Saturday, April 18

हङकङविरुद्धको खेलमा पूजा महतोले लिइन् डेब्यु विकेट

आईसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चार देश सम्मेलित सिरिजको पहिलो खेलमा डेब्यु गरेकी पूजा महतोले विकेट लिएकी छन् ।

वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा हङकङविरुद्धको खेलमा पावरप्लेको दोस्रो ओभरमा पूजाले डेब्यु गरेकी हुन् ।

समाचार तयार हुँदासम्म पूजाले २ ओभर बलिङ गर्दै एक मेडनसहित २ रन खर्चेर एक विकेट लिएकी छन् ।

उनले चौथो ओभरको तेस्रो बलमा ओपनर यास्मिन दस्वानीलाई बोल्ड गर्दै डेब्यु विकेट लिएकी हुन् । पूजा कुनै पनि घरेलु क्रिकेट नखेली सीधै टिममा आएकी हुन् ।