Thursday, October 22

बिशेष

राजमार्ग दायाँबायाँका जग्गाको विकास कर ५ प्रतिशत बिन्दु पु¥याइँदै

राजमार्ग दायाँबायाँका जग्गाको विकास कर ५ प्रतिशत बिन्दु पु¥याइँदै

बिशेष, समाचार
२१ साउन,काठमाडौं ।सरकारले संघीय,प्रादेशिक र स्थानीय सडक सञ्जाल अन्तर्गत दायाँबायाँका जग्गामा लाग्ने विकास करको दर बढाउने भएको छ । यसअघि अधिकतम २० प्रतिशतसम्म रहेको करको दर वृद्धि गरी अधिकतम २५ प्रतिशत पुर्‍याउने गरी सरकारले सार्वजनिक सडक विधेयकको मस्यौदा तयार पारेको छ। पूर्वाधार विकास मन्त्रालयले यो विधेयक बनाएको हो।प्रस्तावित प्रावधान अनुसार जग्गा प्राप्त गर्दा जुन क्षेत्र वा इलाकामा त्यस्तो जग्गाको जे जति मूल्य कायम भई मुआब्जा दिइएको हो,त्यस्तो क्षेत्र वा इलाकामा सोही मूल्यको बढीमा २५ प्रतिशतसम्म विकास कर एक पटक लिने गरी सरकारले राजपत्रमा सूचना प्रकाशन गर्ने छ। विद्यमान सार्वजनिक सडक ऐनले विकास करको दर कायम गर्ने प्रयोजनका लागि जग्गालाई दुई खण्डमा विभाजन गरेको छ।जस अनुसार १ सय २५ मिटरसम्मको जग्गालाई ‘क’वर्गको सडक मानी २० प्रतिशत र १ सय २५ देखि १ सय ५० मिटरसम्मको जग्गालाई खण्ड ‘ख’ मानी...
उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना तर्जुमा

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना तर्जुमा

बिशेष, समाचार
२१ साउन,काठमाडौं । उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा भएको छ सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ । काठमाडौँको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने संरचना निर्माणमा विशेष ध्यान दिइने र खासगरि उत्तर–पूर्वी खण्डबाट पूर्व र पश्चिमलाई जोड्ने वैकल्पिक मार्ग तथा प्रमुख चोकको पुनःसंरचनाले भविष्यमा यातायात व्यवस्थापनलाई सहज बनाउन मद्धत पुग्ने ठहर गरिएको छ । भने कार्यान्वयनपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या सम्बोधन हुने विश्वास लिइएको छ । योजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम तथा १३ वटा कार्यक्रम सार्वजनिक यातायात सुधारका प्रस्...
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

बिशेष, समाचार
निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताए। उनले भने, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ। केही केन्द्रमा मतदान जारी रहेको आएका छन्। छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।’ मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने बताए। १५ जिल्लाको विभिन्न ६१ ठाउँमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन हुने बताए।...
निर्वाचन सम्पन्न भएकोमा नेपाल र नेपालीलाइ अमेरिकाद्वारा बधाई

निर्वाचन सम्पन्न भएकोमा नेपाल र नेपालीलाइ अमेरिकाद्वारा बधाई

बिशेष, समाचार
नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ ।आज मतदान सम्पन्न भएको नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको हो । अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ ।आज सम्पन्न निर्वाचन ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । अहिले मतपेटिका गणनास्थलमा सार्ने काम भइरहेको छ । केही स्थानमा आजै रातिबाट गणना गर्ने तयारी रहेको छ ।...
उत्साहपूर्वक मतदान जारी,पैसट्ठी प्रतिशत भन्दा बढी मत खस्ने आयोगको अनुमान

उत्साहपूर्वक मतदान जारी,पैसट्ठी प्रतिशत भन्दा बढी मत खस्ने आयोगको अनुमान

बिशेष, समाचार
काठमाडौँ, फागुन २१ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउनुभएको छ । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उहाँले बताउनुभयो । “बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ । मतदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ”, उहाँले भन्नुभयो, “मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिने छ ।” उहाँले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गर्नुभयो । मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उहाँले जानकारी दिनुभयो । मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उहाँले बताउनुभ...
प्रतिनिधि सभा सदस्यको लागि देशै भर  मतदान  सुरु

