
काठमाडौं टोखाको एक पानी उद्योगमा सरकारी अनुगमन टोलीले आज शिलबन्दी गरेको छ ।
टोखा नगरपालिका चक्खुस्थित कञ्चनजंघा न्याचुरल स्प्रिङ मिनरल वाटर नामको पानी उत्पादन गर्ने उद्योगमा टोलीले शिलबन्दी गरेको हो । अनुगमन टोलीले प्रशोधन कक्षको दुईवटा ढोकामा शिलछाप गरि उत्पादन कक्ष बन्द गरिदिएको छ ।
उद्योगको दर्ता बिनानै पिउने पानी उत्पादन गर्ने गरेको, दर्ता प्रमाण पत्र र संचालक फेला नपरेको, जार भर्ने धारामा कपडा लगाइएको उद्योग भौतिक पुर्वधार प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका अनुसार नपाईएकोले शिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जानकारी दिएको छ ।
अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वय रहेको थियो । मंगलबारबाट अनुगमनमा होमिएको टोलीले काठमाडौंको ५ वटा पानी उद्योग अनुगमन गरिसकेको छ ।
