्ना प्रक्रिया, कोर्स, पठन पाठनका तरिका, छात्रवृत्ति आदि जस्ता बिबिध बिषयमा बिद्यार्थी तथा अभिभावककालाइ जानकारी दिनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका ध्रुब प्रसाद आचार्यले बताउनु भयो । शनिबार बिहान ११ देखि ६ बजे सम्म हुने कार्यक्रमले मुख्य गरि Information,Motivation,Career Councilling र Entertainment जस्ता चार वटा विधाबाट कार्यक्रम लाइ सम्पन्न गर्ने बताईएको छ । ...
टोखा भगवती क्लबको सफलतामा नगरपालिकाको तर्फबाट भूतखेल मैदान र एक करोड सहयोग

टोखा भगवती क्लबको सफलतामा नगरपालिकाको तर्फबाट भूतखेल मैदान र एक करोड सहयोग

खेलकुद, टोखा खबर
काठमाडौं । टोखा भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा उपविजेता बन्दै ‘ए’ डिभिजनमा बढुवा हुने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो सफलताको कदरस्वरूप टोखा नगरपालिकाले क्लबलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको छ । जेठ १० गते सम्पन्न विशेष सम्मान समारोहमा नगर प्रमुख प्रकाश अधिकारीले क्लबको उपलब्धिप्रति गर्व व्यक्त गर्दै एक करोड रुपैयाँ सहयोगको घोषणा गर्नु भएको छ  ।उहाले  टोखा भगवती क्लबले स्थानीय र राष्ट्रिय स्तरमा टोखाको पहिचान स्थापित गरेको भन्दै आगामी दिनमा थप सहयोगको प्रतिबद्धता जनाउनु भएको छ    । कार्यक्रममा उपप्रमुख मुरारी तामाङले क्लबको प्रगतिलाई प्रशंसा गर्दै भूतखेल मैदानलाई प्रशिक्षण र एकेडेमी सञ्चालनका लागि उपलब्ध गराउने बताउनु भएको छ  । यो सुविधाले क्लबलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । ...
टोखामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

टोखामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

टोखा खबर
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत टोखा नगरपालिका, सामुदायिक सेवा केन्द्र गोंगबु र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको संयुक्त आयोजना तथा नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सहकार्यमा सौगात पार्टी प्यालेसमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध ...
टोखा स्पोर्ट्स क्लब द्वारा  चौथो नेपा वडा–२ अध्यक्ष खुला फुटसल प्रतियोगिताको उपाधि जित

टोखा स्पोर्ट्स क्लब द्वारा चौथो नेपा वडा–२ अध्यक्ष खुला फुटसल प्रतियोगिताको उपाधि जित

खेलकुद, टोखा खबर
टोखा स्पोर्ट्स क्लबले चौथो नेपा वडा–२ अध्यक्ष खुला फुटसल प्रतियोगिताको विजेता बन्दै उपाधि जितेको छ । नेपा युवा क्लब चण्डेश्वरीले आयोजना गरेको यो प्रतियोगिताको फाइनलमा टोखाले बीवाईसी एफसीलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । जेठ ११ गते टोखा नगरपालिका–२, भत्केको पुलस्थित फ्रेन्ड्स फुटसलमा भएको फाइनल खेलमा टोखाले शानदार प्रदर्शन गर्दै ७० हजार रुपैयाँसहितको पुरस्कार हात परेको थियो  । उपविजेता बनेको बीवाईसीले ३५ हजार रुपैयाँ प्राप्त गरेको छ  । प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ बीवाईसीका महेन्द्र कार्कीले उत्कृष्ट खेलाडी र टोखाका सोनम तामाङले उत्कृष्ट गोलकिपरको उपाधि जितेका थिए  । दुवैले जनही ४,५०० रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्  । जेठ १० र ११ गते दुई दिनसम्म चलेको यो प्रतियोगिताको समापन समारोहमा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ र अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य मनी...