प्रतिनिधि सभा सदस्यको लागि देशै भर मतदान सुरु

#, बिशेष, समाचार
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । समयभित्र मतदानस्थल परिसरमा पुगेका मतदाताले मत हाल्न पाउनेछन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ६५ दलका ३,४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला, १ अन्य) प्रतिस्पर्धामा छन् । समानुपातिकतर्फ ३,१३५ उम्मेदवार (१,३६३ पुरुष, १,७७२ महिला) छन् । देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता (९६.६ लाख पुरुष, ९२.४ लाख महिला, २०० अन्य) छन् । मतदानका लागि १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र तोकिएका छन् । करिब १.५ लाख मतदाताले अस्थायी केन्द्रबाट समानुपातिकमा मतदान गर्नेछन् । सुरक्षाका लागि नेपाली सेना ७९,७२७, नेपाल प्रहरी ७५,७९७, सशस्त्र प्रहरी ३४,५६७, राष्ट्रिय अनुसन्धान १,९२१ र निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना परिचालन भएका छन् ।...
तीन मुख्य दलका तीन शीर्ष नेताहरुले राजनीति छाडनु पर्ने काँग्रेस महामन्त्री  थापाको धारणा

तीन मुख्य दलका तीन शीर्ष नेताहरुले राजनीति छाडनु पर्ने काँग्रेस महामन्त्री थापाको धारणा

बिशेष
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान अवस्था सुधारका लागि मुख्य दलका तीन शीर्ष नेताहरु राजनीति छाडनु पर्ने बताउनु भएको छ । महामन्त्री थापाले नेपाली काँग्रेसका सभापति शेर ब हादुर देउवा,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब नेतृत्व छाडनु पर्ने धारणा राख्नु भएको हो । समाजिक संजाल फेसबुकमा भिडियो सन्देश राख्दै महामन्त्री गगन थापाले वर्तमान अवस्था सुधारका लागि तीन शीर्ष नेताले तत्कालै नेतृत्व छाडनु पर्ने बताउनु भयो । थापाले जेनजीसँग सम्वाद अघि बढाउनुपर्ने धाराणा राख्दै जेनजी र आफुहरुले चाहेको सुशासन नै हो भन्दै त्यसका लागि सँगै मिलेर संवाद गरेर अघि बढनुपर्ने भन्दै सम्वादका लागि आग्रह समेत गर्नु भएको छ ।...
जीवित रहेका बन्धकमध्ये विपीन जोशीको नाम पनि रहेको इजरायली दावी

जीवित रहेका बन्धकमध्ये विपीन जोशीको नाम पनि रहेको इजरायली दावी

बिशेष, समाचार
तेल अभिव- इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनाम...
मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने

मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने

बिशेष, समाचार
काठमाडौँ। सङ्घीय निजामतीलगायतका विधेयक जस्तो धेरै पेचिलो विषयबस्तु नरहेकाले मिडिया काउन्सिल विधेयक छोटो समयमै निष्कर्षमा पु-याउन सकिने संसदीय समितिको दृढ विश्वास रहेको छ । राष्ट्रियसभामा उत्पति भइ त्यस सभा र मातहतको संसदीय समितिमा पर्याप्त छलफल भएको उक्त विधेयकले गत असार ३१ गते प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रवेश पाएको थियो । स्वतन्त्र र स्वायत्त संस्थाका रुपमा रहने मिडिया काउन्सिलको गठन र यसका पदाधिकारी छनोट सिफारिस समिति सरकार मातहत नभइ स्वतन्त्र प्रकृतिको बनाइनुपर्ने विज्ञहरुको सुझाव छ । विधेयकमा भने मन्त्रालयको सचिवको संयोजकत्वमा सरकारले तोकेको विज्ञ सदस्य एक जना र मन्त्रालयकै सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था प्रस्ताव गरिएको छ । जम्मा ३७ दफा रहेको विधेयकमा काउन्सिलका पदाधिकारी चयन सिफारिस कस्तो र कसको नेतृत्वमा गर्ने भन्नेबारेमा ...
बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम

बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम

अर्थ, बिशेष
चालु आर्थिक वर्ष २०८१/८२ को एक महिना मात्र बाँकी हुँदा बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम रहेको छ । चालु आवको ११ महिना पूरा हुँदा कुल बजेटको ४८.६८ प्रतिशत अर्थात् ३१ अर्ब ४१ करोड ९५ लाख ९८ हजार रुपियाँ खर्च भएको हो । चालु आवको तीन महिना बाँकी हुँदा गत चैत महिनासम्ममा कुल बजेटको ३२.५१ प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ६६ लाख १४ हजार रुपियाँ खर्च भएको थियो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रतिशतका आधारमा यो अवधिमा पुँजीगतको तुलनामा चालु खर्च बढी छ । चालु आवका लागि विनियोजित कुल ६४ अर्ब ५४ करोड चार लाख ४१ हजार रुपियाँमध्ये प्रदेश सरकारका मन्त्रालय, कार्यालय र आयोगले पुँजीगततर्फ विनियोजित ३७ अर्ब २४ करोड ९० लाख ५६ हजारमा जेठ मसान्तसम्ममा ४५.९० अर्थात् १७ अर्ब नौ करोड ६८ लाख ९५ हजार रुपियाँ खर्च भएको छ । यस्तै चालुतर्फ २५ अर्ब ७९ करोड १३ लाख ७४ ...