Tuesday, April 14

बिशेष

६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

बिशेष, समाचार
निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताए। उनले भने, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ। केही केन्द्रमा मतदान जारी रहेको आएका छन्। छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।’ मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने बताए। १५ जिल्लाको विभिन्न ६१ ठाउँमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन हुने बताए।...
निर्वाचन सम्पन्न भएकोमा नेपाल र नेपालीलाइ अमेरिकाद्वारा बधाई

निर्वाचन सम्पन्न भएकोमा नेपाल र नेपालीलाइ अमेरिकाद्वारा बधाई

बिशेष, समाचार
नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ ।आज मतदान सम्पन्न भएको नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको हो । अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ ।आज सम्पन्न निर्वाचन ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । अहिले मतपेटिका गणनास्थलमा सार्ने काम भइरहेको छ । केही स्थानमा आजै रातिबाट गणना गर्ने तयारी रहेको छ ।...
उत्साहपूर्वक मतदान जारी,पैसट्ठी प्रतिशत भन्दा बढी मत खस्ने आयोगको अनुमान

उत्साहपूर्वक मतदान जारी,पैसट्ठी प्रतिशत भन्दा बढी मत खस्ने आयोगको अनुमान

बिशेष, समाचार
काठमाडौँ, फागुन २१ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउनुभएको छ । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उहाँले बताउनुभयो । “बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ । मतदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ”, उहाँले भन्नुभयो, “मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिने छ ।” उहाँले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गर्नुभयो । मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उहाँले जानकारी दिनुभयो । मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उहाँले बताउनुभ...
प्रतिनिधि सभा सदस्यको लागि देशै भर  मतदान  सुरु

प्रतिनिधि सभा सदस्यको लागि देशै भर मतदान सुरु

#, बिशेष, समाचार
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । समयभित्र मतदानस्थल परिसरमा पुगेका मतदाताले मत हाल्न पाउनेछन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ६५ दलका ३,४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला, १ अन्य) प्रतिस्पर्धामा छन् । समानुपातिकतर्फ ३,१३५ उम्मेदवार (१,३६३ पुरुष, १,७७२ महिला) छन् । देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता (९६.६ लाख पुरुष, ९२.४ लाख महिला, २०० अन्य) छन् । मतदानका लागि १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र तोकिएका छन् । करिब १.५ लाख मतदाताले अस्थायी केन्द्रबाट समानुपातिकमा मतदान गर्नेछन् । सुरक्षाका लागि नेपाली सेना ७९,७२७, नेपाल प्रहरी ७५,७९७, सशस्त्र प्रहरी ३४,५६७, राष्ट्रिय अनुसन्धान १,९२१ र निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना परिचालन भएका छन् ।...
तीन मुख्य दलका तीन शीर्ष नेताहरुले राजनीति छाडनु पर्ने काँग्रेस महामन्त्री  थापाको धारणा

तीन मुख्य दलका तीन शीर्ष नेताहरुले राजनीति छाडनु पर्ने काँग्रेस महामन्त्री थापाको धारणा

बिशेष
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान अवस्था सुधारका लागि मुख्य दलका तीन शीर्ष नेताहरु राजनीति छाडनु पर्ने बताउनु भएको छ । महामन्त्री थापाले नेपाली काँग्रेसका सभापति शेर ब हादुर देउवा,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब नेतृत्व छाडनु पर्ने धारणा राख्नु भएको हो । समाजिक संजाल फेसबुकमा भिडियो सन्देश राख्दै महामन्त्री गगन थापाले वर्तमान अवस्था सुधारका लागि तीन शीर्ष नेताले तत्कालै नेतृत्व छाडनु पर्ने बताउनु भयो । थापाले जेनजीसँग सम्वाद अघि बढाउनुपर्ने धाराणा राख्दै जेनजी र आफुहरुले चाहेको सुशासन नै हो भन्दै त्यसका लागि सँगै मिलेर संवाद गरेर अघि बढनुपर्ने भन्दै सम्वादका लागि आग्रह समेत गर्नु भएको छ ।...
जीवित रहेका बन्धकमध्ये विपीन जोशीको नाम पनि रहेको इजरायली दावी

