
त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदैछ।
माथिल्लो मूलपानी मैदानमा विहान ११ बजे सुरू हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।
सिरिजको पहिलो खेलमा यूएई नेपालसँग ७ विकेटले पराजित भएको थियो।
त्यस्तै सिरिजको दोस्रो खेलमा हङकङ नेपालसँग ६ विकेटले स्तब्ध बन्दा तेस्रो खेलमा ७९ रनले हार बेहोरेको थियो।
आयोजक नेपाल फाइनलमा पुगिसकेको छ। अब यूएई र हङकङमध्ये एक टोली मात्र फाइनलमा प्रवेश गर्नेछन्।

