काठमाडौँ, १४ असोज। टोखाको बिकास र संमृद्धिको आधार,दिगो र फराकिलो स्थानीय कराधार भन्ने मुल नारा सहित टोखामा प्रथम कर सप्ताह अभियान २०८० को आज बाट शुरुवात भएको छ । दैनिक फरक कार्यक्रम सहित कर सप्ताह अभियान आगामी असोज २० गतेसम्म संचालन हुनेछ ।
टोखाको भुतखेल मा आयोजित समुद्घघाटन समाहरोहमा बोल्दै नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । कर प्रणालीमा पारदर्शिता नभएको भन्दै उहाँले कर सेवालाई प्रविधिमा लैजानुपर्नेमा समेत जोड दिनुभयो ।
यसै गरि सप्ताह ब्यापी अभियानको समुद्घाटन समाहरोहमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताउनुभयो । उहाँले कर सप्ताहले राजस्व सङ्कलन वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
यसै गरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गरिएको जानकारी दिनुभयो ।
समुद्घघाटन कार्यक्रममा बिशिष्ट ब्यक्तित्वहरु लगाएत नगरबासी तथा स्थानिय हरुको उल्लखनिय उपस्थिीती रहेको थियो ।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक कर ३३ प्रतिशत, घरबहाल कर १६ प्रतिशत र अन्य शीर्षक अन्तर्गत १० प्रतिशत रहेको छ । नगरपालिकाले करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यका साथ यो अभियान को शुरुवात गरेको हो ।
कर सप्ताहमा करसम्बन्धी प्रचार, शिक्षा लगाएत लोकगीत प्रतियोगिता, घरदैलो कार्यक्रम, विद्यालयमा करसम्बन्धी वतृत्वकला प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविर आदी जस्ता कार्यक्रम सञ्चालन गरिने र कर सप्ताहको अन्तिम दिन सबै भन्दा बढी कर तिर्ने करदातालाई नगरपालिकाले पुरस्कार र सम्मान लगाएतका कायक्रम राखेको जानकारी गराएको छ ।
आजबाट सुरु भएको कर सप्ताह अभियान बिहान नगरपालिका बाट प्रभातफेरी गरि भुतखेलमा पुगी समुद्घघाटन समाहरोह गरिएको थियो ।लाखे नाच ,खैजडि भजन, बालबालिकाका नृत्य सहितका कार्यक्रम सहित समुद्घघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