जीवित रहेका बन्धकमध्ये विपीन जोशीको नाम पनि रहेको इजरायली दावी

बिशेष, समाचार
तेल अभिव- इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनाम...
मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने

मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने

बिशेष, समाचार
काठमाडौँ। सङ्घीय निजामतीलगायतका विधेयक जस्तो धेरै पेचिलो विषयबस्तु नरहेकाले मिडिया काउन्सिल विधेयक छोटो समयमै निष्कर्षमा पु-याउन सकिने संसदीय समितिको दृढ विश्वास रहेको छ । राष्ट्रियसभामा उत्पति भइ त्यस सभा र मातहतको संसदीय समितिमा पर्याप्त छलफल भएको उक्त विधेयकले गत असार ३१ गते प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रवेश पाएको थियो । स्वतन्त्र र स्वायत्त संस्थाका रुपमा रहने मिडिया काउन्सिलको गठन र यसका पदाधिकारी छनोट सिफारिस समिति सरकार मातहत नभइ स्वतन्त्र प्रकृतिको बनाइनुपर्ने विज्ञहरुको सुझाव छ । विधेयकमा भने मन्त्रालयको सचिवको संयोजकत्वमा सरकारले तोकेको विज्ञ सदस्य एक जना र मन्त्रालयकै सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था प्रस्ताव गरिएको छ । जम्मा ३७ दफा रहेको विधेयकमा काउन्सिलका पदाधिकारी चयन सिफारिस कस्तो र कसको नेतृत्वमा गर्ने भन्नेबारेमा ...
बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम

बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम

अर्थ, बिशेष
चालु आर्थिक वर्ष २०८१/८२ को एक महिना मात्र बाँकी हुँदा बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम रहेको छ । चालु आवको ११ महिना पूरा हुँदा कुल बजेटको ४८.६८ प्रतिशत अर्थात् ३१ अर्ब ४१ करोड ९५ लाख ९८ हजार रुपियाँ खर्च भएको हो । चालु आवको तीन महिना बाँकी हुँदा गत चैत महिनासम्ममा कुल बजेटको ३२.५१ प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ६६ लाख १४ हजार रुपियाँ खर्च भएको थियो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रतिशतका आधारमा यो अवधिमा पुँजीगतको तुलनामा चालु खर्च बढी छ । चालु आवका लागि विनियोजित कुल ६४ अर्ब ५४ करोड चार लाख ४१ हजार रुपियाँमध्ये प्रदेश सरकारका मन्त्रालय, कार्यालय र आयोगले पुँजीगततर्फ विनियोजित ३७ अर्ब २४ करोड ९० लाख ५६ हजारमा जेठ मसान्तसम्ममा ४५.९० अर्थात् १७ अर्ब नौ करोड ६८ लाख ९५ हजार रुपियाँ खर्च भएको छ । यस्तै चालुतर्फ २५ अर्ब ७९ करोड १३ लाख ७४ ...
सुनचाँदी कारोबारको करबारे प्रधानमन्त्रीलाइ व्यवसायी द्वारा  ध्यानाकर्षण

सुनचाँदी कारोबारको करबारे प्रधानमन्त्रीलाइ व्यवसायी द्वारा ध्यानाकर्षण

अर्थ, बिशेष
सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताउनुभएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिनुभयो । व्यवसायीले राखेका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिनुभएकाले यस विषयमा आफूहरू पनि आशावादी रहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्न आफू...
२५ बुँदे सगरमाथा कार्य आह्वान जारी गर्दै सगरमाथा संवाद सम्पन्न

२५ बुँदे सगरमाथा कार्य आह्वान जारी गर्दै सगरमाथा संवाद सम्पन्न

बिशेष, समाचार
नेपाल सरकार द्वारा आयोजित सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । सरकार द्वारा पहिलो पटक आयोजना भएको सगरमाथा संवाद ले ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । पहिलो संस्करण को रुपमा जेठ २ देखि सुरु भएको सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ । संवादले विकासशील र जलवायु परिवर...